बसेर टाढा किन मुस्कुरायौ
सम्झेर ब्यर्थै बहुतै दुखायौ ।
छौ की कसैका मनमा बसेकी
बेकार मेरो मुटुमा पसेकी ॥

साथी बनेको पनि ब्यर्थ भैगो
प्यासी भएरै दिन सारा गैगो ।
भएन साथी मन मापिकैको
बगेर अश्रू सब सुख्खा भैगो ॥

दिएर आशा किन झूट बोल्यौ
बेकाम तिम्रै पनि स्वार्थ खोल्यौ ।
थियौ कसैको सँग साथ राम्रो
मेट्नै नसक्ने किन प्यास हाम्रो ।

बस्थेँ कसोरी भर जिन्दगानी
मात्यो जवानी अब धान रानी ।
तिम्रै भरोसा अरु देखिँदैन
तिमी बिना यो घरबार छैन ॥

कतै कसैले मन हर्न खोज्ने
जता बसेनी मन चोर्न सक्ने ।
नौकोट मेरो अनि रुप राम्रो
बिझेर बल्झे नदुखोस हाम्रो ।
गजलकुटेरी, बिशालमार्ग नारायणगढ चितवन ।
छन्द: उपजाति .
websit: www.pallawa.com
E-mail: gorkhesailo[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *