Skip to content

मधुपर्क २०६७ चैत

जीवनबोधका कविताहरू

  • by

नेपाली साहित्यमा कविता विधा अत्यन्तै लोकप्रिय भइकन पनि बिक्रीको हिसाबले कविताका पुस्तकहरू कम मात्रामा बिक्री हुन्छ भन्ने यथार्थ आज पनि हामीमाझ कटुसत्य भएर बाँचिहेको छ । यही यात्रामा भज्याङमा उभिएर कवितासङ्ग्रह बोकेर उदाएका छन् कवि अच्युत घिमिरे ।

‘दृष्टि विचरण’मा विचरण गर्दा

  • by

समकालीन नेपाली कविता-गीत क्षेत्रमा उल्लेखनीय उपस्थितिका साथ परिचित गीता त्रिपाठीको प्रथम समालोचना कृति ‘दृष्टि विचरण ‘प्रकाशित भएको छ उनका ‘थुँगाः वनफूलका’ (२०६१) एक्लै-एक्लै (२०६१) दुईहरफ ओठहरू (२०६४) सारांश (२०६५) गीतिसङ्ग्रह र ‘नृशंस पर्खालहरू’ (२०६५) कवितासङ्ग्रहले उनलाई सशक्त नारी स्रष्टाका रूपमा स्थापित गराइसकेका छन् ।

ज्योतिष र साहित्यको रहस्य

  • by

मानिसमा विद्यमान ज्ञानरूपी शृङ्खलाका अनेकन रूप-स्वरूपहरूमध्येकै एक प्रमुख अङ्ग ज्योतिष विद्या मानिएको छ । यसलाई ज्ञानको आँखा पनि भनिन्छ र साहित्यसँग गहिरो तादाम्य राख्दछ । साहित्यकलाजस्तै यो पनि एउटा कलापक्ष हो ज्योतिष रहस्यमय रहे पनि चमत्कारिक नभएर विज्ञान हो भनिएको छ ।

सङ्गीतको सबल इतिहास

  • by

नेपाली नाट्य, कला र सङ्गीतमा ज्यादै कम्ती पुस्तकहरू लेखिएका छन् । सैद्धान्तिक, व्यवहारिक ज्ञानबाहेक यी विषयका अनुसन्धानात्मक कृतिहरूको त झनै ठूलो अभाव छ । नेपाली सङ्गीतको साङ्गोपाङ्गो अध्ययन गरी लेखिएको कृति ‘नेपाली सङ्गीतका एक शतक’ पाठकसामु ल्याउने काम गरेका छन् सङ्गीतका अध्येता एवम् लेखक प्रकाश सायमीले ।

नकटो

  • by

गाउँको सिरिखुरी बेच्दा पनि बीसोटा हजार हात नपर्ने घर र घडेरी छोडेर होटलमा भाँडा माझ्दै बी.ए. पास गरेका र लोकसेवा आयोगको तर मारेका एक जना नकच्चरोले एक दिन कुरैकुरामा भने – ‘हेर्नोस् गोविन्दजी, परीक्षा पास गर्नुस्, कति हुलाक कुर्नुहुन्छ ?

पात्र र भूमिका

  • by

कथा सुरु भएकै थिएन । कथाको एउटा अनिर्धारित पात्र आएर आफ्नो भूमिकाका बारेमा मसँग सोध्न लाग्यो । म असमञ्जस्यमा परेँ । पात्रकै रूपमा निर्धारण गरिनसकेको पात्रले आफ्नो भूमिकाका बारेमा सोध्न आउनु कहाँसम्मको चाकडी !

चिप्लिएको समय

  • by

म समय हुँ, म वर्तमान, भूत र भविष्य पनि हुँ । मैले हेरेको आजहरू हिजो हुँदैछन्, मैले हेर्ने भोलिहरू पनि आज हुँदै हिजोमा परिणत हुनेछन् । आज घट्ने सबै घटनाहरू हिजोसँग जोडिएका हुन्छन्, प्रत्येक आजहरूको निर्माण हिजै भइसकेको हुन्छ, हरेक भोलिहरू आजै बनिरहेका हुन्छन् । हिजो, आज र भोलिका बीच म रिङ्गरिहन्छु ।

बिना-निष्कर्ष

  • by

नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो ।

सुकुम्बासी

  • by

भएको जम्मा एक विघाहा बारी उसलाई पचेन । ऊ मात्र होइन देशभरिका हजारौँलाई बेउब्जाउ जग्गाले पोलिरहेको थियो र त सबैजना हानथाप गर्दै अर्कैलााई दिन उद्धत थिए ।

सोह्रखुट्टे

  • by

विश्रामस्थलको नजिकै आइपुगेकी छन् जमिला । जतिजति सोह्रखुट्टे नजिक पुग्यो, उनको पिठ्यूँमा भएको घाँसको भारी गरुङ्गो हुँदै गइरहेछ । सायद विश्रामस्थल नजिकिएकाले घाँसको भारी गरुङ्गिँदैछ उनको ।

विश्वासले गुड्ने गाडी र मेरो इतिहास

  • by

“यो गाडी विश्वासले मात्रै गुडिरहेको छ है सर !” यो भनाइ थियो मेरा लेखक मित्र वसन्तकुमार बस्नेतको । झसङ्ग भएँ म र यताउति हेरेँ । साँच्चि नै, माथि पनि भीर, तल पनि भीर । साँगुरो बाटो, हिलैहिलो । न कालो पाटी, न ढुङ्गा-गिट्टी ।

नेपालमा थेरवादको स्थिति

  • by

नेपालमा थेरवाद बुद्धधर्मको आफ्नै स्थान छ । यसको प्राचीन इतिहास स्पष्ट छैन तर पनि यसको विकास पहिलेदेखि नै भइसकेको थियो । भगवान् बुद्धको जन्म ई.पू. ५६३ मा नेपालको पुण्यभूमि लुम्बिनीको कपिलवस्तुको शालोद्यानमा भएको थियो ।

वी.पी.को ‘हिटलर र यहूदी’ उपन्यासमा मानवतावाद

  • by

नदी प्रवाहजस्तै सधैँ नयाँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो । ‘संसारका थोेरै व्यक्तित्वमा हुने विशेषता-व्यक्ति एक, व्यक्तित्व अनेक-बोकेका बी.पी नेपाली धर्तीका वरदपुत्र हुन् । (भट्टराई २०५८ ः ९४) ।’

सुदूरपश्चिमको गजलयात्रा

  • by

गजलकारको रूपमा सुनेको नाम टोपेन्द्र शाहले कार्यक्रमको दुई हप्ता जति अघि फोन गर्नुभएको थियो । स्रष्टा सम्मान कार्यक्रम छ, आइदिनुपर्‍यो भनेर । त्यति टाढाबाट सम्झेर बोलाएपछि नजानु त भाउ खोजेको जस्तो हुन्छ, के गर्ने होला भनी म अल्मलिएको थिएँ ।

प्रगतिशील र नारीवादी साहित्य

  • by

२००७ साले क्रान्तिले जीवनका विभिन्न समस्याहरूमा लेख्न नेपाली साहित्यलाई ढोका खोलिदिएको कुरा सबैमा विदितै छ । क्रान्तिपछिको तत्कालीन साहित्य नाराबाजी साहित्यको प्रभावमा रहृयो जो क्रान्तिपछिको समयमा पाइने प्राय धेरै मुलुकहरूसरहको तथ्य हो ।

नौवटा कोट भएको नुवाकोटको सम्झना

  • by

पुस महिना । काठमाडौँ जाडोमा पहारिलो घाम तापेर बस्नु पनि आनन्दै हुन्छ । दिउँसोको १ बजेको छ । यत्तिकैमा बाहिर गाडीको हर्न बज्न थाल्छ । बा १ ज ४८७७ नं. को मारुती जिप लिएर कुशल चालक गोविन्दप्रसाद रिमाल आइसकेका छन् साथमा सहयात्री शाखा अधिकृत हरिहर पौडेल र ना.सु. तेजप्रसाद पौडेललाई लिएर ।