१)
लोरा बनी सधैँभरि तिमीमाथि नाचिदिम्ला
पिरो नूनिलो जति होस न तिमीसँगै बाँची दिम्ला
थाहा पाई थाहा पाई घोटी घोटी जिन्दगी नै सक्छ थाहा छ
तर पनि भुली चोट तिमीसँगै हाँसी दिम्ला
२)
सम्झना नि आउँछ पल पल सपनाँ नि देख्छ भन्या
जता जाऊँ उतै तिमी हिँड्ने बाटो छेक्छ भन्या
टोलाएर बस्छु कहिले तिम्रो बिम्बा सामु देखी
थाहै नपाई निर्दोष नयन आँशुले पो टेक्छ भन्या
३)
सबै कुखुरा लेस हुँदैनन्
एउटै अकारको देश हुँदैनन्
यो नि जानिराख ए मेरी यारी
मान्छे यहाँ सबै रा…..जेश हुँदैनन्
राजेश रुम्बा लामा ‘अतृप्त’
चितवन
