Skip to content


बाबु अर्थात र्सवशक्तिमान, जसलाई सबै समस्याको हल थाहा छ । बाबु अर्थात हाम्रो सुरक्षा कवच जसले हामीलाई घामपानी, धूवा“धूलो, डरलाग्दो रात अनि हावाहुरीबाट सजिलै बचाउन सक्छन् । बाबु अर्थात हाम्रो घरको ‘रिसोर्स पर्सन’ जसले हाम्रा आवश्यक्ता पूरा गर्छन् । बाबु अर्थात एक बलवान, बुद्धिमान र बलियो मान्छे । बाबुको यो परिभाषा सही पनि छ तर यो आकृतिलाई हामी यति धेरै मान्छौं कि बाबुका अरू पाटा छाया पर्छन् ।

हामी सारा जीवन बाबुको पर्ूण्ारूप नचिनेरै बिताइदिन्छौं । सन्तानको हितमा संसारसामु चट्टान बनेर उभिने बाबु, त्यही सन्तानसामु भावुकता र मायाले कति कमजोर हुन्छन्, हामी सायदै बुझ्नसक्छौं । उदाहारणका लागि छोरीको बिदाइमा आमा रोइरहेकी हुन्छिन् । आफन्तजन सुमसुमाइरहेका हुन्छन् । बाबु सुस्तरी एकान्ततिर पन्छन्छन्, टाढाबाट आफ्नी सानी पुतलीको बिदाइ हर्ेछन् । लामो सास तान्छन् र कमजोर बनाउने भावनात्मक आ“धीलाई मनभित्रै समेटेर श्रीमतीलाई थुमथुमाउ“छन् । वातावरण फरक होला तर छोराका बाबुको प्रसंग पनि खासै फरक छैन । बिहेपछि छोराप्रति सोच्छन्- छोराको अब आफ्नो परिवार, आफ्नो भविष्य, जिम्मेवारी र काधमा नया“ अभिभारा आएको छ ।

बाबु छोरालाई थप भार दिन चाह“दैनन् । आफ्ना चिन्ता र मनका तरंग छोरासित बा“ड्न सक्दैनन् । म्ाानांै उनीहरू बीचमा एउटा नदेखिने पर्खाल उभिएको छ । आफ्नोको परिभाषा र प्राथमिकता एकपलमै बदलिएको छ ।

ब्ााबु सारा जीवन खर्चिन्छन्, सन्तानको सुन्दर जीवन निर्माणमा । जवानी, रहर, आफ्नो जीवनस“ग जोडिएका सपना र उद्देश्य सबै खर्चेर एउटा सुन्दर जीवन तयार पारिदिन्छन् । सन्तानलाई यस्तो बनाइदिन्छन् कि ऊ सक्षम बनोस् । उसका वरिपरि शुभचिन्तक होउन् । उसलाई संसारले चिन्न बाबुको नाम जोडिरहनै नपरोस् । त्यसपछि ब्ााबु सन्तानलाई उनको बाटो र सुखीसंसारमा रम्न छोडिदिन्छन् । आफूचाहि“ दर्शक भएर टाढाबाट अवलोकन गर्छन् ।

के ब्ााबुलाई कहिल्यै रहर लाग्दैन होला, जवान सन्तानको सुखी जीवनलाई नजिकबाट हेरेर सन्तोक लिने – आफूले रोपेर, मलजल गरी हुकाएको बिरुवा रूख बनेपछि त्यसको छहारीमा शीतल ताप्ने मन हुन्न र – सन्तानको सफलतालाई आफ्नै सफलता ठान्छन् उनी । ब्ााबु आफ्ना रहर कहिल्यै लाद्दैनन् । बाल्यकालमा शिशु हा“सेको हर्ेन घन्टांै आ“खा नझिम्काई उभिने ब्ााबुलाई सन्तानको यौवन वा बूढो हा“सो पनि उत्तिकै प्यारो हुन्छ । त्यो हा“सोको गुञ्जन सुन्न ब्ााबुका कान सधै“ लालायित हुन्छन् ।

हामी सन्तान स्वार्थी हुन्छौं । यति हतारमा हुन्छौं कि फर्केर एकचोटि हर्ेनसमेत फर्ुसद पाउ“दैनौं । जसको का“ध चढेर हामीले अग्ला पर्खालबाहिरका संसार हेरेका थियौं, त्यो का“ध अब झुक्न थालेको छ । जसको जुंगा तान्दै र खेल्दै हामी हर्ुर्केका थियौं, ती जुंगा उमेरस“गै हिमालजस्ता भएका छन् । एकपटक फर्केर हेरौं त जसको हात समातेर हामीले दौडन सिकेका थियौं आज उनको हातमा हाम्रा बलिया हात होइन, निर्जीव लौरो छ ।

जन्म दिएकाहरूको मात्र होइन, आफूले जन्म दिएका र आफूलाई जन्म दिनेप्रति जहिल्यै निर्सत उत्तरदायी बनेमात्रै हाम्रो जीवन र्सार्थक हुन्छ । आज बाबुको मुख हर्ेर्ने दिन । फेरि एकचोटि मुख हेरौं । केहीबेर उनको छातीमा टा“सिऔं । आलिडनमा बा“धिऔं । संसारको भागदौडबीच हामीले निस्वार्थ माया बिर्सिसकेका हुन्छौं, बाबुस“ग समय

बिताएर आफ्नो जागरणलाई व्यू“ताउ“, सुस्ताएका शरीरलाई स्फर्ुर्ती दिऔं ।

ब्ाुझ्नु जरुरी छ, माया व्यापार होइन, बाबुले गरे र हामीले फिर्ता दिनुपर्ने । माया सामाजिक व्यवहार होइन उपहार जस्तै आदान-प्रदान गर्नुपर्ने । माया समयचक्रले लगाएको तोक पनि होइन, घडीको र्सर्ुइसितै कर्ताको अनुहार बदलिरहने । माया कुनै सम्झौता होइन, र्सतहरू पालना नगरे मायाको अवधि र मान्यता टुट्ने । माया त साधना हो साधकको शरीर र मनका तारलाई पवित्र पार्ने । माया शक्ति हो जीवनका समस्या र चुनौतीसामु ढाल भएर उभिने । माया धागो हो घरपरिवार, समाज र संसारलाई सुन्दर माला बनाई सिउरने । जसरी स्वच्छ वातावरणमा एउटा बच्चा स्वस्थ हर्ुकन्छ त्यस्तै चोखो मायाको वरिपरिमात्र जीवनका सबै रंग खुल्न सक्छन् । जति निश्चल, निस्वार्थ, माया आमाबाबुको वरिपरि पाइन्छ अन्त कतै पाइन्न ।

-आचार्य उपप्राध्यापक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *