मधुपर्क २०६७ चैत
‘दृष्टि विचरण’मा विचरण गर्दा
समकालीन नेपाली कविता-गीत क्षेत्रमा उल्लेखनीय उपस्थितिका साथ परिचित गीता त्रिपाठीको प्रथम समालोचना कृति ‘दृष्टि विचरण ‘प्रकाशित भएको छ उनका ‘थुँगाः वनफूलका’ (२०६१) एक्लै-एक्लै (२०६१) दुईहरफ ओठहरू (२०६४) सारांश (२०६५) गीतिसङ्ग्रह र ‘नृशंस पर्खालहरू’ (२०६५) कवितासङ्ग्रहले उनलाई सशक्त नारी स्रष्टाका रूपमा स्थापित गराइसकेका छन् ।
सङ्गीतको सबल इतिहास
नेपाली नाट्य, कला र सङ्गीतमा ज्यादै कम्ती पुस्तकहरू लेखिएका छन् । सैद्धान्तिक, व्यवहारिक ज्ञानबाहेक यी विषयका अनुसन्धानात्मक कृतिहरूको त झनै ठूलो अभाव छ । नेपाली सङ्गीतको साङ्गोपाङ्गो अध्ययन गरी लेखिएको कृति ‘नेपाली सङ्गीतका एक शतक’ पाठकसामु ल्याउने काम गरेका छन् सङ्गीतका अध्येता एवम् लेखक प्रकाश सायमीले ।
- « Previous
- 1
- 2
