Skip to content

कान्तिपुर

संसारको अन्त्य

  • by

अंग्रेजीभाषी लेखिका सुषमा जोशीको केही महिनाअघि केही दिनको अन्तरालमा उनका दुई पुस् तक प्रकाशित भए, ‘आर्ट म्याटर्स’ र ‘द एन्ड अफ द वल्र्ड’ । ‘आर्ट म्याटर्स’ उनका नेसन पत्रिका (हाल बन्द) र कान्तिपुर अनलाइनमा प्रकाशित कलासम्बन्धी लेखको संगालो हो । तर यहाँ चर्चा गर्न खोजिएको पुस्तकचाहिँ उनको कथा संग्रह ‘द एन्ड अफ द वल्र्ड’ हो जसका ८ कथामा समकालीन नेपाली समाजको प्रतिबिम्ब भेटिन्छ ।

अठारसय खोलापारि

दुई वर्षअघि अस्टे्रलियाको राजधानी सिड्नीमा कपन गुम्बाले थापेको स्टलमा राखिएको पर्चामा लेखिएको यो वाक्यले बि्रसबेन राज्यका एक मनकारी व्यापारीलाई तान्यो । आध्यात्मिक नेता दलाई लामाको प्रवचन सुन्न सिड्नी पुगेका उनलाई गणेश हिमालपारि अठार सय खोलाका नामले पनि चिनिने गाउमा अभावग्रस्तमा बाच्दै आएका नेपालीका लागि ‘केही सहयोग गर्न पाए हुन्थ्यो,’ भन्ने शुभसोच पलाएछ ।

एउटा घमाइलो मध्याह्न

  • by

जिन्दगानीसँग छुटाउनै नमिल्ने दुःखसुख जत्तिकै अन्योन्यासि्रत लाग्छन्, अम्बर गुरुङका कालजयी संगीतकर्महरू । तिनले भित्रैसम्म छुन्छन् र निरन्तर छोइरहन्छन् । उनका गीतसंगीतले कहिले ‘ए कान्छा, मलाई सुनको तारा खसाईदेउ न…’ भनुँ-भनुँ पार्छ, कहिले ‘रातो र चन्द्र सूर्य’ गाइरहँदा दबिएको देशप्रेम सुषुप्त ज्वालामुखीझैं मनको सतहमा विस्फोट हुन्छ त कहिले ‘प्रश्नलाई पनि प्रश्न छ’ मेरो भनेर भोगाइको गुढ रहस्यमा अल्झाएर रनभुल्लमा पार्छ । कहिले ‘सम्हालेर राख, सँगालेर राख’ भन्दै छोटो जीवनको बेफुर्सदीमा मायालाई अजम्बरी बनाउने गुरुमन्त्र सिकाउँछ ।

मोनालिसा र क्याटाकुम्ब

गत वर्षको नोभेम्बर महिनामा इटालीको बेलाजियो नामक सहरमा एउटा कार्यपत्र पेस गर्नुपर्ने थियो । बेलाजियो सेमिनारको समाप्तिपछि मिलान सहर पुगेँ । उनी त्यहीँ आइपुगिन् । केही दिन इटालीका मुख्य सहरहरूको घुमघाम गर्नमा बितायौं । त्यसपछि योजनामुताबिक पेरिसतिर हिँड्ने निर्णय गर्‍यौं ।

जुनेली रातमा हिमाली उकालो

  • by

टहटह जून । चारैतिर हिमालै-हिमाल । मनै पुल्कित पार्ने हिमाली दृश्य । राति नै माछापुच्छ्रेबाट अन्नपूर्ण आधार शिविरतिर लाग्यौं । बाटैभरि हिउँले ढाकेका रूख अनि सिउँसिउँ गर्दै हिँडेका पदयात्री सबै हिउँले रंगिएका थिए । माछापुच्छ्रे आधार शिविरमा बसेर हामीले जुनेली रातमा हिमाली उकालो चढ्ने निर्णय गरेका थियौं । माछापुच्छ्रे गेस्टहाउसमा सुतेका पर्यटकहरू राति २ बजे नै हिमाली उकालो चढ्न थाले । माछापुच्छ्रे आधार शिविरमा जमेको हिउँको थुप्रो देखेर पदयात्री दंग थिए । उनीहरू हिउँ खेल्न र फोटो खिच्न थालिहाले । आँखै अगाडिको माछापुच्छ्रे अनि केही परको अन्नपूर्ण हिमालले पर्यटकलाई उत्साहित पारिरहेको थियो । जुनेली रातमा हिमाल हेर्नुको मज्ज्ाा नै बेग्लै हुन्छ, कोरियन गाइड उक्साइरहेका थिए, ‘म जुनेली रातमा हिमाल हेरर मोहित हुन्छु ।’ कुमारी हिमाल माछापुच्छ्रेको काखमा बसेर यी तन्नेरी हिमालको वर्णन एकनासले गरिरहेछन् ।

कविता पढ्दै थोराङला

  • by

अन्नपूर्ण संरक्षण कोषको संरक्षण कविता यात्राले जुराइदिएको यात्राका रसिक कविहरू थिए । अजङ्गका चट्टाने पहाडको काखै-काख रेखिएको गोरेटोमा गोराहरूको दोहोरीलत्तो थियो । ढेस्सिएर हिँड्नुपर्ने । खोकिलामा हिमाली जडीबुटीको खुद्रापसल थाप्न र कलिला केटाकेटीलाई च्यापेर पढाउन बेँसी झरेका थिए, गाउँलेहरू । ढाडमा मरिकुच्चे भारीले लादिएर दुवै कन्चटबाट तर्तरी पसिनाको मस्र्याङदी बगाउने भरियाहरू पनि बाटामा भेटिए । त्यो लर्कनमा अनगिन्ती सपनाका बथान थिए ।

इतिहास, स्पेस र परेवा

  • by

साहित्य लेख्ने अनि पढाउने मानिस भएकोले नेपालको राजनीतिक डढेलोभित्र पनि मुना र पात खोज्दै हिँड्ने प्रवृत्ति मेरो पनि रहेछ । म डढेलोपछिको समयमा पनि पातहरूको कल्पना गर्छु । लहलह जङ्गलको चिन्ता गर्छु । सपना देख्ने सबैको अधिकार छ । अनि निकै महिनादेखि साहित्यकार, कलाकार र रङ्गमञ्चकर्मीले केही खोजिरहेको देखेँ । उनीहरूले सबैभन्दा धेरै खोजेको कुरा स्थान ‘स्पेस’ रहेछ । समय परिवर्तन भयो । त्यसभित्र साहित्यकार, कलाकारले स्पेस खोज्नैपर्छ, मनमनै भन्छु । उनीहरूले स्पेसको नाउँमा रूपकहरूका खोजी गरेका छन् । एउटा परिचित रूपक एकेडेमी वा प्रज्ञा-प्रतिष्ठान रहेछ । हिजो पनि थियो, आज पनि रहेछ र भोलि पनि हुनेछ । यो एकेडेमी भन्ने वस्तु महेन्द्रले सोचेर चौध सालमा सुरु गरेका थिए । यसको संरचनाकै धारणा परिवर्तन नहुने देखेर एक निरञ्जन, निर्विकार र शाश्वत रचना पो गरेछन् यो त भन्ने लागेर झस्किन्छु ।

छैन आज कुनै सपना

  • by

उत्तरी पर्वतीय विश्वविद्यालय ‘नर्थ इस्टर्न हिल युनिभर्सिटी’ (नेहु) मा आयोजित चारदिने अन्तर्राष्ट्रिय भाषाविज्ञान सम्मेलनमा भाग लिन जाने हाम्रो पुरानो निर्णय थियो । त्रिविको तर्फबाट लेखनाथ शर्मा पाठक र मलाई यो सौभाग्य मिलेको थियो । मेरानिम्ति सिलाङको यो पहिलो यात्रा थियो ।

मेरो टोलको खबर

  • by

हिजो आज,
मेरो टोलको नाइट ड्युटी परेको छ
डे ड्युटीमात्र गर्ने बानी,
सुत्न सक्दैन दिउँसो
चैते हुरीसँग मन बत्तिन्छ
तुवाँलो आकाशको,
कहिले फाट्ला भन्दै
हाई काड्दै पर्खिबस्छ
अनि, समसाँझै उङ्न थाल्छ ।

अनुभूति र प्रेमिल कुरा

  • by

परदेश अनुभव, मनमा गढेका सुक्ष्म अवलोकनका दृश्यपट अनि प्रेमिल तरङ्गहरुको तीव्र अनुभूति मिसाएर स्रष्टा दामोदर पुडासैनी किशोरले एउटा कृति ल्याएका छन्- ‘यात्राका प्रेमिल तरङ्गहरु ।’

दामोदर कवि हुन् भन्ने मात्र थाहा थियो । तर उनको यो गद्य साहित्य पढिसकेपछि उनी राम्रै गद्य पनि लेख्छन् भन्ने लाग्छ । जुन-जुन मुलुक घुमे ती मुलुकहरुमा उनले धेरै कुरा देखे र भोगे पनि । नयाँ अनुभवहरु बटुले । तिनै घटना र अनुभव र कृतिमा उतारेका छन् दामोदरले ।

दाल-भात ट्रेकिङ

  • by

जंगलको एउटै पात नभएको रूखको हाँगाले थाम्नै नसक्ने गरी सेताम्मे फुलेका ठूल्ठूला फुलबारे सोद्धा दाँत फुक्लेकी सेर्पिनी वृद्धाले गाएको गीत हो यो । उनको मुहारमा एक्कासि आएको चमक र चिम्सा आँखाको हेराइले लाग्थ्यो, यो गीत अर्थपूर्ण छ । नभन्दै गीतले असी नाघेकी आमैलाई गाउँदा गाउँदै १६-१७ वर्षे उमेरमा फर्काइ दिएको रहेछ । नहाँसुन् पनि किन ? उनी त गाउँदै गर्दा बाला उमेरको रोमाञ्चकारी क्षणमा पो पुगिन् । ढुंगो खाए पनि पच्ने, जेसुकै देख्दा, सुन्दा र अनुभूति गर्दा पनि हाँसिरहन मन लाग्ने बेला ।

सुकेपोखरीमा एक साँझ

  • by

सुकेपोखरीमा साँझ पर्दै छ । सोलुखुम्बु र खोटाङको यो सिमानामा चोमोलुङमा सुम्सुम्याएर आएको चिसो सिरेटो चल्न थाल्यो । बिहानै दूधकोसी तरेर जुबुको उकालो उक्लिँदा उच्चाटलाग्दो गर्मीले चिमोटेको थियो । बेतबाँसको लौरो टेक्दै उक्लेका हाम्रासामु पारिको हिमाल हेरेर मन शीतल बनाउनुको विकल्पै थिएन । पहाडी खोंच र जंगल चिर्दै बगेका स-साना झरना मन बहलाउने बहाना थिए ।

अग्निसूत्रको सौन्दर्य

लेखक जगदीश घिमिरेको ‘अग्निसूत्र’ नामक कविता संग्रह भर्खरै सार्वजनिक भएको छ । यसमा उनका २०२५ देखि २०६२ सालसम्म रचित कविता संकलित छन् । घिमिरेको यो पहिलो कविता संग्रह हो । यी कविता कुनै फुटकर, कुनै गीत र कुनै मुक्तक स्वरूपका छन् । यी कविताले आफ्ना कालखण्डका कटुतम यथार्थलाई प्रतिबिम्बित गरेका छन् ।

बेलडाँगी सम्झना-बिर्सना

  • by

झापा दमकदेखि उत्तरतिरको धुलौटे पिच बाटोमा आधा घन्टाको मोटरसाइकल यात्रापछि एउटा ठाउँ आउँछ, बेलडाँगी शरणार्थी शिविर । टाटीले बारेका एकनासका मसिना छाप्रा लहरै छन् जहाँ हजारौं भुटानी शरणार्थी १६ वर्षदेखि जीवन बिताइरहेका छन् । दमक नगरपालिकाको ५ नम्बर वडा पर्ने बेलडाँगीमा तीन शिविर छन् । यीमध्ये अधिकांश शरणार्थी भुटानी सरकारको भेदभाव र अत्याचार सहन नसकेपछि दक्षिण भुटानको आफ्नो थातथलो छाडेर यहाँ आइपुगेका हुन् ।

एकान्त साधना

  • by

मेरो नियमित अध्ययन र लेखनकार्य चल्ने घरमा एकान्त छैन । सतत पारिवारिक झन्झट चलिरहन्छ । नित्य नयाँ-नयाँ नारासहितको जुलुस निस्किरहने भएकोले घर बाहिर पनि एकान्त छैन । वरिपरिको वातावरणमा कतै एकान्छ छैन । दसौं दिशा नै एकान्तहीनताको सिकार भएको छ । त्यसैले घर-परिवार र सहरदेखि धेरै टाढा एक स्थानमा पुगेँ । यहाँ एकान्त थियो । -कुनै जीवित मानिसको नामोनिसान नै थिएन ।) म आफूले लेख्ने गरेको सादा अभ्यास-पुस्तिका अगाडि राखेर लेख्न बसेँ ।

आमालाई सम्झिएर

  • by

महिला स्वतन्त्रताको कुरा गरिरहँदा या भनौं भर्खरै धुमधामले मनाइएको नारी दिवसमा आमालाई सम्झिरहें ।

आमा …! थुप्रै कुरा छातीभित्र लुकाएर पनि सहजै मुस्कुराउन सक्ने, आफ्ना महत्त्वपूर्ण दिन, जवानी र रहरहरूलाई मारेर सन्तान सुखका लागि जलेर पनि बलिरहने कति स्नेहले भरिपूर्ण लाग्छ आमा ।

रामेको सपना

  • by

उराठलाग्दो जताततै बालुवा अनि ढुङ्गाको बोलबाला र प्रचण्ड गर्मीको साम्राज्य भएको कतारको समाल भन्ने ठाउँको तरकारीबारीमा अनवरत मेहेनत गर्दै छ रामे । गर्मी छल्न बनाइएको बारीछेउको छाप्रोमा बिहानको खाना खाएर एकछिन पसिना सुकाउन ढल्केको रामबहादुर स्वपननगरीमा पुगेछ- ए, रामे तेरो घरबाट चिठ्ठी आएको छ । ‘खोई’ भन्दै काम गर्दै गरेका हात पुछ्दै घरबाट आएको चिठ्ठी हतारिंदै खोल्यो र त्यहीं थचक्क बसेर पढ्न थाल्यो ।

समयका बिम्बहरु

  • by

अभि सुवेदीले अखबारी लेखनलाई पुस्तकको आकार दिएका छन् । उनको पछिल्लो निबन्ध संगालो ‘निबन्धमा उत्तरवर्ती कालखण्डमा ८२ निबन्ध छन् । यसलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको छ ।

लुसीलाई मनभरि सम्झेर

  • by

लुसीलाई मैले मेरो साथीको घरबाट ल्याएको पनि सात वर्ष बितिसकेछ । हिजो जस्तो लाग्छ । तर सात वर्ष भएछ । लुसी र मेरो सम्बन्ध पनि सात वर्ष पुरानो भइसकेछ । लुसी अत्यन्तै प्यारी छे । सेतो-कालो र टाटेपाटे बुट्टाले लुसी झनै प्यारी देखिन्छे ।