Skip to content


छप्प-छप्प बहनाले
आकाश काटेर जोड्दै
मध्यरात चन्द्रमालाई
जाल हानिरहेछ माझी
सुस्तरी
आकाश नहल्लाई
पुर्लुङभरि चन्द्रमाको आश
बटुल्दछ केवल, दुईचार तारा
दूर झुपडीको धमिलो टुकी हेर्छ
फुस्फुसाउँछ, कुर्छन् किन मध्यरातसम्म पनि
थाहा छ, भोको पेटमा निद्रा कहाँ, तैपनि
प्रत्येक बिहान माझीको
हुन्छ सुरु
डुङ्गा उसको -यात्रा अर्काको
पाखुरी उसको-जित अर्काको
नदीसँगै बग्ने
समुद्रमा पुगिसके
डुङ्गा डुबाउनेको त
कुरै छाडौँ !
माझी
संसार तार्छ
तर डुब्छ आफू !

हाल ः मसुरी, देहरादून

Leave a Reply

Your email address will not be published. Required fields are marked *