Skip to content

कुहिरी मण्डल र हावा


देखे मैले तिमीलाई टाढाको कुहिरीमण्डलमा
रात्रि सवारी गाडी बाहिर
झ्यालका सिसाहरुबाट
देखे मैले तिमीलाई हेमन्त शिशिरको
शीतलहर अनि धुमिल कुहिरीमण्डलहरुमा
तिमी उभिरहेथ्यौ बाहिर
कुनै महान स्मारकको शरीर झै
बेहोस बाफ र धुवाहरू उडिरहेथ्यो
बिहान
मधोस हावाहरू चलिरहेथ्यो
देखे मैले अञ्जान तिमीलाई टाढा कुहिरीमण्डलहरुमा
तिमीसँग बोल्ने बारे म सोचिरहेथ्यो
अससोच
म निदाए तिम्रा यादहरू सङ्गै
जब ब्युझिएँ म र हेर बरपर

देखे थिए मैले तिमीलाई टाढाको कुरिमण्डलमा
म ब्युझिएर
तिमीलाई हेरे वरफर
यता उता जता तता
बिहानको पहिलो प्रभाकर सङ्गै
तर तिमी यादहरू लिएर

उज्यालो घामहरुमा
हेर मैले तिमीलाई निरन्तर गाडीको झयालहरुबाट
तर तिमी बाफहरू सङ्गै कुहिरीमण्डलमा
बिलाइसकेकि थियौ
मेरा कल्पनाहरुभन्दा पनि पर
मेरा सपनाहरुभन्दा पनि पर
पुगिसकेकि थियौ

शिरिर ऋतुको हावहरुसङ्गै हराइसकेकी थियौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *