त्रिमूर्तिमा ९६ जनालाई सम्मान र ४ कृतिको लोकार्पण कार्यक्रम सम्पन्न

20101105_GorkheShailoNews


काठमाडौं, २०१० नोभेम्बर १

त्रिमूर्ति निकेतनले आज एक समारोहका माझ छैठौं त्रिमूर्ति दिवस र महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२ औं जयन्ती मनायो । त्यस अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले देश-विदेशका ९६ जना महानुभावलाई पुरस्कार र स्वर्णपदक प्रदान गर्नुभयो ।

समारोहमा बैरागी काइँलाले त्रिमूर्ति निकेतनबाट प्रकाशित तथा उषा शेरचनद्वारा सम्पादित “महाकवि देवकोटा अभिलेख ग्रन्थ”, नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईंद्वारा सम्पादित “नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तार” र यादव भट्टराई र कमलराज उपाध्यायद्वारा सम्पादित “नेपाली भाषासाहित्यको अन्तर्रराष्ट्रिय सम्मेलन”को लोकार्पण गर्नुभयो । समारोहमा सुप्रसिद्ध सिने अभिनेत्री मनिषा कोइरालाले कञ्चनजङ्घा प्रसाईंद्वारा निर्देशित नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय सम्मेलनु नामक वृत्तचित्रको भिसिडी लोकार्पण गर्नुभयो ।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित उक्त समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला, उपकुलपति गंगाप्रसाद उप्रेती, लेखनाथ पौड्याल काव्यसभाका संयोजक खनूप्रुदे रामबाबू, त्रिनारीरत्न स्मारकका संयोजक डा.मोदनाथ प्रश्रित, त्रिमूर्ति निकेतनका सदस्य श्रीमती मनिषा कोइराला र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले पनि बोल्नु भएको थियो ।

प्रभा भट्टर्राई लेखनाथ पौड्याल पुरस्कार, सुनील पोख्रेल तथा निशा शर्मा बालकृष्ण सम पुरस्कार र भुवन ढुङ्गाना देवकोटा काव्य पुरस्कारबाट पुरस्कृत हुनुभयो । यी पुरस्कारका राशी जनही दस हजार रुपियाँ रहेका छन्।

साथै आज त्रिमूर्ति पुरस्कारुबाट पुरस्कृत हुनेहरुमा के.एम्.शाह रजानियाजी, गणेशबहादुर राई, तेजबहादुर प्रसाईं, प्रचण्डबहादुर बुढाथोकी, डा.स्वामी प्रपन्नाचार्य, भीमबहादुर अधिकारी, डा.रेवतीरमण लाल र लक्ष्मण राजवंशी हुनुहुन्छ । यी पुरस्कारका राशी पनि जनही दस हजार रुपियाँ रहेका छन् ।

समारोहमा महाकवि देवकोटा शताब्दी महोत्सवलाई अविस्मरणीय बनाउनाका साथै प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनुलाई समेत थप उचाइमा पुर्याउन सार्थक, उल्लेखनीय र विशिष्ट योगदानका निम्ति देशविदेशका ८४ जना महानुभावलाई महाकवि देवकोटा शताब्दी स्वर्णपदकु प्रदान गरियो ।

महाकवि देवकोटा स्वर्णपदक प्राप्त गर्नेहरूमा अनुकृतिका, अपराजिता आचार्य, अरुण खत्री नदी, अरुणा राई (भारत), आनन्द पी.राई, आयुष्मान शाक्य, इमोजिनी श्रेष्ठ, उपेन्द्र सुवेदी, उषा शेरचन, कञ्चनजङ्घा प्रसाईं, कमलराज उपाध्याय, कलाधर काफ्ले, के.के.कर्माचार्य, कृसु क्षत्री, कृष्ण मल्ल, प्रा.डा.गार्गी शर्मा, गीता कार्की, गेहेन्द्रमान अमात्य, गोपाल पराजुली, गोपाल बस्नेत, गोपीकृष्ण ढुङ्गाना, घमराज लुइँटेल, प्रा.डा.जङ्गब चौहान, जयदेव भट्टराई, जीवन लाबर (भारत), ठाकुर शर्मा, डब्बु क्षत्री, तीर्थ कोइराला, तुलसीहरि कोइराला, प्रा.डा.देवीप्रसाद गौतम, नीना राई भारत, नीरा रानाभाट, नेत्र एटम, पद्मावती सिंह, पुनम क्षत्री, प्रमिला उप्रेती, प्रिया प्रसाईं, प्रेमकुमार क्षत्री भारत, बालनरसिंह घर्ती, बी.एल.शर्मा, डा.बेञ्जु शर्मा, भरत शाक्य, भरतराज प्रसाईं, भागीरथी श्रेष्ठ, भाष्करराज राजकर्णिकार, मदनदास श्रेष्ठ, मनोज बोगटी भारत, मीरा पन्थी बन्जाडे (म्यान्मा), यादव भट्टराई, युवराज नयाँघरे, रवीन्द्र मिश्र, प्रा. राजेन्द्र सुवेदी, रामचन्द्र न्यौपाने, लक्ष्मण भण्डारी, लक्ष्मीअप्सरा पाण्डे, लक्ष्मीकुमारी घिमिरे, लिखत पाण्डे, वासुदेव अधिकारी, विक्रम तिमिल्सिना, विजय थापा, विद्याकान्त अधिकारी, विनीता पन्त, विनोद गौतम, विश्ववल्लभ, विष्णुप्रसाद पौडेल (सभासद), व्याकुल पाठक, ई.शङ्करनाथ रिमाल, शान्ति रिसाल, शारदा चित्रकार, शारदा शर्मा, डा.शैलेन्दुप्रकाश नेपाल, श्याम रिमाल, श्रीओम श्रेष्ठ रोदन, सङ्गेश श्रेष्ठ, सन्ध्या पहाडी, समीर मानन्धर, सविना कोइराला, साङ्मो लेप्चा (भारत), सुनील पोख्रेल, प्रा.डा.सुरेन्द्र केसी, सुषमा कोइराला, हरिहर विरही, हिदेओ कानेको (जापान) र हिरण्यकुमारी पाठक हुनुहुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *