GorkheSailo


आफ्नै देश बचाउने सपुत क्वै नेता भए मान्दछौँ
कोही छैन भने बिकार किन हो सङ्ग्राम यो गर्दर्छौ ?
नाङ्गेझार गरी लुछेर कपडा लाग्दै छ हुर्मत् लिन
खायो देश छिमेकले सब लुछी बोल्दैन कोही किन ?

घेरो बार लगाउ त्यो दशगजा कैल्यै नचेप्ने गरी
ब्वाँसोका सँगमा हुदैन गतिलो ढोगेर पाऊ परी ।
गर्ने हिम्मत नै हुँदैन मनमा नेता कहाँ बन्दछौ ?
तिम्रो शक्ति अझै रहेन तनमा वेकारमा भुक्दछौ ?

टिष्ठा हेर हिजो छिमेक बलियो खायो लुटेरै पुरा
सुस्ता हेर अझै लुछेर उसले पार्दै छ साह्रै धुजा ।
कालीको पनि हाल छैन गतिलो पानी सबै लुट्दछ
बर्षा याम भरी बढी जलहरू नेपालमा हुल्दछ ।।

देशै छैन भने कहाँ बगरमा औचित्य तिम्रो कता ?
पाटीको पनि सोँच छैन गतिलो स्वार्थी सधैँका जथा ।
सीमा ध्वस्त भयो सबै दशगजा जाली छिमेकी भयो
आफ्नै दूतहरू पठाइ सजिलै नेपाल खाँदै छ यो ।।

सक्छौ छेक्न भने सबै जुट उतै के काम द्वन्दै गरी ?
भोकै मार्न यहाँ कठै ! ति जनता नेपाल बन्दै गरी ।
खान्छौ भारत कै कमाइ कति हो साँचो बताऊ तिमी
भन्ने शक्ति सबै पुरिन्छ धनले भूपाल जाऊ तिमी ।।

छन्दः शार्दूलविक्रीडित
गोर्खे साइँलो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “देश र नेता”

  1. धन्यवाद ।
    मेरो यो कविता प्रकाशन गरिदएकोमा मझेरी डट कम का सञ्चालक मुमार सिंखडा लगाएत मझेरी डट कम परिवारलार्इ अाभार सहित हार्दिक धन्यवाद ।

    1. धेरै समयपछि पाल्नुभयो; स्वागत
      धेरै समयपछि पाल्नुभयो; स्वागत तथा धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *