मन आफैँसँग होला तन तिमीसँग
उमङ्गको खोली कस्तो ! भन तिमीसँग ।
चाहनाका बेलीहरू त्यसै तहलाए
उषाकाल जस्तो हो कि ? पन तिमीसँग ।
घाम त्यसै न्यानो हुन्छ जून उजेली हो
अन्धकार कति होला ? गन तिमीसँग ।
फूलहरू फुल्दै र्झछन् आफ्नै नियममा
सधँैभरि फुल्ने शक्ति झन् तिमीसँग ।
‘प्रभातका’ पलभरि उच्छ्वास साँचे,
भाँची मन गरिब छु ! धन तिमीसँग ।
प्रभातकुटी, सुरुङ्गा, झापा
मधुपर्क २०६८ जेठ
