Skip to content

मधुपर्क २०६८ जेठ

व्यक्तित्व आरेखमा चितवनका स्रष्टा

  • by

मोफसल भनिए पनि गजलको राजधानी मानिने चितवनका स्रष्टाबारे जानकारीमूलक पुस्तक ‘स्रष्टाविम्ब ः व्यक्तित्व आरेख’ मार्फत कवि-समालोचक कपिल अज्ञातले चितवन क्षेत्रको लेखकीय योगदान र लेखकको दर्बिलो उपस्थितिलाई एकसाथ उजागर गरेका छन् ।

उज्यालोको किरण ः कवितामा

  • by

“……आजभोलि चुपचाप
साँझ..ओर्लेर..वस्ती तर्साउने गर्छ
चुपचाप चुपचाप रात ओर्लेर
गाउँ तर्साउने गर्छ
सहर तर्साउने गर्छ ।”

कवितारूपी फूलको एउटा सुन्दर माला

  • by

नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधा कविता हो । आफ्ना भावनालाई सहज रूपमा अभिव्यक्त गर्न सकिने र कम समयमा लेखिने अनि गोष्ठीहरूमा वाचनमा सजिलो भएकाले कविता विधा लोकप्रिय बनेको हो । यस्ता विभिन्न शृङ्खलाहरूका माझमा काभ्रेली साहित्य समाजका केही उत्साही युवाहरूबाट ‘प्रतिनिधि काभ्रेली कविता’ शीर्षकमा कविता सँगालो प्रकाशित भएको छ ।

ब्रहृमनालबाट प्रत्यक्ष प्रसारण

म अहिले ब्रहृमनालमा लम्पसार छु । मलाई कात्रो र रामराम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा’छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एकपछि अर्को गर्दै ओइरिरहेका छन् ।

सुधा त्रिपाठीका कवितामा क्रान्तिचेतना

  • by

समकालीन नेपाली प्रगतिवादी साहित्यका फाँटमा सुधा त्रिपाठी स्थापित प्रतिभासम्पन्न हस्ताक्षरको नाम हो । बुबा प्रा.जगन्नाथ त्रिपाठी र मुमा भवानी त्रिपाठीको कोखबाट जन्मेकी सुधा त्रिपाठी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा कार्यरत छिन् भने साहित्यका फाँटमा पनि त्यतिकै क्रियाशील छिन् । उनको एघारौँ प्रकाशित कृति जिराहा वर्तमान (कवितासङ्ग्रह, २०६७) हो ।

प्रसङ्गवशः आधुनिक समीक्षा, उत्तरआधुनिक प्रतिसमीक्षा

  • by

श्रीओम श्रेष्ठ ‘रोदन’ ले तयार पारेको ‘प्रसङ्गवश’ (२०६७) अन्तर्वार्ताहरूको एक सङ्ग्रह हो । ८१ स्रष्टाहरूको अन्तर्वार्तालाई एकै कृतिमा समेटेर ज्ञानको सम्प्रेषण बढाउने यो एक सराहनीय प्रयत्न हो ।

प्रवृत्ति

  • by

सहरको केही पर एकान्त स्थानमा एउटा मन्दिर थियो । मन्दिर वरिपरि सानासाना कुटीहरू थिए । कुटीमा योगी, सन्न्यासी तथा पूजारीहरू बस्थे । नजिकै बाक्लो बस्ती भएको हुँदा नियमितरूपमा भक्तजनहरू मन्दिरमा दर्शन गर्न र घुम्न आउँथे । मन्दिर परिसरको वातावरण सुन्दर र रमणीय थियो ।

वीरेको सपना र रेडियोको समाचार

  • by

असोज लागिसके पनि टण्टलापुर घाम थियो । समय मध्याहृन भएकोले झन् चर्किएको थियो घाम । वीरेको निधारभरि खलखली पसिना बगिरेहको छ तर ध्यान पटक्कै छैन त्यतातिर उसको ।

देवता म होइन !

  • by

जाडो महिनाको मध्याहृनमा कौसीमा घाम तापिबसे छु । केही वर्ष यता प्रत्येक शरद् मनमा कहीँकता एउटा प्रश्नले गोमनले जस्तो फणा उठाएको हुन्छ, यही मेरो अन्तिम शरद् त होइन ?

ऊभित्रको मान्छे

  • by

केही दिनदेखि त्यस क्षेत्रमा लडाईंको सम्भावना अझ बढेको थियो । दुवैतिरको सैनिकहरू त्यहाँ आफ्नोआफ्नो सिमाना नजिकै निकै सतर्कतापूर्वक तैनाथ थिए । एक दिन बिहानै यतापट्टकिा सैनिक क्याम्पका सबैलाई तुरुन्त तयार हुने आदेश दिइयो । तिनीहरू जुनजुन काममा व्यस्त थिए, ती सबै कामलाई छोडेर सबै हतारहतार तयार हुन थाले ।

मिथक अवयवहरू

  • by

जीवनको इतर एउटा दोसाँधमा अल्झिएको भोगाइ अभिषप्तता मुछिएको यो बिहान अभिनय गरिरहेछ सायद, ऊ मान्छे बुख्याँचा भएर । नोस्टाल्जियाको सुर्कनी फुकाएर रातभरि बटुलेको सपना स्वः हरूको पोल्टाबाट स्खलित भइरहेछ मानौँ ऊ ग्लेसिएर हो योबेला ।

कोरियाली कविता सिजोको सिर्जना कला

  • by

पूर्वीय परम्परामा कविताकै विशेष महत्त्व छ । जप, मन्त्र, प्रार्थनादेखि भजनकीर्तन, सिलोक (श्लोक ?), लोकगीत अनेकौँ प्रकारका पद्य प्रचलित छन् ।

‘आदर्श’ को आदर्श

  • by

सन् १९३० जनवरी महिनादेखि कालिम्पोङबाट शेषमणि प्रधानको सम्पादनमा ‘आदर्श’ मासिक पत्रिकाको प्रकाशनको थालनी भएको थियो ।

जनसंविधानको मूर्ति बनाउँदा

  • by

जनगणतन्त्र, लोकतन्त्रका विषयमा विचारको अनुभूति गर्ने सिर्जनात्मक मूर्ति ढुङ्गामा बनाउन सकिन्छ । अहिलेको समयसापेक्ष हुने गरी ढुङ्गामा मूर्ति कुँद्ने हाम्रा मूर्तिकारले विचारका मूर्ति बनाउनु कर्तव्य हो ।

यात्राभित्रको यात्राः बाबाधाम

  • by

वि. सं. २०५८ भदौ ४ देखि ८ सम्म सिक्किमको गान्तोकमा बस्ने अवसर पाएको थिएँ । निर्माण रजतजयन्ती समारोहको सन्दर्भमा भएको त्यो यात्रा अत्यन्तै रोचक र सान्दर्भिक थियो । त्यही यात्राको एउटा अंश यहाँ प्रस्तुत गरिएको छ ।

सूचना टुक्रा र मान्छेका सपनाहरू

  • by

अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न मिल्दैन पनि ।

डायमनशमशेरसँगका आठ वर्ष

  • by

सेतो बाघका लेखक डायमनशमशेर राणाको नाम त स्कुले जीवनमै सुनेको थिएँ । उहाँसँग प्रत्यक्ष भेट गर्ने सुअवसर भने २०६० साल असारमा मात्र प्राप्त भयो । जुन बेला उहाँ पचासी वर्षको हुनुहुन्थ्यो ।

सम्झँदै डायमनशमशेरलाई

  • by

डायमनशमशेरको साथमा लेखक धरान (सुनसरी) मा वि.सं. २०१४ सालदेखि २०६० सालसम्म लगभग साढे चारदशकसम्म औषधोपचार क्षेत्रमा संलग्न रही २०६१ साल फागुन महिनामा ललितपुरको ज्वागल, कुपण्डोलमा स-परिवार बसाइँ सारेर आउनु अघिदेखि नै डायमनशमशेर राणाद्वारा लिखित ‘वसन्ती’ (२००६) र ‘सेतो बाघ’ (२०३०) उपन्यासले नेपालको साहित्यिक तथा राजनीतिक क्षेत्रमा ठूलो हलचल मच्चेको तथ्य-सत्यलाई आत्मसात् गरिसकेको थिएँ ।