Skip to content

तिम्रो मुस्कानको सुगन्ध


तिम्रो मन्द-मन्द मुस्कानको
आयो सु-गन्ध गन्ध
तिम्रो एक स्पर्शले नै भयो
केबल यो दिलको स्पन्दन बन्द

जमिनमै बिलाए बेचैन फूलहरू
अनि आकाशमै जले जूनताराहरू
बेहोस थियो यो वातावरण
अनि बौलायो यो वसन्त
फैलियो जब फैलियो तिम्रो प्रचण्ड
अट्टाहसको अनन्त हसन्द यो ब्रह्माण्ड
तिम्रो मन्द-मन्द मुस्कानको
आयो सुगन्ध गन्ध

“स्वर्गकी परी झै गरी प्रेमिल पवनमा
जहाज भर्दै
अनि उडान गर्दै गगनबाट अफ्सरा झै कोही
सजिएर आइरहेछ हेर कोही सजिएर”
लासहरुले पनि आज चिहानमा ब्यूँझिएर
र आवाज दिएर भने
अनि फेरि एकसाथ बोले कि
बुलन्द

“तिम्रो मन्द-मन्द मुस्कानको
आयो सुगन्ध गन्ध
तिम्रो एक स्पर्शले नै भयो
केबल यो दिलको स्पन्दन बन्द !”

समुद्रका चान्दमणि,
जलधीका सफेद जलहरू
अनि प्रत्येक पल तिम्रा चाँदनी
चन्द्र-चेहेराको यादमा
भौतारिरहन्छन हर्दम यी
अधेरा घर- आगन अनि पधेरा
भड्किरहन्छन एकदम
यी सारा रङ्गिन जुनकिरीहरू
र रोइरहन्छन बाबुको सर्वाङ्ग
नाङ्गो जमिन
प्रलयले खायो अन्नधान
बाढीले नङ्ग्याएर रुवायो किसान
या मानौ कि स्वयम आफ्नै सन्तान
जब जनअन्दोलनमा निर्मम मारिरहन्छन
रुन्छन आँखाका नानीहरू
खोसिएर हुन्छन
बाबुआमा अन्धा-अन्धा
तिम्रो मन्द-मन्द मुस्कानको आयो
सुगन्ध-गन्ध

जब,
भूकम्पको हलचलले भत्कियो धरहरा झै
यो कमल हृदय
स्वर्ण राज इन्द्र पनि अर्धनिद्र झै अचम्म परे
अनि,
जब,
ज्वालामुखी रवि बिस्फोटन झै
अशुद्ध बम बारुदले भयो
यो पवित्र जन्मभूमि आतङ्गक
लगातार रोइरह्यो बुद्ध बारम्बार
समथल स्थल पाताल भसियो
भासिन्न यार कसरी यहाँ ?
बलात्कारले त
चट्टान पनि चर्किएर हुन्छ खण्ड-खण्ड

तिम्रो मन्द-मन्द मुस्कानको आयो
सुगन्ध गन्ध
तिम्रो एक स्पर्शले नै भयो
केबल यो दिलको स्पन्दन बन्द !

Leave a Reply

Your email address will not be published. Required fields are marked *