Skip to content

१४५औँ मोती जयन्ती मनाउँदै पलेटीमा गजल


भाद्र २०, २०६७।
चितवन।

यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।

यी सानै उमेर् देखि मन हर्न लागे
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।

सुनकी चरी गुनकेशरी सुनले भरी मन केगरी
सुनका दरी अघिकै सरी सुन वन्बिषे कसरी धरी ।

नेपाली गजलका अमर नक्षेत्र युवाकवि मोतीराम भट्टको १४५ औँ जयन्तीको पावन अवसर पारेर मिति २०६७ भाद्र १८ गते शुक्रबार साँझ उहाँकै शेरहरूबाट सम्झनास्वरुप श्रद्धासुमन अर्पण गर्दै महाँकालेश्वर मन्दिर भरतपुरको हाताभित्र १४५ औँ जयन्ती कार्यक्रम सम्पन्न गरियो । अग्रगामी समाज नेपाल, नारायणगढ गजल मञ्च चितवन, हाम्रो मझेरी साहित्य प्रतिष्ठान र पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवन समेत ४ वटा संस्थाहरू मिलेर संयुक्त रुपमा आयोजना गरेको “पलेटीमा गजल” नामक कार्यक्रमले चितवनको साहित्य जगतमा यौटा छुट्टै नयाँ आयाम र रौनकता प्रदान गरेको छ ।

वि.सं. १९२३ भाद्र कुशे औँसीका दिनमा जन्मनु भै १९५३ कुशे औँसीकै दिनमा दिवंगत हुनु भएका मोतीराम भट्टको १४५ औ जयन्ती कार्यकम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अग्रगामी समाज नेपालका अध्यक्ष श्री प्रभाकार पण्डितको अध्यक्षता एवम् गजलकार श्री गोविन्दराज विनोदीको प्रमुख आतिथ्यता थियो । त्यस्तै बिशेष अतिथिहरूमा प्रेमविनोद नन्दन, केशवराज आमोदीको उपस्थिति रहेको थियो । यसरी नै अतिथिहरूमा पा.डा.नारायणप्रसाद खनाल, एल. बि. क्षेत्री, रिना गुरुङ, बालकृष्ण थपलिया, भानुप्रकाश जोशी, किसान प्रेमी, दिपेन्द्रकुमार जोशी ‘निक’, शरला पण्डित, मिना लामिछाने, शरला जोशी, इन्दु अधिकारी, भुपिन व्याकुल, सरिता तिवारी, बिष्णु तिवारी उषा, रमेश प्रभात ,बन्दना कँडेल, सुमिना जोशी, हरि योन्जन, सुरेन्द्र अस्तफल, विनोद अनुज, दयाराम आचार्य, रामहरि शर्मा सराह, लेखाराम सापकोटा, भिम न्यौपाने, जीवन सुवेदी, भावना पाठक, नवराज पाण्डे लगायतका १२७ जना गजलकार स्रष्टा एवम् द्रष्टाहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत भाषण हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले गर्नु भएको थियो ।

अग्रगामी साहित्य समाज नेपालका सचिव विनोद अनुजले उद्घोषण गरेको उक्त कार्यक्रमा गजल मञ्च चितवन र पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवन समेत दुइ संस्थाका अध्यक्ष ऋषिप्रसाद लामिछाने गोर्खे साइँलोले प्रमुख अतिथि लगायत सम्पूर्ण उपस्थित स्रष्टाहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उपस्थित सबैजना स्रष्टाहरूले गजल वाचन गरिसकेपछि सामुहिक रात्री भोजन गरेर सबै सहभागीहरू फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *