Skip to content


दुखियाको भाग्य दैव हरेर के हुन्छ ?
फूल होस् या पतझड झरेर के हुन्छ ?

उसैदिन कुसाहितमा लिएपछि जन्म
सङ्घारमा जोरघडा मरेर के हुन्छ ?

एकमुठ्ठी सास फेर्नु मात्र जिउनु भए
आजैभोलि आखिरमा भरेर के हुन्छ ?

कल्कलाउँदो बैँस भुइँमा ढलेपछि
लासमाथि फूलपाती छरेर के हुन्छ ?

ईश्वरलाई आखिर चढ्ने हैन पलाँस
‘काली’लाई मात्रै मन परेर के हुन्छ ?

-भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *