Skip to content

कान्तिपुर

जोशीको जंकु अर्थात् बूढो पास्नी

  • by

राजधानीमा आयोजित एक कार्यक्रममा सत्यमोहन जोशी कार्यपत्र प्रस्तोता थिए । जोशीलाई दर्शकदीर्घाबाट दह्रै प्रश्न आएछ- ‘तपाई भन्न सक्नुहुन्छ, बुद्धको सबैभन्दा पुरानो मूर्ति कहाँ छ ?’ हाम्रालागि सामान्य लाग्न सक्छ तर जोशीका लागि निकै गम्भीर प्रश्न थियो त्यो । उनी संकटमा परे । आखिर उनले चलाखपूर्ण उत्तर दिए । भने- ‘उत्तर नदिउँ भने संस्कृतिविद् भइखाको यति पनि थाहा रहेनछ भन्नुहोला । यहाँ छ भनेर उत्तर दिउँ भने भोलि मूर्ति हराउँछ ।’ आजसम्म उनले यसको उत्तर कसैलाई दिएका छैनन् । यही कुरा उनको जीवनमा ठूलो शिक्षा बनेको छ । थाहा छ वा जान्दछु भनेर जहाँ पायो त्यहीँ प्वाक्क बोल्नु घातक पनि हुन सक्छ ।

अग्निशिखासंग हारेको मृत्यु

  • by

अस्तिको दिनमात्र ठमेलतिर लम्कदै गर्दा थहिटीको मूलसडकको एउटा अग्लो घरतिर आखा पुग्यो । त्यो घरलाई देख्नासाथ म एकछिन टक्क रोकिए“ । मेरो स्मृतिपटलमा र्सर्रर पुराना दिन सिनेमाको रिलझैं घुमे । थ“हिटी, क्वाबहालको त्यो अग्लो घरको सबभन्दा माथिल्लो तलामा ०३४ भन्दा अघिदेखि नै रामेशदाइ बस्नुहुन्थ्यो । त्यसबेला रामेशदाइको त्यो कोठा साहित्यिक र सांस्कृतिक गतिविधिको एउटा केन्द्रजस्तै थियो । त्यो कोठामा रामेश, मञ्जुल, म, अग्निशिखा -शुकदेव नेपाल), मोहन श्रेष्ठ, तर्ीथ नेउपाने, सुन्दर जोशी, श्याम तमोट, हिमाञ्चल भट्टर्राई लगायत थुप्रै साथी नियमित जम्मा हुन्थ्यौं ।

इन्द्रावतीका पात्रहरूसँग

  • by

‘रमेश विकलको नाम सुन्नु भा’छ ?’ हालैको दिन अस्ट्रेलियाली पदयात्रीहरूसँग इन्द्रावती किनार पुग्दा स्थानीय बलराम नेपालले भनेका थिए- ‘उहाँले अविरल बग्दछ इन्द्रावती लेख्नुभएको ऊ त्यही घरमा बसेर हो ।’

बेलायत यात्राको साहित्य

  • by

शीतकालीन जाडो र वषर्ायामको झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू कोही पनि । त्यसैले विमानघाट पनि जागा थियो । पोल्ने आगोजस्तो बाहिरको चिसोले एक्कासि छोइँदा तरङ्गति हुन्छु । सागै निशा थिइन्- मित्रपत्नी । यहाँको जलवायुमा रङ्गसरि आफूलाई घोलेर एकाकार भइसकेकीले उनलाई असजिलो लाग्दैन ।

स्याबास कान्छा-कान्छी!

  • by

कान्छाले कान्छीलाई लग्यो
वनको बाटो लाल्टिनै बालेर

स्वर सुहाउँदो स्केल र ६/८ बिट भएको लोकगीत होला, मैले सानो छँदै सुनेको थिएँ । माथिको दुई लाइनबाहेक अरूमा के-के छ, त्यो मलाई थाहा छैन । धेरैलाई सोध्दा अरूहरूलाई पनि थाहा रहेनछ । यसको ट्युन पेन्टाटनिक स्केलमा छ र लाग्छ— यो पहाडवासी नेपाली जनजातिको गीत हो, तर यसको स्वर रचना ‘पुरातन शैली’को लाग्छ । लाल्टिनको आविष्कार भएपछि मात्रै यो गीत रचिएको हुनुपर्छ ।

पर्वका परिकार (माघे संक्रान्ति)

हरेक वर्षको माघ १ गते माघे संक्रान्ति मनाउने प्रचलन छ । माघे संक्रान्ति भन्नेबित्तिकै घ्यू, चाकु, तिलको लड्डु, तरुल, सेल, फुलौरा आदि परिकारहरूको सम्झना आउँछ । हाम्रो देशको चाडपर्व, संस्कृति र सोसँग गाँसिएको खानपान प्रकृति एवं मौसम सुहाउँदो छ । तराईमा यो दिन माघी नामले विशेष पर्वका रूपमा मनाउँछन् ।

अविरल विकल

  • by

सहरी कोलाहलदेखि पर कुनाको आरुबारी टमस हार्डीको उपन्यास ‘फार पम द म्याडिङ क्राउड’ झैं लाग्छ । सुन्दर गाउँदेखि अलि पर हरियो जंगल छ ।

सितार सम्राटबारे दुई शब्द

  • by

नरेन्द्र वाटाजू र सितारवादन एकाअर्काका पूरक हुन् भन्दा फरक पर्दैन । सितारका सातै तारका झंकारबाट जीवन-जगतलाई झंकृत पार्नमा अति पोख्त हुनुहुन्छ हाम्रा नरेन्द्र वाटाजु ।

‘गीत-गंगा’ र तुहिएको सपना स्वर सम्राट नारायण गोपालको शब्द-सम्झना

  • by

कुनै एकदिन पेमला भाउजूसित नारायण दाइका बानी- व्यहोराबारे मैले कुरा गरेथेँ । उनले सार्वजनिक नगर्ने सर्तमा भनेका कुराबाहेकको एउटा कुरा, सन्दर्भले आज सम्झिएँ । भन्थिन्- ‘भाइ ! नारायणको एउटा सपना थियो । यो घर संगीत-ट्रस्टको नाममा जाओस्, अगाडिको फूलबारीमा एउटा चिटिक्कको सांगीतिक हल बनोस् र त्यसको नाम ‘गीत-गंगा’ रहोस् ।’ यसो भनिरहँदा पेमला भाउजूको मुहार निकै उत्साहपूर्ण देखिन्थ्यो । त्यसबखतसम्म उनको स्वास्थ्य त्यति खस्किएको पनि थिएन । उतिबेला, यसो भन्दै गर्दा मेरो मस्तिष्कमा भने नारायण गोपालको एउटा लोकपि्रय गीत घुमिरहन्थ्यो ।

च्याब्रुङ र सम्झनाहरु

  • by

अँगेनोमाथि धूवाँको मोसोले खाएको च्याब्रुङ -ढोल) र ढ्याङ्ग्रो । छेउमा पुरानो नेसनल पानासोनिक रेडियो । चुल्होमा थुपारिएको दाउरा छेउ राघे बिरालो आँखा तिखारिरहेको छ । हालैको दिन सोलुखुम्बुको दुर्गम मैदेल गाउँवासी ६३ वर्षे कवीरमान थुलुङको घर पस्दा एकैपटक यी दृश्य देखियो, ग्यालरीमा झुन्ड्याएको पूर्ण कोलाज चित्रजस्तै ।

नेत्र संवाद

  • by

मेरो नाकसम्मको दूरी राम्ररी ठम्याउन नसकेर होला उसको बायाँ हात मेरो चश्मामा अल्झिन पुग्यो । म उसको अप्रत्याशित ‘आक्रमण’ बाट झस्कें । चश्मालाई नाकको सहारा दिएपछि ऊतिर हेरें । ‘कस्तो लाग्यो त -‘ मेरो बायाँ सिटमा रहेको उसका आँखाले सोधिरहेका थिए ।

जनसम्मानको शिखरमा महाकवि

  • by

जा त मान्छे बन वजनदार
विश्व थर्का, पृथ्वी चर्का
मृत्युको जुघा उखेल्
दैनिक गन्धेझार रोई-रोई नउखेल्
मानवलाई स्वाभिमान, संर्घष्ा र स्वाधीनतानिम्ति कविताबाट यसरी झकझक्याउने, लोकतान्त्रिक संर्घष्ामा आफैं होमिने, कविता, गीत, नाटक, कथा, निबन्ध, काव्य, महाकाव्य आदिको नया“ सगरमाथा उभ्याउने, नेपाली चेतनालाई विश्वव्यापी तुल्याउने महाकवि लक्ष्मीप्रसाद देवकोटाले हामीबाट अन्तिम विदा लिएको आधा शताब्दी भयो ।

आदिकविसँग बेलायतमा

  • by

आज म पनि, हे बूढा भानुभक्त, तिम्रो सम्झनाले यो तीर्थस्थलमा आइपुगेको छु ।

क्यान्टरबरी कथिड्रलको दर्शन गर्ने उद्देश्य लिएर हामी बेलायतको दक्षिणपूर्वी किनारतिर लाग्यौँ । यो क्रिस्चियन चर्चको सबैभन्दा ठूलो संरचना जसको प्रमुखमा आर्चविशप नियुक्त हुने ठाउँ । अतीतका १५ सय वर्षदेखि निर्माण र पुनर्निर्माण भोगिरहेको बेलायतकै एक महानतम कथिड्रल, दर्शनका लागि कहलिएको स्थान क्यान्टरबरी ।

असफल आख्यानको सफल कथा

  • by

ध्रुवचन्द्र गौतमको बीसौं उपन्यास ‘एक असफल आख्यानको आरम्भ’ को भदौ ८ मा विमोचन कार्यक्रम रहेछ । त्यसबारे समीक्षकीय टिप्पणी गरिदिन अर्किड बुक्स -प्रकाशक) ले जसै निम्तो गर्‍यो । गौतमको अलिखित उपन्यासको १८ वर्षदेखिको प्रशंसक भएकाले निम्तो नस्वीकार्ने कुरै थिएन । एउटा निश्चयचाहि“ गरे“ उपन्यास पढ्न सुरु नगर्दै- यो उत्तरआधुनिक-सुत्तरआधुनिक कुरा म कुनै हालतमा गर्ने छैन । उत्तरआधुनिक भएर वा नभएर कुनै कृति राम्रो वा नराम्रो हुने होइन । पहिला त कृतिमा साहित्यिकता, काव्यत्मकता र कलाकारिता हुनुपर्‍यो । तब त्यो कुनै वादसादको चस्माबाट हर्ेन लायक हुन्छ ।

बुवाको प्यारो अनुहार

  • by

बाबु अर्थात र्सवशक्तिमान, जसलाई सबै समस्याको हल थाहा छ । बाबु अर्थात हाम्रो सुरक्षा कवच जसले हामीलाई घामपानी, धूवा“धूलो, डरलाग्दो रात अनि हावाहुरीबाट सजिलै बचाउन सक्छन् । बाबु अर्थात हाम्रो घरको ‘रिसोर्स पर्सन’ जसले हाम्रा आवश्यक्ता पूरा गर्छन् । बाबु अर्थात एक बलवान, बुद्धिमान र बलियो मान्छे । बाबुको यो परिभाषा सही पनि छ तर यो आकृतिलाई हामी यति धेरै मान्छौं कि बाबुका अरू पाटा छाया पर्छन् ।

बेलायतमा उत्तरआधुनिक विमर्श

  • by

मलाई घेरै लामो सपनाको भूमि टेक्ने अवसर प्राप्त भयो । इतिहास र भूगोलका पृष्ठमा अनेकपल्ट यस भूमिको नाम उच्चारण गर्‍यौं, डोभर बिचदेखि इन्भर्नेससम्मका सयौं नाम कण्ठ गर्‍यौं । यहा“ कत्राकत्रा आविष्कार भए, कत्रा दर्शनचिन्तन र गौरवगाथाका झन्डा फहराइए, विश्व रङ्गमञ्चमा बेलायत उभि“दा सधै“ नेपालीस“गै थियो । यस्तो भूमि धेरै नेपालीको सपनामा उनिएर आउनु स्वाभाविक हो ।

अंग्रेजी र अर्धसत्य

  • by

झूठभन्दा पनि खतरनाक हुन्छ अर्धसत्य ।

द्रोणाचार्यको मृत्युबिना पाण्डवहरूले महाभारत युद्ध जित्नु सम्भव थिएन । पुत्रशोक नभई मृत्यु नहुने वरदान द्रोणले पाएका थिए ।

एक स्रष्टा दुइ महाभारत

  • by

‘महाभारत’ प्राचीन विश्वका विशालतम ग्रन्थमध्ये प्रमुख र र्सवाधिक चर्चित पनि हो । त्यस युगको सबभन्दा ठूलो ‘कुरुक्षेत्र’ युद्धको वर्ण्र्ााा आधारित महाकाव्य इतिहास, दर्शन, राजनीति, रणनीति, शस्त्रास्त्र वर्ण्र्ााआदि धेरै विषयले ओतप्रोत छ । अठार पर्वमा विभाजित ग्रन्थमा नब्बे हजारभन्दा बढी श्लोक छन् । यति धेरै पात्र भएको अर्को ग्रन्थ लेखिएको छैन । सबै पात्रलाई पूरा निखारसहित प्रस्तुत गरिएको छ । कौरव र पाण्डव दर्ुइ पक्षको बीचमा भएको त्यो महायुद्धमा एसियाका अनेक राज्य र गणतन्त्र यो वा त्यो पक्षको सहयोगमा सामेल भएको वर्ण्र्ााछ ।

भूपीको सम्झना

  • by

“सबै बाटा रोमतर्फ लाग्छन्” भन्ने अंग्रेजीे उखानजस्तै शिक्षाका लागि त्यस बखत नेपालका सबै बाटा वनारसतर्फ लाग्दथे । तिनैमध्ये एउटा बाटो थाक खोला, पोखरा, बुटवल, भैरहवा र सुनौली हुँदै वनारसतर्फ लागेको थियो । त्यही बाटोले एउटा हृष्टपुष्ट थकाली केटोलाई वनारसतर्फ डोर्‍यायो । उसको नाउँ भुपेन्द्रमान शेरचन थियो । उसमा साहित्यिक प्रतिभाहरू जतिजति प्रस्फुटित हुँदै गए उसका नाउँ पनि परिमार्जन हुँदै गए । उसले नाटक लेख्यो “परिवर्तन” र आफ्नो विचारधारामा प्रगतिशीलता ल्याएअनुरूप नाउँ पनि परिमार्जन गर्‍यो, भुपेन्द्रमान शेरचन “सर्वहारा”। भूपी शेरचन भन्ने नाम त पछि मात्र रहन गएको हो ।