मधुपर्क
गुलियो
सोझै हानियो संसद् भवनबाट प्रदीप शर्मा नगरकोटतिर । त्यस दिन, जुन दिन प्रदीप शर्मा कतै नहेरी र कसैको वास्ता नगरी नगरकोट गएको थियो- संसद् तातो बहसका साथ चलिरहेको थियो । सङ्घीय, लोकतान्त्रिक, गणतन्त्र नेपालको भाग्य निर्माता संसद्को बैठक महìवपूर्ण विषयको टुङ्गोमा पुग्न भनी जारी थियो । चालू सरकारलाई पुनर्गठित गर्नुपर्ने बहस तातेको थियो संसद्भित्र । त्यसैभित्र यसो कतै ठाउँ पाएको थियो- मुलुकभरको इन्धन हाहाकारले । ऊ आपूर्ति मन्त्री भएका नाताले सांसदहरूले गरेका प्रश्नहरूको जवाफ उसले दिनै पर्थ्यो ।
कालीगण्डकी दर्शन
विगत एक दशकदेखि हामी तीन भाइ कलाकार मोहन नरसिंह राणा, साहित्यकार दिव्य गिरी र रमेशजङ्ग सिजापतिबीच निकै मीठो सम्बन्ध रहिआएको छ । यो सम्बन्धको सूत्र भाषा, साहित्य र कला नै हो । यो सम्बन्धका कारण हामी तीन भाइले बेलाबेलामा नेपालभित्र तथा नेपाल बाहिर पनि धेरै दिनसम्म सहयात्रा गरिसकेका थियौँ । यस वर्ष पनि पश्चिम नेपालको रमणीय र पर्यटकीय सहर ‘प्राकृत पोखरा’ जाने कार्यक्रम बनायौँ ।
दधीचिहरू
भनिन्छ-युगनायक मन्त्रद्रष्टा ऋषि थिए दधीचि । पौराणिक आख्यानहरूमा दधीचिको निस्वार्थ योगदानका अनेकौँ उज्याला गाथाहरू लिपिबद्ध गरिएका छन् । नेपाली समाजमा, संस्कारमा, साहित्यमा पनि प्रेरणा र प्रभावका आदिपुरुष मानिन्छन् उनी । तत्कालीन युगमा उनले जुन त्याग, तपस्या र कार्य गरे त्यही नै अनन्तअनन्त कालसम्म चिरस्थायी र चिरस्मरणीय हुन पुग्यो । दधीचिले कायम गरेको इतिहासको अग्लो चुचुरोसम्म पुग्ने आधार हामीसँग पौराणिक आख्यान मात्र शेष रहन पुगेको छ ।
सिकाइएका कुरा, सिकेका कुरा
पपुआ न्यू गिनीको पश्चिमी पहाडी प्रान्तको राजधानी सहर माउन्ट हागेनमा मेरो पहिलो रात अर्थात सन् दुई हजार दुईको फेब्रुअरी छ तारिकको रात हाइल्यान्ड्स पार्क मोटेलमा बित्यो । त्यस देशको सरकार र संयुक्त राष्ट्रसङ्घबीचको सम्झौता बमोजिम मेरो आवासको व्यवस्था सरकारले नै गरिदिनुपर्ने थियो । विदेशी सल्लाहकारहरूलाई सामान्यतः सुरक्षित क्षेत्रभित्र दुईतीन वटा बेडरुम भएको सुविधासम्पन्न घर दिने गर्दथे । मलाई चाहिँ सुरूको अढाई महिनाका लागि त्यो होटेलमा नै बस्ने बन्दोबस्त गरिदिएका रहेछन् । म त्यहाँ पुगिसकेपछि मैले नै त्यस सहरमा भएका घरमध्ये जुन छान्दथेँ त्यही लिइदिने सुर रहेछ उनीहरूको ।
सासूआमा
एक दिन त बाबूढाले- “सबैको रोपो हरियै भयो, हाम्रो त व्याडमै पसाउने भो” भनी आमा र बुहारी यानि मेरी श्रीमती विमलासँग करकर गर्दै हुनुहुन्थ्यो । संयोग खालबाट रित्तिएर अबेला ओठमुख सुकाउँदै मैले आँगनमा टेकेको मात्र के थिएँ भरखर घाँसको भारी टेकएर गाईवस्तुलाई घाँस दिँदै गरेकी विमला ममाथि पोलो घोचिएका अरिङ्गालझैँ गरी खनिई ।
नेपालमा चलेका मौलिक संवत्हरू र संस्कृति
नेपालमा मौलिकरूपमा दुईवटा संवतहरू चलेका छन् । नेपालमा सुरु भएका र मूलतः नेपाल (काठमाडौँ उपत्यका)भित्र मात्र प्रचलनमा रहेका ती दुई संवत्सरहरूको यहाँको सांस्कृतिक परम्परासँग गहिरो सम्बन्ध छ । नेपालमा सुरु भएका दुई संवतहरूमध्ये पहिलो संवत् ३०४ वर्षसम्म प्रचलनमा रहेको थियो । भने दोस्रो संवत् पहिलो संवत्को स्थानमा प्रतिष्ठापित भई आज आफ्नो आयुको ११३० वर्षमा प्रवेश गरिसकेको छ । नेपालका यी दुवै संवत्सरहरू कार्तिक शुक्ल प्रतिपदाको दिनदेखि सुरु भएका हुन् ।