Skip to content

कालिका एफ्एम परिसरमा १४५ औँ मोतीजयन्तीको धमका

20100909_GorkheSailo_KalikaNews


नेपाल कै गजलनगरी चितवनमा युवाकवी मोतीराम भट्टको सम्झनामा १४५ औँ मोतजयन्ती मनाउने क्रम बढ्दो छ । मिति २०६७ भाद्र २३ गते परेको कुशेऔँशीको शुभअवसर पारेर भरतपुर चितवन स्थित कालिका एफ् एम्ले आफ्नै परिस भित्र तामझामका साथमा कालिका एफ् एम् की स्टेशन मैनेजर श्री रिना गुरुङको अध्यक्षता र वरिष्ठ गजलकार श्री ज्ञानुवाकर पौडेलकॊ प्रमुख आतिथ्यतामा युवाकवि मोतीराम भट्टका जीवनी सम्बन्धित विभिन्न आलेखहरु प्रस्तुत गर्नुका साथै गजल वाचन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।


उक्त कार्यक्रमाका अतिथिहरुकातर्फबाट मन्तब्य ब्यक्त गर्ने र मोतीराम भट्टको परिचय दिनका साथै कालिका एफ्एमका बारेमा गोविन्दराज विनोदी प्रेमविनोद नन्दन केशवराज आमोदी गजलम्च चितवनका अध्यक्ष श्री ऋषिप्रसाद लामिछाने गोर्खेसाइँलो हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष श्री पुष्प अधिकारी अञ्जलिहरुले आ-आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । यसैगरी अतिथिकोरुपमा उपस्थित स्रष्टाहरुमा अग्रगामी समाज नेपाल नारायणगढका अध्यक्ष श्री प्रभाकर पण्डित विजय ज्ञवाली केदारनाथ खनाल डि आर पोखरेल बालकृष्ण थपलिया बाबु त्रिपाठी बिष्णु तिवारी उषा हरि चालिसे एबिसी लगायतका २२५ जना स्रष्टा एवम् द्रष्टाहरुको उपस्थिति र लाखौँलाख स्रोताहरु समक्ष प्रत्यक्ष प्रशारण गरेको थियो । उक्त यसरी चलेको उक्त कार्यक्रमको अन्तिमतिर गजल गायकार दिनेशले गजलहरु गायन गर्दाको क्षण अति नै रोचक र रमाइलो बनेको थियो ।

gorkhesailo@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *