Skip to content

सम्झनाका छायाँहरू सम्झिर’न पाए पुग्यो

  • by


सम्झनाका छायाँहरू सम्झिर’न पाए पुग्यो
जूनकीरीझैँ अँधेरीमा चम्किर’न पाए पुग्यो

सँगालेर पीडाहरू अँगालेर खुसीहरू
हृदयको गोरेटोमा लम्किर’न पाए पुग्यो

मनको भाखा दिलको लय शब्दबाट पोखिएर
सुस्केरा र सुसेलीमा घन्किर’न पाए पुग्यो

कोट्याएर आफ्नै घाउ बल्झाएर आफ्नै व्यथा
परेलीमा कैलेकाहीँ छल्किर’न पाए पुग्यो

सम्झिएर हिमाल, पहाड सम्झिएर तराईं मधेस
नेपाली भै पटकपटक, जन्मिर’न पाए पुग्यो ।

– आदर्शमार्ग, नेपालगञ्ज

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *