Skip to content

हो, काठमाडौबाट, हेटौडा देखिदैन

  • by


मेरो एउटा साथीले
कस्तो मीठो कुरा गर्‍यो
काठमाडौबाट हेटौडा देखिदैन
हो, काठमाडौबाट हेटौडा देखिदैन ।
हेटौाडालाई हेर्न खोज्दा
काठमाडौाबाट
चोभारको डााडोले छेक्छ
दक्खिनकालीको जङ्गलले छेक्छ
अलि यता आएपछि
चिसापानीगढीले छेक्छ
सिमभन्ज्याङको कुहिरोले छेक्छ
महाभारत शृङ्खलाले छेक्छ
कता केले छेक्छ
कता केले छेक्छ
कस्तो चित्त्ाबुझ्दो कुरा गर्‍यो मेरो साथीले
काठमाडौाबाट हेटौाडा कहाा देखिन्छ र Ûझ्
बरु काठमाडौाबाट
अमेरिका देखिन्छ
बेलायत देखिन्छ
जापान देखिन्छ
कोरिया देखिन्छ
मलेसिया देखिन्छ
भारत देखिन्छ
सबभन्दा टड्कारो त
काठमाडौाबाट
अमेरिका देखिन्छ
कस्तो चाखलाग्दो कुरा गर्‍यो मेरो साथीले
काठमाडौाबाट हेटौाडा कहाा देखिन्छ र झ्
देख्न खोज्दा पनि हेटौाडामा के नै छ र झ्
जाबो मजदुरहरूको घन ठटाउने कारखाना
जाबो ड्राइभर, खलासीका थोत्रा ट्रकहरू
जाबो गोली थाप्ने सहिदहरूको प्रतिमा
जाबो कविता लेख्ने कविहरूको जमात
जाबो चेतना फिजाउने सपुतहरूको गाथा
जाबो सडक थर्काउने योध्दाहरूको कथा
जाबो भविष्यका शेक्सपियर, देवकोटा र पारिजातहरू
जाबो भविष्यका आइन्स्टाइन र म्याडमक्युरीहरू
के नै छ र हेटौाडामा देख्न खोज्दा झ्
के नै छ र हेटौाडामा हेर्न खोज्दा झ्
के मेरो साथीले ठीक भनेन र ?
कस्तो घतलाग्दो कुरा गर्‍यो मेरो साथीले
काठमाडौाबाट हेटौाडा कहाा देखिन्छ र झ्

-हेटौाडा-४, मकवानपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *