Skip to content

कान्तिपुर

चिराग तो जलाओ, बडा अन्धेरा है

  • by

निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? किन हामीले भोगिसकेका भइपरि आउने त्यस्ता संकटहरूका समाधान अघिबाटै गर्ने पहल गर्दैनौं ? आज हामी असह्य भएर भोगिरहेको यो अन्धकार यसै वर्षबाट सुरु भएको समस्या होइन । हामीले यो संकेत अघिबाट पाइसकेका थियौं । तर के गर्ने ?

कर्णालीको चेतना

  • by

बड्कीमा गजबहादुर शाहीकहाँको कार्यक्रम सकेर उत्तरतर्फ तेर्सै-तेर्सै ओरालो लाग्यौं हामी । मैले आफ्नो झोला आफैं बोकें । बेलुकीको स्याँठ निकै चिसो थियो । तल कणर्ाली नदीमा पुगेर नयाँ काठको पुल तर्‍र्यौं हामीले । खोलामा काठका थुप्रै चिटिक्क परेका पहेंला खटहरू अड्किरहेका देखिन्थे किनारतिर, सोद्धा थाहा भयो- अलि हुने खाने मान्छे मर्दा बोकेर लानु सट्टा यस्ता खटमा लास हाली खोलामा बगाएर पोल्ने घाटसम्म पुर्‍याउने चलन हुँदो रहेछ । जेमा पनि काठको प्रयोग हुने रहेछ यतातिर- घरका छानासम्म पनि सब काठैका देखिन्थे ।

खाडीमा लुमे भाषण

  • by

कार्यक्रम हललाई आकर्षक तरिकाले शृंगार पटार गरिएको छ । ‘जो गाउँ मुखिया उही बाटो हगुवा’ भने झैं कालो कतुर्त पर्दा पछाडि लुकाएर भए पनि ठूला भनाउँदाहरू कार्यक्रममा सभापति र अतिथिको आसन ग्रहण गरेका छन् ।

मेरा कुरा

  • by

आज म मेरो सेरोफेरोको कुरा गर्छु
म मेरै कुरा गर्छु
गाउँ अनि बस्तीको कुरा गर्छु
जनयुद्धका सुराहरूको कुरा गर्छु
ती गरिब मानवको हकहितको कुरा गर्छु

अंग्रेजीको मुहुनी लागेर

  • by

शिवरात्रिको अवसरमा कसरी अर्को शिवरात्रि पर्व उठयो ! तीन दिन तीन रात, अङ्ग्रेजीको धुनी जगाउन आएकाहरू, ताप्न आएकाहरू । भारत र बङ्गलादेशबाट, पाकिस्तान र श्रीलङ्काबाट मात्र होइन ! टाढाटाढाबाट जापानका एक हूल, उता हङकङ, युनाइटेड अरब इमिरेटस्, कतार, इरान मात्र होइन परपरका बेलायत र अमेरिकादेखिका अङ्ग्रेजीप्रेमीहरूको हूल काठमाडौं ओर्लियो । नेपालका ४६ जिल्लाबाट धारो लाग्यो- सात सय अङ्ग्रेजीप्रेमी तीन दिन तीन रात, कत्रो पर्व ! प्राथमिक तहदेखि विश्वविद्यालयसम्मैका कुनै विषयमा नेपालमा यत्रो सम्मेलन भएको थाहा छैन !

मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच

  • by

म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।

बीपी कोइराला र राजा वीरेन्द्र

२०३४ साल जेठको तेस्रो हप्तातिर तत्कालीन वागमती अञ्चलाधीशको कार्यालयबाट बीपी कोइरालाको स्वास्थ्य परीक्षण गर्न जानु भनी मलाई फोन आयो । भोलिपल्ट दिनको १२ बजेतिर म बीपीलाई हिरासतमा राखेको ठाउँ, प्रहरी तालिम केन्द्र महाराजगन्ज पुगेँ । त्यहाँ पुग्दा थाहा भयो कि बीपीले नै बोलाउनुभएको रहेछ । आफ्नो मुटु धड्कँदा बीच-बीचमा रोकिने भएकोले मुटुको रोग लागेको आशंका बीपीलाई भएछ ।

गल्ती र माफी

  • by

सरकारी कमरेडहरू गल्ती गर्छन्, त्यसपछि माफी माग्छन् । यही गल्ती र माफीको निरन्तरता नै वर्तमान सरकारको सही परिचय हो । बस्, गल्ती र माफी । फगत गल्ती र माफी । गल्ती र माफी । अरू केही होइन । दुई-चार गल्तीमा त स्वयम् प्रधानमन्त्री कमरेडले प्रचण्ड वेगले अघि बढेर माफी मागेका छन् । एउटा दृश्य त अतिशय भावुकतापूर्ण थियो । टेलिभिजनको रंगीन पर्दामा माफी मागिरहेका प्रधानमन्त्रीको छवि आफ्नो ३.५ को चस्माले नियालेर म त द्रवित नै भएको थिएँ ।

प्रेम र रहस्यले छुँदा

  • by

यो समय शक्तिशाली नेपाली कविताले हामीलाई छोइरहेको छ । अलि अघि आरएम डंगोलको दसगजावारि उभिएर आयो, शंकर कोइरालाको निर्वस्त्र नगरीमा, त्यसपछि नवराज सुब्बाको बीच बाटोमा ब्युँझेर । अघिल्लो महिना विमोचित मोहन कोइरालाको अन्तिम काव्य सिमसारका राजदूतले नेपाली कवितामा विशिष्ट उचाइ छोयो । यसैबेला सिमानापारि -सिक्किम) बाट वीरभद्र कार्की ढोलीको समाधि अक्षरहरू, प्रवीण राई जुमेलीको इम्पास्टो अक्षर यहाँ आइपुगे ।

प्रेम, यौन र जीवन

  • by

प्रेम । यसको व्याख्यामा हजारौं कविता लेखिएका छन्, गीत गाइएका छन् र सिनेमा बनाइएका छन् । काव्य, कला र दर्शनमा प्रेमले जति अरू कुनै कुराले सायदै ठाउँ पाएको छ । कवि, लेखक, चित्रकार, साधु, योगी र नेतासम्म पनि प्रेमको महिमा गाएर कहिल्यै थाक्दैनन् । सबैको मुखमा ज्यादा आइरहने शब्द सायद प्रेमै हो । तर जति नै गफिए पनि संसारमा प्रेम प्रतिक्षण दुर्लभ हुँदै गएको छ । यो असाध्यै चर्चा गरिएको तर अनुभव कमले गरेको एउटा रहस्य हो ।

हाम्रो राष्ट्रिय पोसाक

  • by

हरेक राष्ट्रको आ-आफ्नो मौलिक पहिचान हुन्छ । आफ्नो कला, संस्कृति तथा परम्परामा राष्ट्रको पहिचान भर पर्छ । धेरै समयअघिदेखि नै कालसापेक्ष भई वैचारिक, आन्तरिक तथा परम्परागत रूपमा विकसित हुँदै आएको रीतिथिती, रहनसहन, चिन्तन मनन, राष्ट्र, समाज तथा जातिको मान्यता, भौतिक आवश्यकता आदिको स्वरूप हो- संस्कृति । व्यक्ति, पारिवारिक, सामाजिक, धार्मिक, राजनीतिक तथा जातीय जीवनलाई सुचारुरूपले परिचालन गर्न युगौंदेखि परिमार्जन गर्दै भोग्दै यहाँसम्म पुर्‍याएको संस्कार हो- हाम्रो संस्कृति । दौरा, सुरुवाल, टोपी, फरिया तथा चौबन्दी हाम्रो सांस्कृतिक जातीय जीवनको अभिन्न अंग हो ।

जिन्दगीको खोजी

  • by

कहिलेकाहीं त जिन्दगी बुढेसकालको समयजस्तै गहु्रङ्गो लाग्छ । मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर रमाउन सक्छु र बिम्झेर ।

स्वस्थानी व्रतकथाको अन्तःवस्तु

शक्तिमाथिको विशेष प्रकारको श्रद्धा बोकेर रमाइलो मान्दै धेरैपल्ट स्वस्थानी कथा पढियो, तर अहिले सम्झँदा लाग्छ, कथा त फगत पढिएछ मात्र । कथाभित्रको घटनाक्रम, परिवेश, पात्रहरूबीचको लिङ्गीय सम्बन्ध र कथाले दीर्घकालीन रूपमा दिनखोजेको सन्देशबारे आफूभित्रै र सामूहिक रूपमा कुनै पनि प्रकारको चिन्तन, बहस, छलफल र विमर्श नै गरिएनछ । कथाभित्रका यस्ता केही विशिष्ट सन्दर्भ र घटना जसले दिएको निष्कर्ष र सन्देश पूर्णरूपमा गलत, असान्दर्भिक र अन्यायपूर्ण छन् ।

आफ्नै नजरमा आफ्नो दुर्गति

  • by

‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल ।

‘जाने होइन दाइ हाइकिङ ?

मलाई अघिल्लोचोटि लाँकुरी भञ्ज्याङमुनिको भिरालो, ओसिलो र चिप्लो बाटो कतै निहुरिएर लौराले भुइँ छाम्दै, कतै बसेर घसि्रँदै हिँडेको सम्झना भयो । त्यो हाइकिङ निश्चय नै शक्तिबर्द्धक र आनन्दमय भएको थियो । वारि पाखाबाट माथि उक्लिँदा ओझेल, शीत र जोखिमको सङ्गत गरिएको थियो । पारि पाखाबाट झरेको ओरालो थियो पहारिलो, न्यानो र जोखिमरहित ।

आउन नानी चञ्चली

  • by

‘नमस्ते कविज्यू ।’

‘नमस्ते ।’ उनले आँखा चलाएर भने, ‘यहाँलाई चिन्न सकिन नि !’

‘तर म हजुरलाई राम्ररी चिन्छु ।’ मैले भनेँ, ‘कविज्यूलाई नचिन्ने को छ र ?’

शंकर लामिछानेको सम्झना

  • by

आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली ‘नन फिक्सन’ को फाँटलाई उचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । नेपाली निबन्धमा ‘चेतनप्रवाह शैली’ -स्टि्रम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी ।