लोकतान्त्रिक गणतन्त्र सन्देश फुकाएर
किन यस्तो गर्छौ आज देश दुखाएर ।
जनजाति भाषाभाषी नारा लगाउनेले
टाइसुटमा आयौ आफ्ना भेष फुकाएर ।
चाहेजस्तो वातावरण ल्याइसकेपछि
सबै एक भई जुट्नु पर्थ्यो द्वेष लुकाएर ।
हिजो एउटा कुरा बोले आज अर्कै बोल्छन्
सहमतिको नारा रट्छन् शेष छुपाएर ।
सहिदको मूल्य आज यिनले नबुझेसी
कति दिन पर्खने र क्लेश चपाएर ।
– लन्डन, बेलायत
मधुपर्क २०६८ जेठ
