सिसासको सातौँ बाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

20110201_GorkheSailo_SirjanshilSahityaNews


शिर्द्धार्थनगर माघ १६, गते आइतबार ।
शहीद दिवस २०६७ ।

सिर्जनशील साहित्य समाज, भैरहवाले शहीद दिवसको अवसरमा आफ्नो संस्थाको सातौँ बाषिर्कोत्सव, स्रस्टा सम्मान पुरस्कार वितरण, कृति विमोचन तथा साहित्य गोष्ठी कार्यक्रम भैरहवा स्थित लुम्बिनी निर्माण व्यवसायी सङ्घको प्रेक्षालयमा आयोजना गरेको थियो ।

संस्थाका अध्यक्ष श्री छवि ज्ञवालीको सभापतित्व र प्राज्ञ श्री बूँद रानाको प्रमुख आतिथ्यतामा श्रीतेजप्रसाद पन्तको स्वागत भाषणबाट सुरु भएको उक्त कार्यक्रमको उद्घोषण कार्य श्री नारायणप्रसाद भण्डारीले गर्नुभएको थियो । उक्त कार्यक्रमका विशेष अतिथि एवम् अतिथिहरूमा प्रमुख जिल्ला अधिकारी श्रीतारानाथ गौतम, स्थानीय बिकास अधिकारी, डा. कुस्माकर न्यौपाने कास्की, हिरालाल ज्ञवाली बुटवल, काजीरोशन बाग्लुङ, गोर्खेसाइँलो चितवन, पुष्प अधिकार अञ्जलि चितवन, कृष्णदेवी शर्मा श्रेष्ठ नवलपरासी, कृष्णप्रसाद कोइराला पाल्पा, तानसेन, दलबहादुर गुरुङ, पाल्पा तानसेन, मुक्तिीनारायण पौडेल स्याङ्जा, नारायणप्रसाद भण्डारी, पाल्पा तानसेन र केही स्रष्टा कपिलवस्तु बाट पनि उपस्थिति हुनुहुन्थ्यो । यसैगरी स्थानीय स्रष्टाहरूमा डा. कपिलदेव लामिछाने, डा.गोविन्द बल्लभ भट्ट, रामबहादुर श्रेष्ठ, मोदनाथ शास्त्री, रमादेवी शर्मा, बिष्णुप्रसाद भण्डारी, हिरालाल ज्ञवाली, मणिराम भट्टर्राई, रुद्र ज्ञवाली, सुरज घिमिरे दीपशिखा, गङ्गा अभिलाषी, बिद्या बेलबासे, लक्ष्मी केसी, लक्ष्मी लामिछाने लगायतका १६७ जना स्रष्टा एवम् द्रष्टाहरूको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि प्राज्ञ श्री बूद रानाज्यूले कथाकार श्री प्रदीप श्रेष्ठलाई एभरेष्ट फाइनान्स पुरस्कार राशी रू. ६,१००।- नगदसहित फूलमाला, अविर र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । यसैगरी लोकसाहित्यकार डा. श्री कुस्माकर न्यौपानेलाई काजीरोशन सिर्जनशील साहित्य पुरस्कार राशीरू. ५,५५५।- नगद सहित फूलमाला, अविर र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । त्यसैगरी छन्दज्ञाता एवम् शास्त्रीय ब्याकरणविद श्री मोदनाथ शास्त्रीलाई छविलाल पुरस्कार राशी रू. २११५।- नगदसहित फूलमाला, अविर र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने सिर्जनशील सम्मान श्री रामबहादुर श्रेष्ठलाई प्रदान गरिएको थियो ।
सोही समारोहमा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष श्री काजीरोशनले आफैँले सुरूगरेको स्मृति प्रकाशनको तर्फाट फूलमाला, अविर र दोसल्ला ओढाएर सिसासका अध्यक्ष श्री छवि ज्ञवालीलाई पनि ‘स्मृति सम्मान’ गर्नु भएको थियो ।

यसरी चलेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री तारानाथ गौतमज्यूको ‘छल’ गीतको सिडी प्रमुख अतिथि प्राज्ञ श्री बूँद रानाज्यूले टङ्कणको माध्यायमबाट नृत्य भिज्योल देखाएर लोकार्पण गर्नु भएको थियो । यसैगरी श्री रामेश्वरी पन्तद्वारा लिखित ‘घाउ चहर्‍याइ नै रह्रयो’ नामक कथा सङ्ग्रह र श्री काजीरोशन द्वारा लिखित ‘रायल स्काउलीस यात्रा’ नामक नियात्रासङ्ग्रहको विमोचन गरिएको थियो ।

सो समारोहमा बाहिरबाट भाग लिन गएका अतिथिहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । यसरी रचना वाचन गर्ने क्रममा चितवनका स्रष्टा श्री ऋषिप्रसाद ‘गोर्खेसाइँलो’ र श्री पुष्प अधिकारी ‘अञ्जलि’द्वयबाट वाचन गरिएका समसामयिक गजलहरूले निकै नै स्रोताहरूको मन जित्न सफल भएकोले ‘वाह-वाह’का स्वरले प्रेक्षालय नै गुञ्जयमान भएको थियो ।

अन्तमा सकार्यक्रमाका सभापति छवि ज्ञवालीज्यूले धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *