Skip to content


सुक्यो देह मेरो
मकैको ढोडसरी ।।

झर्‍यो पात मेरो
शिशिरको रुखसरी ।।

भए म आज किन
खोलाको बगरसरी ।।

लौरोको साथी भो
शरीर पनि भो लौरोसरी ।।

गहहरू छछल्किन छाडे
छाड्यो आँसुले नि साथ ।।

बोल्दैनन् कोही मन्दिरमा पनि
जर्जर बूढो देखी ।।

यही हो नियति देहधारीको
नगर्नु है रत्ति रिस ।।

तीनथाना, ढुङ्गाअड्डा, काठमाडौँ

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *