‘मौन बतास’ले र्स्पर्श गर्दा


बिक्रम सम्वत २०६३ साउन २५ गते ‘पल्लव’ साहित्य विविध नारायणगढको संयोजनमा र शिवपुरी साहित्य समाज हात्तीगौँडा, काठमाण्डौको आयोजनामा चितवन, नारायणगढ, लायन्सचोक स्थित लायन्स भवनको सभाहलमा आयोजित ‘साहित्य अन्तरक्रिया’ कार्यक्रमको लागि अतिथिको रुपमा उपीस्थति जनाउनु हुने ‘अभिव्यक्ति’ साहित्यका प्रधान सम्पादक नगेन्द्रराज शर्मा, मोहन बुढाथोकी, अर्जन पौडेल निर्जन, मनोज न्यौपाने, शंकर भारती, नरेन्द्रराज पौडेल, ‘शिवपुरी’ साहित्य समाजको अध्यक्ष वियोगी बुढाथोकीज्यू र बगर फउण्डेशनका बिष्णुबहादुर सिंह हुनुहुन्थ्यो । सोही समयमा मलाई एउटा ‘मौन बतास’ नामक हाइकुसङ्ग्रह उपहार स्वरुप प्राप्त भएको थियो ।

यसरी उपहार प्राप्त हाइकुसङ्ग्रह फुर्सदको समयमा अध्ययन गर्दा विश्व साहित्यमा पनि पूर्विय साहित्यमा कविता विधा अन्तरगतको ‘हाइकु’लाई ऋचा वेद अन्तरगतीय गीति छन्द र मन्त्रबद्ध अभिव्यक्तिकैरुपमा पाईने र बौधमार्गी दर्शनमा जोडिएको छोटो कविता हो भन्ने प्रमाणहरू प्रसस्तै पाइन्छ । यो सत्र अक्षरीय बिशिष्ट बिम्ब-बिधानत संरचना गरिने जापानको उन्नाइसौँ शताब्दीको नौलो र नयाँ स्वतान्त्रिक कविता हो ।

बि.सं.२००९ साल भाद्र १० गते ऋषिपञ्चमीका दिन चार भञ्ज्याङ्को शृङ्खला युक्त घेराभित्र जन्मनु भएको कवि बिष्णुबहादुर सिंहले आफ्नो बाउन्न बसन्तको बतासलाई ‘मौन बतास’को नामले दशौँ. कृतिकोरुपमा प्रकाशन गर्नु भएको ‘हाइकु’सङ्ग्रह अध्ययन गरे पछि म आफु कुनै हाईकु अनुभवी बिश्लेषक, समिक्षक वा समालोचक केही नभएता पनि एउटा सामान्य पाठकको हैसियतले ‘मौन बतास’ले मौन भएर बस्न दिएन । हुनत यति ठूलो सङ्ग्रह जसमा एकहजार एक ओटा ‘हाइकु’ले भरिएको छ । त्यसैलाई वरिष्ट साहित्यकार क्षेत्रप्रताप अधिकारी, हास्य व्याङ्ग्य र अन्य विविध विधामा ख्याति प्राप्त रामकुमार पाडे, हाइकु अध्ययनका ज्ञाता पुष्कर लोहनी आदिको भूमिका, एवम् समीक्षारुपी शुभकामनाले शृङ्गारिएको सङ्ग्रहको बारेमा म जस्तो ‘गोर्खे’ले केही लेख्दा कहीँ. कतै सङ्ग्रहकै गरिमा घट्ने त हैन । भन्ने पनि सोचले मलाई न चिमोटेको त हैन । तर पनि एउटा पाठकको हैसियतले सङ्ग्रह अध्ययन गर्दा आफूले देखको र लागेको केही तिता-मीठा शब्दहरू ओकाल्ने धृष्टता गरेको छु ।

कवि सिंहको ‘मौन बतास’ हजारको संख्यामा लेखिएको हाइकुसङ्ग्रहभित्रका केही हाइकुहरू आफ्नो नेपालका तमाम नेपाली किसान दाजु-भाई, दिदी-बहिनीले समय अनुसार खेतीपाती गर्ने विभिन्न याममा भोग्न पर्ने हरेक मौसमी दुःख-पीडाहरूलाई आत्मसात गर्दै यसरी प्रस्तुत् गर्नु भएको छ हेरौ उहाँकै यी पङ्तिहरूः

वर्षाको दिन
बादलहरूसँग
मौसमी हाँ.सो (हा.नं. १)

असारे पन्ध्र
गीत गाएर नाच्दा
रोपार खोई – (हा.नं. ३९७)

खुल्ला आकाश
किशानको आशामा
बज्रपात रे (हा.नं. ५०६)

किसान दाई
मनसुनी वर्षामा
खुसी-उन्माद (हा.नं. ७८९)

आकाश ढाक्यो
बारुदैबारुदले
बादलभित्र (हा.नं. ९४६)

बाहिर जाडो
शरिरमा पसिना
मनको व्यथा (हा.नं. ९९३)

जापानको आठौँ शताब्दीमा जापानी ‘ताङ्का’ कविताको बिकास भएको पाइन्छ । त्यसैगरी पन्ध्रौ शताब्दीमा ताङ्का कवितालाई एक पछि अर्को गरेर क्रमस जोड्दै जाँदा लामो कविता बनेको ‘रेङ्गा’ (लामो कविता) नै हो र सोही लामो कवितालाई नै जापानका कविहरूले ‘रेङ्गा’ भन्ने गर्दछन् । त्येस्तै सौह्रौँ शताब्दीमा ‘हाइफाई’ कविताले जापानको रमण्मिय भूमिमा केही समय बलियो स्थान पाएको देखिन्छ । उन्नाइसौँ शवाब्दीको नौलो र नयाँ कविताकोरुपमा ब्यापकता पाएको ‘हाईकु’ लेखनमा भने ऋतुसँग र्स्पर्स गरेको हुन पर्ने अनिवार्यता छ । जुनकुरा गजलमा काफिया भने जस्तै हाइकुको प्राणकोरुपमा रहेर ऋतुले नै जीवन्त दिने विधा हो ।

आजकाल नेपालमा आधुनिक कविहरूले लेखेको अधिक्तम ‘हाईकु’हरूमा १७ अक्षेरीय संरचनालाईमात्र अँगालेको र प्राय ऋतु नछोइकन भावमा मात्र आधारित रहेको हुन्छ । यसरी सत्र अक्षरीय मर्यादालाईमात्र कायम गरेर ऋतुलाई नछोइएका हाइकुलाई हाइकु विधानले खासै साशत्व प्रदान गर्न सक्तैन, किन भने जापानी कविहरूले हाइकुमा ऋतुलाई हाइकुको प्राणकोरुपमा हेर्ने गरेका छन् । त्यस्तै जापानी साहित्यका अनुसार हाइकु वा ‘रेङ्गा’को प्रथम हरफलाई ‘होक्कु’ भन्ने गरेको पाइन्छ । यसरी हाईकाई कविहरूले स्वतन्त्ररुपमा कोरेका कविता नै शक्तिशाली बन्दै आएर पछि हाइकु प्रमाणित भएको भन्ने पनि ‘बिश्व साहित्य’ अनुवादकहरूको भनाई पाइन्छन् । हाइकुले आफ्नो जन्मभूमिमा ऋचा वेदका विभिन्न ग्रन्थीय नाम र उपमाहरू प्राप्त गरेपनि पछि शृङ्गारिक रसले प्रभुत्व जमाएको विधालाई नै अँगालेर विष्णुबहादुर सिहले धेरै विविधतामा हाइकु संरचना गर्नु भएको छ ।

उहाँको सङ्ग्रहमा विगत दश-बाह्र वर्षदेखी देश भित्र चलेको आन्तरिक द्वन्द्वमा भएका हत्या, हिंसा, आतङ्कले प्रवाहित रक्त सिञ्चित भएर देशको माटो बिटुलिएको कारणले र बन्द, चक्काजाम, जस्ता कृयाकलापले गर्दा देशबासी, देशभक्त र नेपालप्रतिका शुभचिन्तकहरू कोही कसैको पनि मन खुसी छैन र कोही पनि हाँसेर रमाउन सकेको छैन भन्ने भावमा कविले आफुलाई हाइकुमा कसरी पोख्नु भएको छ हेरौ उहाँकै शब्दमा केही हाइकुहरूः

खुसी छैन रे
पहाड र तर्राई
बिटुलिएर (हा.नं. ५५)

जङगली रुख
बाटामा लम्पसार
बलात्कार रे (हा.नं. ९९)

गन्तव्य रोज्दा
निसानाको खोजिमा
जङ्गल बास (हा.नं. १२१)

बन्द घोषणा
एकाएक उम्लिँ.दा
जङ्गल बाट (हा.नं. १३३)

शान्तिको खोजी
जङ्गलमा जाँ.दामा
बम बिस्फोट (हा.नं. ४५७)

दिन र रात
मुटुको धडकन
बमको खेल (हा.नं. ४६६)

रगत बग्दा
पानीको सट्टामा
क्रान्तिको खेल (हा.नं. ४८९)

अग्नि परीक्षा
दवाउन खोज्दा
आगोको झिल्को (हा.नं. ७५१)

लर्डाई रोज्दै
जङ्गलमा पस्दामा
शान्ति विलिन (हा.नं. ४९६)

तात्कालिन जापानी कविहरूको हातमा लगभग असी-नब्बे वर्षभन्दा पहिले विभिन्न उथल-पथलको सामना गर्दैर् इ.सं. १८९०-९२ तिरबाट स्वतन्त्र विधाकोरुपमा हुर्कन पाएपछि केही अन्य देशहरूमा समेत रम्न र जम्न थालेको हाईकु कविताले नेपालका नेपाली कविहरूको मन र मस्तिष्कलाई पनि अछुतो राख्न सकेन । त्यसैले नै होला यहाँका दिग्गज मानिने कविहरू पनि प्रायले हाइकु लेखनी प्रारम्भ गरेको पाइन्छ । फरक यतिनै छ कसैले हतारिएर प्रकाशनमा ल्याएकाछन् भने कोही-कोही लेख्ने र समयानुकुल परिमार्जित गर्दै लैजाने र खारिएर तयार भए पछिमात्र प्रकाशन ल्याउने भनेर बसेका छन् । यसै गरि हतारिएर छिटो प्रकाशन गर्नेमा एक जना चर्चित कवि मोहन बहादुर सिंहले पनि आफ्नो दशौँ कृतिकोरुपमा ‘मौन बतास’ नामक हाइकुसङ्ग्रह प्रकाशन गरेका छन् । जुन सङ्ग्रहमा आफ्नो देशका राजधानी लगायत अन्य शहरहरूमा समेत दिनानुदिन ब्रि्रदै गईरहेको े वातावरणको अवस्थालाई नियाल्दै वातावरणको राम्रो सुधार भए स्वस्थ्य लगायत प्राकृतिक मा समेत सुधार हुन सक्छ भन्ने उद्देश्यले कविले वाहिरी खुल्ला वातावरणको सम्झनामा भिर-पाखा र लालिगुराँ.स फूललाई यहाँ. यसरी छताछुल्ल पारेर पोख्न खोज्नु भएका केही पङ्तिहरू हेरौँ.ः

भिरपाखामा
त्यो पुरुषर्थी फूल
लालीगुराँ.स (हा.नं. ३२)

हिमाली हाँ.सो
पहाड नाचेकोमा
र्स्वर्गको छाया (हा.नं. ३८

मौन बतास
दुर्घटनाको शङ्का
होसियार हौँ. (हा.नं. ४३२)

काष्टमण्डप
निःशुल्क उपहार
धूलो र धूवाँ. (हा.नं. ४४३)

खोलाकोरुप
बाँध बनाउँदामा
बिजुली खानी(हा.नं. ५१८)

खोलाको पानी
भाउ बढाउँदै छ
बिजुली बनी (हा.नं. ६०४)

इन्द्रेनी रङ्ग
आँखाको भ्रम हुँदा
अन्धो तरङ्ग (हा.नं. ६४७)

औपचारिक शिक्षामा हाइड्रो पवर सम्बन्धित विषयमा एमर्.इ. गर्नुभएका कवि हाईकुकार सिंहले सन्सारका तिसओटा भन्दा बढी देशहरूको भ्रमण गरी सक्नु भएको छ । वातावरणतर्फ एम.एस्सी र जलबिद्युत व्यवस्थापन विकासतर्फतालिम प्राप्त कविले आफ्नो चीन र जापान भ्रमणको उपलब्धी नै हाईकु सङ्ग्रह बनाएर पाठक सामु पस्किएको हो कि – भन्ने शंका पनि यो स्तम्भकारले गर्नु वेमुनासिव हुँदैन होला । जे होस म जस्तो भोको पाठकले एकहजार एक ओटा हाइकु समावेश भएको सङ्ग्रह अध्ययन गर्ने मौका पाउँदा खुसी नै लागेको छ । हेर्दै जाँदा सङ्ग्रहमा देशमा अकस्मात आइपरेको बाढी पैह्रोको चपेटामा परेर सबैको र्घघरमा रुवाबासी चलेको बेला पनि सरकारमा बसेकाहरूले राहतको सट्टामा आहत देखएर रेडियो र टिभीमा प्रचारबाजीमात्र गरेको देखिन्छ । त्यस्तै दर्ुभाग्य वसले गर्दा जाहाज दर्ुघटना भएको विषय समेतलाई नेताज्यूहरूले ध्यान पुर्‍याउन नसकेको र आफुलाई केवल चुनाव-मुखी बनाएर नेपालको खाने पानी, बिकसित पानी र महाँ.काली, कोशी, कर्ण्ााली एवं मेलम्ची सम्मको नेपाली पानीमा राजनीति गरेको कुराहरूलाई पाठक समक्षे पुर्‍याउने उद्देश्यले उत्प्रेरित भएर लेखेका र नेपालमा राजाले एकतन्त्रिय शासन लादे पछि सडकमा निस्कीएका जनतालाई प्रहरीले गरेको ज्यादती र दमन झल्किने गरी र कविका अन्य केही हाईकुहरू यहाँ. पोखिएका छन् हेरौँ.ः

बाढीको छाल
गाउँको रुवाबासी
मन्त्री-मुस्कान (हा.नं. ६२)

मान्छेको भाग्य
बज्रियो अकस्मात
घोप्टे भिरमा (हा.नं. १८०)

हाम्रो देशमा
पानीको राजनीति
चुनावे खेती (हा.नं. ३३०)

कागको स्वर
एकाबिहानै
कोइलीको जस्तो (हा.नं. ३६२)

नेपाललई
पानीको राजनीति
अभिशाप रे (हा.नं. ३८२)

घुम्ने मेचले
मान्छे अन्धो हुँदा त
अस्तित्व खोई – (हा.नं. ४०५)

पानीको सट्टा
प्रहरीले क्रान्तिमा
रगत पिए (हा.नं. ७५३)

प्रहरी भाई
आफैँ ढुङ्गा प्रहार
हातको खेल (हा.नं. ७७४)

जनआक्रोश
बाढी भएर बग्दा
कसैको रोप (हा.नं. ६८५)

हाइकुकार कवि सिंह विभिन्न पुरस्कार तथा सम्मानले सम्मानित र पुरस्कृत भै सक्नु भएको छ जस्तैः ‘तन्नेरी प्रतिभा सम्मान’- २०५८, ‘बगर सम्मान’- २०५९, ‘हरिभक्त कटुवाल अन्तराष्ट्रिय पुरस्कार’ संयुक्त राज्य अमेरिका- २०६०, ‘कपिलवस्तु साहित्य सम्मान’- २०६१ आदिबाट सम्मानित हुनु भएका कवि सिंहको ‘मौन बतास’ हाइकुसङ्ग्रहमा मानिसका लागि अपरिहार्य तत्व नै जीवनका प्रेमालाप, शृङ्गारिकता आदि, एवं नेपालका विभिन्न राजमार्गहरूमा दिन दहाडै हुनेगरेका यौन जन्य दूरव्यवहारहरूमा आधारित तथा पारवारिक मनोरञ्जनात्मक पूर्णा केही हाइकुहरू उक्त सङ्ग्रहबाट टिपेर यहाँ प्रस्तुत भएका छन् हेरौँ कविको आफ्नै शब्दरङ्गमाः

चिसो सीरक
दुइ जोडीको प्रेम
अपारम्पार (हा.नं. ५९)

निर्वस्त्र भई
पौडिरहेको बेला
बेहोसी मन (हा.नं. १७०)

फुलेको फूल
फलको आशा गर्दा
बैँसको खेल (हा.नं. २१८)

चेलीको साथ
राजमार्गहरूमा
दिउँसै रात (हा.नं. २७६)

दुइ आत्मामा
बिजुलीको प्रवाह
मङ्गल सूत्र (हा.नं. ४५८)

जुनेली रात
मीठो सङ्गीतसँग
मायालु जोडी (हा.नं. ५७४)

बगैँचाभित्र
तिमी फूल मञ्जरी
म भँवरा हुँ (हा.नं. ७७५)

सौर्न्दर्य आँखा
मयूरको जोडीमा
नशालु मन (हा.नं. ८९८)

कवि बिष्णुबहादुर सिंहका ‘देशको माटो’ कवितासङ्ग्रह- २०५६, ‘ठाडाको दहमा’ गीतसङ्ग्रह- २०५७, ‘आफ्नो-बिरानो’ लघुकासङ्ग्रह- २०५८, ‘सल्बलाउँछन् ओठहरू’ गजलसङ्ग्रह- २०५८, ‘खुसीको आँसु गीतसङ्ग्रह- २०५९, ‘इमान बेच्न पाइँदैन’ कवितासङ्ग्रह- २०६०, ‘इन्द्रेनी सप्त रङ्गीसङ्ग्रह- २०६०, ‘तिस पाइला’ नियात्रासङ्ग्रह- २०६१, ‘अनुभूतिका सङ्ला पानाहरू’ मुक्तसङ्ग्रह- २०६१, पछिको यो प्रस्तुत कृति ‘मौन बतास’ हाइकुसङ्ग्रह- २०६२ मा पौडी खेल्दा समसामयिक र गरिव नेपाली जन-जीवनमा दिनानुदिन घट्दै गइरहेका विविधतालाई पुष्टी गर्न इतिहास लेखिने व्याङग्य शब्द वाँण प्रहार हुने गरी लेखिएका शब्दहरू सङ्ग्रहबाट यसरी बग्दैछन्ः

छोरो विदेश
छोरी बम्बैको कोठीमा
टिनको छानो (हा.नं. ९४)

त्यो सुकुम्बासी
जग्गैजग्गा बिचको
जमिन्दार(हा.नं. १३६)

दुःखको आँ.सु
सुखको हाँसोभित्र
छताछुल्ल छ (हा.नं. २५८)

अस्मिता बेच्दै
बम्बैइका गल्लिमा
पाहाडे केटी (हा.नं. ५२३)

लेख्दै छ आज
क्रान्तिको इतिहास
रातो कलम (हा.नं. ४८५)

लुक्न चाहन्छ
दमित यौनहरू
हिस्टेरियामा (हा.नं. ८४८)

यसैगरी कवि बिष्णुबहादुर सिंह आफु स्वयम कवि भएको हुनाले आफुले प्रकाशन गरेका दशौँ कृतिमा कवि र कविता प्रतिको मोहलाई ध्यानमा राखेर केही पङ्तिहरू लेखेका छन् । उक्त शब्दहरूले साहित्यकार कविहरू राजधानी भित्र बस्नेलाई केन्द्रिय कवि र राजधानी बाहिर बसेर कलम घस्नेलाई स्थानिय कवि भन्ने गरेको शब्दको दूरीलाई हटाउन मद्दत पुर्‍याएर साहित्यकार कवि भनेका जो जाहाँ. बसेका भए पनि सबै एकसमान हो भन्ने कुरालाई पुष्टी गर्दै ‘मौन बतास’ हाइकुसङ्ग्रहबाट छताछुल्ल भएर पोखिएका छन् यी शब्दहरूः

कविजी आज
मनको बह पोख्दा
अर्द्धपागल(हा.नं. ५२०)

कला-साहित्य
देश नाघेर जाँ.दा
अन्तराष्ट्रिय (हा.नं. ५७८)

सुखको खोजी
बुढेसकाल हेर्दा
दुःखको बाढी (हा.नं. ५८६)

प्रत्येक साँझ
भोका-नाङ्गा पेटमा
सत्तोसराप (हा.नं. ५९९)

कविताहरू
गिरफ्तारीमा पर्दा
कवि बेहाल (हा.नं. ८५६)

कविताभित्र
अक्षरमा शान्ति छ
मन आक्रान्त (हा.नं. ९१७)

मान्छेको मन
देश दुखेको बेला
मृत्यु-सपना (हा.नं. ९३६)

अन्तमा भन्न पर्दा सङ्ग्रह निकै ओजनदार गहकिलो छ । नेपाली वाङमयको फाँटमा सिंहका दशौ कृतिको रुपमा बनेको खुडि्कलो दह्रो, राम्रो, बलियो, पठनिय र सङ्ग्रहित योग्य छ । रचना लेखाई शैली सुलभ, सरल र सलल्ल बगेको छ । अझै कविले हाइकुलाई प्रकाशन गर्न नहतारिएर सबै हाइकुहरूलाई संरचनागत ऋतु प्रदान गर्न सकेको भए सुनमा सुगन्ध नै हुने थियो भन्ने कुरालाई नकार्न भने सकिँदैन ।

हाइकुकार कवि बिष्णुबहादुर सिंहका आगामी दिनहरूभमा खारिएर आएका पुस्तकहरूले नेपाली वाङ्मयको क्षितिजमा यस्ता सय्यौ सङ्ग्रहको बिस्कुन लागोस् भन्ने शुभकामना दिदै सबै पाठकज्यूहरूबाट कमेन्ट (सुझाव)को अपेक्षा गर्दै अहिलेलाई बिश्राम ।

विशालमार्ग, नारायणगढ, चितवन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “‘मौन बतास’ले र्स्पर्श गर्दा”

  1. सर
    नमस्ते !
    मेरो मनको कुरो

    सर
    नमस्ते !

    मेरो मनको कुरो बोलि दिनु भो ।
    धेरै कुरोहरु सिके ।

    १७ अक्षेरीय भन्नु भाको यस्तो हो कि ?
    ५ शब्द
    ७ शब्द
    ५ शब्द

    धन्येबाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *