उसको प्रत्येक रात रक्सीले र्‍याउँर्‍याउँ भएको टाउको, लठ्ठएिको शरीर र लर्बराएको खुट्टा देख्दा लाग्थ्यो- “बिहान अफिस जाँदाको तरोताजा ऊ र राति घर र्फकदाको अर्धबेहोस ऊ एउटै व्यक्ति हुँदै होइन ।”

आज पनि ऊ भित्ताको सहारामा घरभित्र पस्यो । एक तल्लामाथि बत्ती बालिएको कोठामा ढलमलाउँदै प्रवेश गरेको उसको रक्सीयालु छायाँ पातलो पर्दा हालिएको सीसाको भ\mयालबाट स्पष्टै देखियो । एकछिन पछि तीनवटा छायाँहरू आमने-सामने भए- ऊ, उसकी स्वास्नी र उसकी आमा ।

अचानक छायाँहरूको एक आपसमा भ\mयाङ्गलझुङ्गल सुरु भयो । केही स्त्रीजन्य असन्तुष्ट आवाजहरू पनि सुनिए, बाझे बाझेजस्ता ।

उसकी आमा कराउँदै थिई- “हे भगवान् ! मेरो कोखै खराब…” उसको जवाफ सुनिएन, बरु टाङ्ग्राङ्गटुङ्ग्रुुङ्ग आवाज आयो । सायद रक्सीको सुरमा उसले भातकोे थाल भित्तामा ठोक्किने गरी फाल्यो ।

उसकी स्वास्नी चिच्याइरहेकी थिई- “यस्ता नामर्दकी पनि स्वास्नी हुनु ?” स्वास्नीको भनाइमा पनि उसको कुनै प्रतिक्रिया सुनिएन, बरु झर्‍याम्मझुरुम्म केही फुटेझैँ आवाज आयो । सायद उसले ऐना फुटायो ।

निकै बेरसम्म सामूहिक छायाँयुद्ध चलिरहेको देखियो । खस्यो, फुट्यो, रगत आयोजस्ता आवाजहरू आइरहे मध्यरातसम्म ।

“यस्तै जँड्याहाहरूले गर्दा घरेलु हिसा बढेको हो, तह नलगाई भएन ।” होहल्लाले गर्दा समयमै शान्तसँग सुत्न नपाएको छिमेकी हिम्मत जुटाएर उसको घरमा पस्यो तर कोठाको दृश्य देखेर स्तब्ध भयो ।

भुइभरि भात छरिएको थियो, पानी छताछुल्ल थियो । ऊँ भ\mयाल मुन्तिरको भित्तामा अढेस् लागेर चीसो भुइँमै बसेको थियो । उसको अनुहार कोतरिएको थियो, नाथ्री फुटेर रगत रसाइरहेको थियो ।

छिमेकीलाई देखेर उसले बरर्र आँसु झार्‍यो र दुखेको मन पस्कियो- “हेर्नुस् न दाइ, हातमा लिइसकेको भात पनि यसरी पोखी दिए । पानी पिउन नदिइ यसरी घोप्ट्याइयो । पन्युले हानेका थिए, ऐनामा लाग्यो ।”

“अनि सधैँ रक्सी खाएर आउनु हुन्छ त ?” अघिसम्म गाली गर्ने सोचमा गएको छिमेकी अब सहानुभूतिपूर्वक उसलाई सम्झाउने कोसिस गरिरहेको थियो ।

“नखाएर के गर्ने ?” उसले सुक्सुकाउँदै भन्यो- “दिनभरि काम गरिसकेपछि रक्सी नखाई घर पस्ने साहस नै आउँदैन । रक्सी त निहुँ मात्र हो । मैले गरिदिनु पर्ने कुराको लामो लिष्ट छ आमा र स्वास्नीसँग । घर पस्न पा’छैन, सधैँ यसैगरी झम्टिन्छन् यो भएन र उ भएन भनेर । सबैको आकाङ्क्षा पूरा गर्ने दैवीशक्ति म कहाँ

पाउँ ? दाइ, पुरुषमाथि हुने घरेलु हिसाको सुनुवाई हुने कुनै ठाउँ किन छैन ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *