म अधुरो रहेछु
हे भगवान
दिन त तिमीले सबै दियौ,
संसार कै सबै भन्दा अग्लो सगरमाथा दियौ
हराभरा हरियाली प्राकृतियुक्त देश दियौ
खोलानाला, छहरा, भर्ना र छाँगाहरू दियौ
चारैतिर जलश्रोतले सम्पन्न जलासय दियौ
चारैतिर प्रकृतिले घेरिएको सुन्दराता दियौ ।
उकाली ओराली डाँडा र गहिर्राईसँगै
तराइ फाँट अनि खेतबारी र जंगल
जहा तहाँ सोझा सिधा र साधा जनता
जहा म जस्तो गेह्र जिम्मेवारी वहन गर्दै
हरेक साल हरेक पर्वमा मौसम अनुसार
झुठझुठको फसल उब्जाउन जान्नेहरूका लागि
तिमीले के दिएनौ र –
जहाँ म पुग्छु त्यहाँ मेरा कार्यकर्ता छन्
उन्को भान्सा मैले हर्ेर्दिन र देख्दिन पनि
म ढुक्क छु मेरो सत्कारमा केही कमी हुँदैन,
मेरो मन मर्जी पूर्ण हुन्छ, म खान्छु,
डकार्छु र सयल गर्छु फेरि म मेरो राग छोड्छु
अनि अघि र पछि लाग्छन् मेरा भरौटेहरू
जसलाई म मेरो चुनावी खेतमा छोत्छु,
आवश्यक परेको रङ्गमैदानमा सुकाउँछु ।
जहाँ म मेरा झुटैझुटले भरिएका शब्द ओकल्छु
त्यहाँ तिनै मेरा लठैतहरूको तालीले गुञ्जायमान हुन्छ
सबै दङ्ग हुन्छन् र सुन्छन् मेरा बिष वमनहरू
यसैले म भन्छु भगवान तिमीले मलाई सबै दियौ
तन दियौ, धन दियौ, सिधासादा जनसमुदाय दियौ
भ्रम रच्ने कला दियौ, झूठ बोल्ने गला दियौ
नातापाता कुल कुटुम्वलाई उचाल्न कुर्सी दियौ
जाहाँ चाहे पनि बोल्न शक्तिशाली बोलाबाल दियौ ।
पहाड छोडेर तराई, तराई छोडेर राजधानी
खानलाई ८४ व्यञ्जन र बस्नलाई महल दियौ
डुल्न घुम्न अनि घरबाट सदन, सदनबाट घर गर्न
चिल्ला चिप्ला पजेरो र प्राडो सुविधायुक्त गाडी दियौ
सबै सबै दियौ भएजति सबै दियौ
आखिर ति सबै अल्पकालिन मात्र रहेछन्
त्यसैले म अधुरो रहेछु
हो म अधुरै रहेछु
किन भने मलाई दूरदृष्टि
अनि युगिन विचार दिएनौ
त्यसैले म अधुरो रहेछु . . . ।
गजलकुटेरी, विशालमार्ग, नारायणगढ, चितवन, नेपाल।
इमेलः gorkhesailo@yahoo.com
वेवसाइटः www.pallawa.com.np

म अधुरो रहेछु
नागरिक विकास नभै केही हुँदैन, नागरिक विकासको लागि शिक्षा, विवेक, र दूरदृष्टिको अति आवस्यक हुन्छ, जुन तपाईंले भनेझैं हामीमा निकै कम छ!
धन्यवाद मित्र, कमेन्टकोलागि,
धन्यवाद मित्र, कमेन्टकोलागि, मेरो कविताले भन्नखोजेको प्रसङ्गमा यो देशले जन्माएका नेताहरूलाई सबै सम्पूर्णता प्राप्त छ, तर उनिहरूमा कुनै किसिमको दूरदृष्टि र भिजन नहुनु र भिजन बिना कही पनि पुरा हुन नसक्ने भएको हुँदा सधैँ सधैँ सबै अधुरो भएको देशको जगजाहेर स्थितिलाई नै झक्झक्याउन खोजेको हूँ । धन्यवाद ।