Skip to content

कुनै चिन्ता छैन मलाई

कुनै चिन्ता छैन मलाई यो जिन्दगी ढल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ

उदाएका सबै तारा हुन्छन् भन्ने हुन्न बिहान
लाखौँ सपना मरिसके हाँस्दै छन् आफ्नै चिहान
कुनै ठुलो होइन आँशु यी आँखामा छल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ

पागल हुन्छन् कति प्रेममा हिँड्छन् कति मर्छु भनी
प्रेमको नाममा आफ्नै आत्मा अन्त्य गर्छु मनि
हाँसी-हाँसी सहन्छु पीडा नसाभरि सल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ

कुनै चिन्ता छैन मलाई यो जिन्दगी ढल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ

राजेश रुम्बा लामा ‘अतृप्त’
चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *