फूल जस्तो सुन्दर कोमल मुहारमा हराइरहेँ
आफै भुली एकोहोरो तिम्लाई मन पराइरहेँ
तिम्ले पनि माया दियौ के थाहा त्यसमा घात छ भन्ने
धनी हुँदा जूनै ठान्थेँ के थाहा धनमा रात छ भन्ने
आफ्नै धन घातक बन्यो तिम्ले माया मारी जाँदा
रुनु पर्यो किनारामा तिम्ले एक्लै छाडी जाँदा
मनै मनको धनी थिएँ तिम्ले धनलाई मात्र हेर्यौ
धनै धनको देख्यौ सँसार मलाई हेर्ने नजर फेर्यौ
जिउनु पर्यो तड्पी तड्पी तिम्ले बेहाल पारी जाँदा
कसम खाँदै लाको शिरफूल तिमी आफै झारी जाँदा
फूल जस्तो सुन्दर कोमल मुहारमा हराइरहेँ
आफै भुली एकोहोरो तिम्लाई मन पराइरहेँ
राजेश रुम्बा लामा ‘अतृप्त’
चितवन
