मधुपर्क २०६८ जेठ
कवितारूपी फूलको एउटा सुन्दर माला
नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधा कविता हो । आफ्ना भावनालाई सहज रूपमा अभिव्यक्त गर्न सकिने र कम समयमा लेखिने अनि गोष्ठीहरूमा वाचनमा सजिलो भएकाले कविता विधा लोकप्रिय बनेको हो । यस्ता विभिन्न शृङ्खलाहरूका माझमा काभ्रेली साहित्य समाजका केही उत्साही युवाहरूबाट ‘प्रतिनिधि काभ्रेली कविता’ शीर्षकमा कविता सँगालो प्रकाशित भएको छ ।
सुधा त्रिपाठीका कवितामा क्रान्तिचेतना
समकालीन नेपाली प्रगतिवादी साहित्यका फाँटमा सुधा त्रिपाठी स्थापित प्रतिभासम्पन्न हस्ताक्षरको नाम हो । बुबा प्रा.जगन्नाथ त्रिपाठी र मुमा भवानी त्रिपाठीको कोखबाट जन्मेकी सुधा त्रिपाठी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा कार्यरत छिन् भने साहित्यका फाँटमा पनि त्यतिकै क्रियाशील छिन् । उनको एघारौँ प्रकाशित कृति जिराहा वर्तमान (कवितासङ्ग्रह, २०६७) हो ।
ऊभित्रको मान्छे
केही दिनदेखि त्यस क्षेत्रमा लडाईंको सम्भावना अझ बढेको थियो । दुवैतिरको सैनिकहरू त्यहाँ आफ्नोआफ्नो सिमाना नजिकै निकै सतर्कतापूर्वक तैनाथ थिए । एक दिन बिहानै यतापट्टकिा सैनिक क्याम्पका सबैलाई तुरुन्त तयार हुने आदेश दिइयो । तिनीहरू जुनजुन काममा व्यस्त थिए, ती सबै कामलाई छोडेर सबै हतारहतार तयार हुन थाले ।
सम्झँदै डायमनशमशेरलाई
डायमनशमशेरको साथमा लेखक धरान (सुनसरी) मा वि.सं. २०१४ सालदेखि २०६० सालसम्म लगभग साढे चारदशकसम्म औषधोपचार क्षेत्रमा संलग्न रही २०६१ साल फागुन महिनामा ललितपुरको ज्वागल, कुपण्डोलमा स-परिवार बसाइँ सारेर आउनु अघिदेखि नै डायमनशमशेर राणाद्वारा लिखित ‘वसन्ती’ (२००६) र ‘सेतो बाघ’ (२०३०) उपन्यासले नेपालको साहित्यिक तथा राजनीतिक क्षेत्रमा ठूलो हलचल मच्चेको तथ्य-सत्यलाई आत्मसात् गरिसकेको थिएँ ।
- « Previous
- 1
- 2
- 3
- Next »
