एक दिन त बाबूढाले- “सबैको रोपो हरियै भयो, हाम्रो त व्याडमै पसाउने भो” भनी आमा र बुहारी यानि मेरी श्रीमती विमलासँग करकर गर्दै हुनुहुन्थ्यो । संयोग खालबाट रित्तिएर अबेला ओठमुख सुकाउँदै मैले आँगनमा टेकेको मात्र के थिएँ भरखर घाँसको भारी टेकएर गाईवस्तुलाई घाँस दिँदै गरेकी विमला ममाथि पोलो घोचिएका अरिङ्गालझैँ गरी खनिई । मेरो उपस्थिति विमलालाई करकरको मसला बन्यो । ऊ चर्कै स्वरले कराई, बुबाआमासँगै लोली मिलाउन पुगी । उसको करकरले मेरा कन्सिरी ततायो असहृय भयो । बुबाआमालाई के भन्नु थियो र स्वास्नीमै रिस पोख्न जङ्गिएँ । हात उध्याएर एक झापड दिन के तम्सिएको थिएँ, आमाले च्याप्प समाउनुभयो । तँ स्वास्नीमाथि हात उठाउने बहादुर भइस् ? बाह्रमासेमा रित्तिँदाको रिस पोख्ने ठाउँ यी दाम्लाका पशु र पिँढीका बाआमाको घाँटी भिजाउने विमला बनाइस् ? तँ पहलवान् लौ पहिला मलाई कुट् । किन त्यो बिहानदेखि बेलुकासम्म काममा जोतिएकी दोजियालाई सताउँछस् ? भन्दै चर्कनुभयो । आमाको त्यो व्यवहारले मलाई पानीपानी बनायो । केही बोल्न सकिनँ, मरेतुल्य भएँ । सुकेका ओठमुखमा नीलो रङ थपियो । फनक्क फर्केर जुवाखाल तिरै हानिएँ ।

आमा साँच्चै आमाका रूपमा देखिनुभयो । विमला पनि सासूआमाप्रति नतमस्तक भई । आमालाई राम्रै ख्याल थियो कि आफू पनि बुहारीबाट बढुवा भएरै सासूसम्म आइपुगेको यथार्थ । अहिले पनि आˆनी छोरी कसैको बुहार्तनमा खटिएको तथ्यप्रति उहाँलाई पूरै हेक्का थियो । स्वभावैले दूधपानी छुट्याउने क्षमता थियो आमाको । त्यसैले त “म पुरुष हुँ, म स्वतन्त्र छु, मलाई श्रीमतीले नियन्त्रण गर्न पाउँदिन, म पो उसलाई अधीनमा राख्न सक्छु” भन्ने स्वार्थी सोच र पुरुषप्रथम संस्कार हाबी हुन पाएन, बूढीले त्यस्तो मौकै दिनुभएन ।

म झोक्किएर घरबाट निस्केँ । सोझै हुँदा त सिन्को नसर्केको, बाङ्गिएर हिँडेपछि काम बन्ने भरोसा झन् उछिट्टयिो, पर पुग्यो, भर पर्ने ठाउँ रहेन । उहाँहरूलाई कुरा बुझ्न पनि गाह्रो परेन । सासूससुरा र बुहारी मिलेर सल्लाह गर्नुभएछ ।” फाँट हरियो भो, हाम्रो खेत बाँझै राम हेर्नुछ, गाउँलेहरू खेतको काम सकेर बारीमा मकै रोप्ने तरखरमा छन् । लौ, बुहारी अब त्यो बाह्रमासेको मुख ताकेर भएन । तिमी आफैँ पहल गर, हलीखेतालाको चाँजो मिलाऊ” भनी बुबाले भनेपछि विमलाले हलीबाउसेको जोहो गरिछन् । यहाँनेर सासूबुहारीको मिल्ती राम्रै काम गर्‍यो । वास्तवमा हो पनि “सुखी परिवार र खुसी जीवनको स्रोत पारिवारिक मेल नै हो ।” भोलिदेखि रोपाइँ गर्ने निर्णयमा पुगिएछ मलाई सुइँको दिइएनन् । मैले पत्तै पाइनँ ।

बेलुका पनि जुवा खेलेर म अबेर फर्केको थिएँ । खालमा बस्दा मैले घरको खटपट साथीहरूलाई पनि सुनाएँ । रमाइलो मानी मानी सुनेका मध्ये झवीलालले भन्यो- यी आइमाईहरू कति बढी भा’का भन्या, हामी नहुने हो भने यिनीहरूको पाइलो सर्दैन, साहरामा जिउनेहरूको के-को फुर्ती हो कुन्नि यत्रो ठूलो, अचम्म छ ।” आगामा पर्याप्त घिउ थप्ने प्रयास भयो । “लौ खा” चिडीको एक्का मिल्काउँदै एकेले भन्यो- “यो मुला दिले लाछी, होच्याउनु होच्यायो त्यसले पनि रात छिप्पिन थालेको पत्तो भएन ।” नौ बज्यो अब पसल बन्द गर्नुपर्छ” भनेर तिलाहारेदाइ सिरूपाते भट्टीका मालिक कराउँदा पो सबैजनाले पल्र्याकपुर्लुक मुख ताक्यौँ । खाल उठायौँ र भोलि बिहान सातै बजे जमाउने सहमतिमा आ-आˆनो बाटो समात्यौँ पनि ।

एक्लै घरतिर लागेपछि पो भोकले झस्कायो । दिउँसोको घटना सम्झेँ । मनभरि कुरा खेले । आफू उठेदेखि जुवामा, गोठभरि वस्तुभाउ छन्, खेतीपाती कतै केही सघाउनु छैन । आखिर श्रीमती त अर्काकी छोरी, मेरा बाआमाको मन जितेर बसेकी छ । म उहाँहरूकै छोरो जुवाडे बानीले अपि्रय भएँ । मान्छे अनुहारपि्रय हुँदैन नै । फेरि साइनो मात्रले मान्छेको मन जित्न सक्तो रहेनछ । व्यवहारमा आत्मीयता र आˆनोपन माग्दो रहेछ मनले । यस्तै शब्दहरूलाई पौठेजोरी खेलाउँदै घर पुगेँ ।

अबेरसम्मै टुकी बलिरहेको थियो । लाग्यो मेरै बारेमा चिन्ता गरिरहनुभएको होला आमाबाले । अडकलसँगै आँगनमा ओर्ले तर सत्य अर्कै रहेछ । विमला करेलाका सुकेका चाना सफा पार्दै थिई । आमा दुनाटपरी मिलाउँदै । म सुटुक्क भान्छामा पसेँ । आमाले मेरो प्रवेश थाहा नपाएझैँ गर्नुभो । म आफैँले कसौँडीको भात, ताप्केको तरकारी, कुँडेको दूध एउटै थालमा घप्ल्याकघुप्लुक खन्याएँ र अँध्यारोमै बसेर कप्ल्याककुप्लुक पेटतिर पठाएँ । सटाकसुटुक खोपीतिर छिरेँ । लाग्यो मेरो गतिविधि देखेर सासूबुहारी खासखुस गर्दैछन् तर मैले कुनै प्रतिक्रिया जनाइनँ । ओछ्यानमा पल्टेँ ।

आमा र विमला काम गर्दै थिए । त्यो भोलिको रोपाईंका निम्ति तयारी रहेछ । बिहान म ओछ्यानमै थिएँ । विमला दैलोकुचो, घाँसपानी नियमित कार्यमा निस्किसकेकी थिई । सूर्यका तीखा किरणले झ्यालबाट छिरेर मेरा आँखा घोचे । “उठेर भैँसी दुहीदिएँ चिया खान पाइन्थ्यो ।” बुबाको बोली कानमा सोझियो । म जर्‍याजुरुक उठेँ । मुलीखाँबाको नौनी कोट्याएर बाल्टीको बिटमा टाँस्दै गोठतिर लागेँ । भैँसी दँुहुदै थिएँ । झबेले- “म गएँ है, दिले छिटै आइज” भन्दै गरेको आवाज सुनेँ मनमनै हतारिएँ । दूधको बाल्टी पिँढीमै छाडेर पाडी बाँधे र लुरुक्क सिरूपाते भट्टीतिर सोझिएँ । म त्यहाँ पुग्दा झबे, बिर्जे चौलानी तिया सुक्र्याउँदै थिए त्यसैमा मिसिएँ । हर्के पनि आइपुग्यो । छिट्टै भित्र पस्यौँ । मैले झ्याल खोलेँ । झबेले हिजोअस्तिका पुराना तास हातमा खेलाउँदै भन्यो- “यी पुराना तास फिटिँदै फिटिँदैनन् आज नयाँ खेलौँ । “पहिलो खालमै पैसा उठाउनुपर्छ है” भनेर तिलाहारेदाइले तास दिए । म, ‘म फिट्छु नि’ भन्दै खल्तीबाट श्रीमतीको बालो झिकेर च्याँखे थापेँ । बीचमा एकपटक काँचो प्याज र हरियो खर्सानीका टुक्रा छरेर एक प्लेट चना दिए तिलाहारेदाइले । हामी तास राम्रो आएन, खेल जमेन भनी मुख जुधाउँदै थियौँ । दाउ त बिर्जेलाई गएछ, जतिबेला पनि सोहोरेको सोहोर्‍यै छ ।” मैले भनेँ र बालो हातमा लिएर “जाने भो बिचरा ससुराको चिनो” सात बजे बिहानदेखि सुरु भएको खाल बाह्रबजेसम्म चल्यो । मैले च्याँखे थापेको बालो सिद्धियो, पच भयो । मसँग बाँकी केही रहेन बिर्जेसँग हरिया दाँत ङच्िच देखाउँदै भने- “बिर्जे यो मेरी श्रीमतीलाई ससुरालीले दिएको उपहार हो । तँ मलाई यो बालो फिर्ता दे बरु पुछारपाटो बारी बन्दकी खा ।” अनुरोध गरेँ । मेरो गिडगिडाहटले उसलाई के हुन्थ्यो, छोएन । उल्टै “हृया, तँ दिले जहिले आज तँलाई दिने मही छैन भरे गोठालो पठाइदे दही दिउँला भनेझैँ गर्छस्” भनी उल्यायो । मेरो अनुनयविनय सुनेन ।

मध्यान्तरका घाम टाउकोमा थाप्तै दूधमात्र खाने दाउ जुराउँदै घर पुग्छु त ठ्यापठुप्पै झ्यालढोका बन्द । खिसि्रक्क परेँ । सोझै ढोका खोलेर भित्र पस्ने आँट आएन । गोठतिर लागेँ । लहरै बसेका भैँसीले टाउको उठाए सायद केही खानेकुरा दिन्छ कि ? भन्ने उनीहरूको मौन माग थियो । म एकोहोरिएँ । किम्बुको रूखबाट कुहुकुहु न्याउली बोल्यो । मन छोइयो । बूढाआमा र गर्भवती श्रीमती रोपाईंमा सकिनसकी काम गर्दैछन् । म बुढेसकालको साहरा एक्लो छोरो, हरेक क्षण साथ दिने वाचा गरेको जीवन साथीचाहिँ बाह्रमासेमा । नमजाले मन थिचिरहेको थियो । रोपाइँ र दाइँजस्ता असजिला काममा त जानकारी दिने गर्थे, एक/दुई दिन भए पनि सघाउन पाइन्थ्यो किन यसरी मलाई छाडेर गएछ ? आँगनतिर फकर्ंे । एक्कासी दीनानाथकाकाको- “ए दिले Û आज तिमीहरूको रोपाईं होइन र ?” आवाजले कान तान्यो । ‘बूढा कहाँबाट टप्के’ असजिलो मान्दै शिष्टाचार निभाएँ ।

बूढा बा कोदालो बोकेर खेतमा, तिमी घरमा Û” म अकमकिएको देखेर आँ गर्दा अलङ्कार बुझ्ने बूढाले धेरै कुरा थाहा पाइहाले । अर्काका घरको मामिला केको टाउको दुखाउनु भन्ठानेर हो कि र्फलक्क फर्के । मैले खुइया गरेँ, तातो सास फालेँ तर बूढा र्फकन खोजेमात्र सकेनन् । खुट्टा आँगनको डिलबाहिरै राखेर घाँटीमात्र मोडेर अडिए । यो अर्काका घरको मामिलामात्र कहाँ हो र ? छिमेकीको पनि समस्या हो । असल छिमेकी भएर पनि एकअर्काको काम आएन भने के को छिमेकी”, बूढाले बम्किने सुर कसे । खलनायक सुनिल थापाझैँ एक्सनमा देखिए । मैले मनले गाली गर्दै थिएँ । “सुरुक्क आˆनो बाटो नतताएर” सुकेको अनुहारमा रस मर्न असफल प्रयास गर्दै औपचारिक भएँ । “कुनै काम थियो कि काका ।”

के चेपारे कुरा गर्छस् Û बूढा बा आमा र दोजिया श्रीमती रोपाइँमा Û तँ भुसतिघ्रे बाह्रमासे । लाज लाग्दैन तँलाई घर परिवारको डर नलागे पनि नरको डर मान्नु पर्दैन ? बूढा बीच-बीचमा रोकिदै बम्के । बूढाको मुखमा बिर्को बस्ने गरी बोल्न खोज्छु साहसले साथ दिँदैन । म अरूचिका कारण बटारिएको देखेर होला बूढाले चलाखी गरे, बुद्धि खेलाए, कुरा घुमाए सान्त स्वरले भने- “हिजो म गाविस भवन गएको थिएँ । त्यहाँ जुँगामुठे रतनदास राष्ट्रियस्तरको नेता पनि आएका रहेछन् । उपस्थित धेरैले लामो खडेरीपछिका असिनाझैँ गरी प्रश्न बर्साए । रतन पनि के कम हुन्थे एक-एक प्रश्नको जवाफ दिँदै गए ।

नयाँ नेपाल बनाउने विषयसँग गाँसिएर आएका थुप्रै प्रश्नको छोटो र चोटिलो उत्तर थियो- “अबको नेपाल सरकारले देशका सम्पूर्ण नागरिकको क्षमताअनुसार काम र कामअनुसार दाम उपलब्ध गराउनेछ । नेपाली जनतामध्ये धेरैले काम नगरी खान्छन् । परिवारका महिलाहरू काम गर्छन् । पुरुषहरू काम गर्दैनन्, अति भयो । अब भने सबैले श्राम गर्नैपर्छ । नयाँ नेपाल यत्तिकै बन्दैन । यो काम युवाहरूले गर्नुपर्छ । नेपालको प्रगति नहुनुको मुख्यकारण युवाजमात श्रमबिना भौँतारिनु नै हो । यिनीहरूलाई काममा लगाउनैपर्छ । अब अरूको पसिनामा रमाउनेहरूका दिन गए । जानेसिकेका काममा हरेकले सहभागी हुनैपर्छ । घरपरिवार, खेतीपाती, जागिर, कहाँ कसलाई अनुकूल मिल्छ ? त्यहीँ कामको जिम्मेवारी हुन्छ । अब भट्टीमा गफ गर्नेहरूको ठूलो सङ्ख्या कारखानाको मजदुरमा र सडक विभागको कुल्लीमा पुग्छ । काम नगरी अल्लारिने र बाह्रमासेमा बतासिनेहरूलाई सरकारले समातेर लानेछ ।” ती नेताले यिनै शब्दहरू प्रयोग गरे जोडतोडका साथ प्रस्तुत भएका थिए । दीनानाथ बूढाले यति कुरा के भनेका थिए म त माथिबाट कसैले हृवात्त हुत्यायो, जस्तो भएँ तल पुगेर पछारिएझैँ झसङ्ग झस्किएँ । लाग्यो, ढिलै भए पनि बूढाले घैंटामा घाम छिराइदिए .. सासूआमाले ‘लौ मलाई कुट्…’ भनेको सम्झें । आफूलाई सही बाटोमा हिँडाउने प्रतिज्ञा गरेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *