कुनै चिन्ता छैन मलाई यो जिन्दगी ढल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ
उदाएका सबै तारा हुन्छन् भन्ने हुन्न बिहान
लाखौँ सपना मरिसके हाँस्दै छन् आफ्नै चिहान
कुनै ठुलो होइन आँशु यी आँखामा छल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ
पागल हुन्छन् कति प्रेममा हिँड्छन् कति मर्छु भनी
प्रेमको नाममा आफ्नै आत्मा अन्त्य गर्छु मनि
हाँसी-हाँसी सहन्छु पीडा नसाभरि सल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ
कुनै चिन्ता छैन मलाई यो जिन्दगी ढल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ
राजेश रुम्बा लामा ‘अतृप्त’
चितवन ।
