Skip to content

यदि सपना साचो हुन्थ्यो भने


यसैपाली बाढी आएर
खाएका ती गैरीखेत
अनि पाखापखेराहरुमा
मेरा बाआमाले बगाएका पसिना
जस्तै लाग्ने गरी दुरुस्तै देखिने गरी
धानका बालाहरू
सदा झैँ लहलह लहराउदै झुलेर
फुल्थे होला ।

चाहनाका धागाहरुले बेरिएर
सफा आकाशमा उँडिगएको
अञ्जान बालकको कुनै रङ्गिन
चङ्गा जस्तै गरेर
साँझपख फर्किएर
कुनै उदास क्षितिजबाट
दुई जोडी परेवाहरू
बाँस बस्न घरमा आएर
अनि अनगिन्ती शान्ति र प्रेमहरू
पँखेटाका प्वाख झै लाग्ने गरी
घरआगन
अनि मनमन्दिरैभरि फिँजाएर
मिर्मिरेमा सुटुक्क
जुन जस्तै बिलाएर
कुनै उन्मुत्त आकाश मुन्तिर
कसैका लागि छाडिदिएर
अनिभुर्‍रर उँडेर
जान्थे होला !

मानौ कि जूनतारा जस्तै बनेर
हामीहरू
तिमी र म कुनै वायुयानमा बसेर
अमरपुर नगर डुलेर
पूरा चन्द्रधरातल
अनि विशाल ब्रह्माण्ड
भुलेर
सारा बादल घुमेर
पल टाएर
कुनै प्रेमपत्र झै
र कुनै खामभित्र सजिएर
आइपुग्थियौ होला
हामी
कुनै एउटा निश्चित ठेगाना
त्यो ठाम
जहाँ सुन्दर सहरमा
मानिसहरू
शान्तसँग
सुतिरहेको हुनथिए।

कुनै टुहुरो बालकको
भविष्य जस्तै गरी
लुटिएको
वा सपना ब्यूँझाउन गएको शहीद
उस्कि विधवा जवान पत्नीको सिन्धुर जस्तै
पुछिएको
अनि लोग्नकै हत्याराले उसको धर्मपति बनेर
उसका खुशीहरू जस्तै गरी
सर्वस्व अस्तित्व भुटिदिएको
ती कलिला नानीहरुको
शरीरका निलडाम
अनि खुनले लत्पत्तिएका
सुकोमल फुल झै लाग्ने हातका
कलमहरू
सपना देखन सुतेको मान्छे
अचानक ब्युझिएर मसानघाटबाट
सगरमाथा झै फर्‍र्फराइरहेको
रुमाल अनि हिमालका
लालीगुराँस र लालुपात्तेहरुले
पुछिदिएर
लोकतन्त्रका
भाषणहरू भुक्ने
कुकुरहरुलाई लिएर
अनि ऊ स्वयम स्वर्ग फर्किएर
जान्थ्यो साहेद ।

स्वयम्भुमा सडककिनारको
ल्यामपोष्ट झै
बलिरहेका बुद्ध्का उज्याला आँखाहरू
साहेदै सधैं सधैं उन्ले चिम्लिदिन्थे।

मोरङ्गमा बनेको मेरा
हजुरबुवाको पुरानो सालिक पनि
भूकम्पमा झै हल्लिएर लाग्छ एक छिन
हिन्थिए
अनि अस्तिनै नातिले सपनामा देखेको
कुन्नि के जाती
डरलाग्दो अँध्यारो अँध्यारो जस्तो
सम्जिएर केही,
यस्तै यस्तै कि
मानौ
र भन्नेथिए
कि मैले के देखे देखे ?
सपना या अन्य केही दृश्य?

अस्तिनै पल्टन जादा
उडेको फौज छोरोको जहाज
आफ्नै सपनामा खसेको जस्तै
मानेर
अनि सम्झिएर आफ्ना कुपुत्रहरू
जब आमाको आँखाबाट आँसुहरू
खस्छन
तब मानौ किउसका गालाहरुमा
टक्क अडिएर मोती झै
मुस्कानका लालिहरू
बन्छन
बिहानी किरणसङ्गै खल्तीमा सिङ्गो
सूर्य लिएर
जब दशैंमा टीका लगाउन
पर्दिसिएको छोरो
घर फर्किएर आउछ,

तर अफसोच
सोतेलो बाउ र उसका केही दाजुभाइहरुले
भने उसको सर्वाङ्ग शरीर
मान्छेको खुनले रक्ताम्मिएको देखेर
एउटा अपराधीजस्तै ठानेर
सूर्य (रवि) झै छेकेर
मानौ कि घरकै दुश्मन
अनि देशद्रोहीहरुले
कारागारको अँध्यारा कोठाहरुमा
थुनिदिन्छन सम्बभवत
बुद्ध जन्माउन सक्ने एउटा ठुलो तागत
या सौतेलो छोरोको सपना ।
या मानौ कि एउटा सपुतको एक
थोपै रगत
पनि
जो यहाँ
हर कोही आमाहरुको सपनाजस्तै हुन्छ ।

-सुजन बुढाथोकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *