रामेछाप चिसापानी-४ का ५२ वर्षीय शम्भुप्रसाद भुसालले पञ्चै बाजा बजाउन थालेको चार दशक पूरा भएको छ। बाबुबाजेले गरिआएको पेसा धान्ने उद्देश्यले बाजा बजाउन थाले पनि पछि संस्कारसमेत जोगिने बुझेपछि उनी यसैमा लागी परे।
नेपाली साहित्यका विभिन्न विधामा महिलाले पु:याएको योगदानबारे अध्ययन-अनुसन्धान गर्ने सिलसिलामा लेखनाथ पौड्यालकी श्रीमती सत्यवती पौड्यालको कवितासंग्रह नामक कृति प्रकाशित भएको जानकारी प्राप्त भयो। यसले निकै उत्साहित तुल्याएकाले म उनका बारेमा थप खोजी गर्न अग्रसर भएँ।
राजधानीमा आयोजना हुने साहित्यिक कार्यक्रमहरूमा उनी छुट्दैनन्। उनी हलभित्र पस्छन्, आफ्नो झोलाबाट बोतल निकालेर घ्वाटघ्वाट पानी पिउँछन्। कार्यक्रमको सुरुदेखि अन्त्यसम्म अनुशासित भएर सहभागी हुन्छन्।
कवितालाई लिएर वारि र पारि गर्ने मान्छे धेरै छन् नेपाली समाजमा। आसाम, दार्जिलिङ, भाक्सु, सिक्किम, देहरादुनबाट आएका कैयन् कविको कवितामा नेपाली छाप परेको छ।
भारतीय सिनेजगत्का चर्चित संगीतकार एव म गायक एआर रहमानले हलिउडको सिनेमा स्लम डग मिलिनियरका निम्ति पहिलो पटक ओस्कार पुरस्कार पाए र उनले ओस्कार पाएपछि आफ्ना माता करिना बेगमलाई सम्झिए र भावकुतावश भने, मेरे पास माँ है।
मेरो छिमेकमा एक जोडी बस्छन्, उमेर त्यस्तै बीस बाइसको हुँदो हो दुवैको। एकछिन छुट्दैनमेरो छिमेकमा एक जोडी बस्छन्, उमेर त्यस्तै बीस बाइसको हुँदो हो दुवैको। एकछिन छुट्दैनन्, सधैं यसरी नै बसेको देख्छु। न्, सधैं यसरी नै बसेको देख्छु।
बंगलादेशको राजधानी ढाका कविता र संगीतको सहर हो, यहीँ कुनै समय नजरुल इस्लामका कविता गुञ्जिन्थे। कुनै समय यहाँ चलचित्रकर्मी ऋत्विक घटकका कविताजस्ता सिनेमा बन्थे।
मुसलमान, पहाडिया, मधेसी र इन्डियाका पनि मिसिएको कपिलवस्तुको बहादुरगन्जमा धार्मिक सद्भाव सुरुदेखि नै अद्भुत रहिआएको छ। सहरवासी गर्व गर्छन्, पहाडको बहादुर र मुसलमानको गन्ज- बहादुरगन्ज।