Skip to content

अन्नपूर्ण पोष्‍ट

को हुन् थाक्‌का थकाली?

नेपालका विविध जातिगत समुदायका प्राचीन इतिहास बोकेका नेपालीमध्ये ऐतिहासिक चिनारीका रूपमा तल्लो थाक् खोलाका थकाली बन्धुहरूको इतिहास बुझ्न निकै कठिनाइ भएको कुरा विभिन्न देशी तथा विदेशी विद्वान्ले व्यक्त गरिरहेकै कुरा हो।

प्रज्ञाप्रतिष्ठानमा मेरा कर्म

२०६६ माघ १९।

त्यो दिन कुन बार पर्‍यो, सम्झिनँ। बिहान साहित्यिक मित्र सावित्री मल्लले फोन गर्नुभएको थियो, दिउँसो एकछिन मकहाँ आउन मन लाग्यो भनेर।

स्वस्थानीका सूक्ष्म प्रसंग

पौराणिक व्रतकथा स्वस्थानी शालीनदीसित आबद्ध एक शालीन कथाझैं लाग्न थालेछ। वाचन गर्दै गर्‍यो, वाचन वाचाका ब्रह्म विवेकिन थाल्छ।

दार्जिलिङको सरगम

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन।

संगीत शताब्दी

जुद्धशमशेर राणाको पालासम्म नेपाली गीतको खासै लहर थिएन। दरबारका ठूलाबडाकहाँ जम्ने सांगीतिक ‘मेहफिल’मा उर्दु र हिन्दी गीत नै धेरै बज्थे।

लेखन अर्थात् जादु, कला, शिल्प

लेखन आफैंमा एउटा कला हो, शिल्प हो, शैली हो र संवेदना हो। लेखकको प्रतिविम्ब पनि हो। यो फरक कला हो, जो सिकाएर सिकिँदैन र पढाएर जानिँदैन।

सफलताको कथा

प्राध्यापक डाक्टर लोकराज बरालको आत्मवृत्तान्तको पुस्तक रोमाञ्चित जीवनलाई अर्का प्राज्ञिक व्यक्तित्व नरहरि आचार्यले ‘निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त’ भनेका छन्। तर आचार्यको यस भनाइलाई बरालको पुस्तकले पूर्ण रूपमा पुष्टि गर्दैन्।

रेमिट्यान्स कहर

नजिकैको टेबलमा एकसरो फेरफारे लुगाको थुप्रो छ। ऊ पल्टिएको भुइँ खाटको छेवैमा एउटा ससानो काँधे झोला उदांगो लडिरहेको छ।

उदास वसन्तको कथा : अरुणा लामा

गायिका अरुणा लामाको गायनको जीवनकाललाई संगीतका अन्वेषकहरू, नेपाली संगीतको स्वर्णिम युग भन्छन् तर यो संयोगवश होइन र काल्पनिकी पनि होइन।

हाड हेरेर घाँटी छिल्नु

जमानाअनुसारको चाहना र बहाना नभए दुनियाँको सामु गोबरगणेशको उपाधि मिल्छ । सोइपरी जमानामुताविक उखानको बखान नमच्चाए भीडमा आफ्नो स्वर छुट्टै पाराले खुल्दैन । छुट्टै पाराले स्वर नखुले त्यो लबज फलानोको होस् कि ढिस्कानोको, केही माने राख्दैन । आज सबैलाई सबैको सामु आफू बिछट्टै बेग्लो र अग्लो हुनुपरेको छ । चाहे आफ्नै अर्को गोडामा कुर्कुच्चा टेकेर अग्लो भएको स्वाङ रच्नु किन नपरोस् !