Skip to content

प्रेमा वाङमय प्रतिष्ठानको काव्यगोष्ठी सम्पन्न

20110110_GorkheSailo_News



२०६७ पौष २४ गते शनिबार ।
चितवन ।

नवलपरासी जिल्लाको बर्दघाट, चिसापानी स्थित दिब्यज्योति उच्च मा.वि.को प्रेक्षालयमा प्रेमा वाङमय प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान, संस्था सम्मान, काव्य-गोष्ठी एवम् साहित्यिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा.घनश्याम न्यौपाने परिश्रमीको सभापतित्व एवम् वरिष्ठ साहित्यकार युवराज शर्मा गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका विशेष अतिथिमा गोर्खेसाइँलो र सम्मानित हुनुहुने स्रष्टामा श्रीमती कृष्णादेवी शर्मा (श्रेष्ठ) हुनुन्थ्यो । अन्य उपस्थित अतिथिहरूमा भूमिराज चापागाईं, सदानन्द अभागी जैसी, श्यामप्रसाद न्यौपाने, भगवती अर्याल, नारायणप्रसाद खनाल, विमलचन्द्र पंगेनी, हिमलाल ज्ञवाली, हुमराज श्रेष्ठ, कृष्णप्रसाद पन्थी, नन्दराज ज्ञवाली, सिर्जना ज्ञवाली, राधा पाण्डे, सन्ध्या सापकोटा, कृष्णप्रसाद न्यौपाने, विष्णुप्रसाद खनाल, प्रदीप पौडेल, नेत्रनारायण भण्डारी, धनन्जय पौडेल, दिनेश ज्ञवाली, प्रचण्डबहादुर बुढाथोकी, महेश पन्त, गंगा अभिलाषी, रमेश निरौला, छवि ज्ञवाली, रमा पौडेल ‘प्रभात’, विद्या बेल्बासे, रामराजा गौतम, खगेश्वर ज्ञवाली लगाएतका ८३ जना स्रष्टा एवम द्रष्टाहरूको उपस्थिति रहेको थियो ।

भगवती अर्यालको स्वागत भाषण र श्यामप्रसाद न्यौपानेको उद्घोषणबाट सञ्चालन भएको उक्त कार्यक्रममा साहित्यिक स्रष्टा कृष्णादेवी शर्मा (श्रेष्ठ) प्रगतिनगर, सञ्चार तर्फश्री विजय एफ एम, गैँडाकोट र शिक्षा तर्फ २०६७ सालको परिक्षामा जिल्लामै सर्वप्रथम हुने अमृत भट्टर्राई र उषा रिजालाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा प्रेमा वाङमय प्रतिष्ठानका संस्थापक हिमलमल ज्ञवाली र सिर्जना ज्ञवालीबाट धन्यवाद ज्ञापन भएपछि सभापती डा.घनश्याम न्यौपाने परिश्रमीले कार्यक्रमको समापन गर्नु भएको थियो ।

www.pallawa.com.np
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *