Skip to content

मेरो मधुमास


साच्चै नै मेरा लामा
रातका अन्धकार प्रहरहरू
आज साचो हुदैछ हेर त
खारिएको प्रचुर जवानी लिएर
उनी आउदैछिन अमरपुरबाट
आज घर फर्किएर
पुन परदेशबाट दूरबाट आज
सायद मलाई नै सम्झिएर

बिगत कति दिन अनि बर्षहरू
मैले कष्टकर अन्धकार ओछ्यानहरुमा
रातभर एकनाश एक्लैएक्लै कटाइरहे
कति दिनहरू ढले
अधेरो रातमा
कति रातहरू
बिते उनको यादमा
सायद,
रहर हुन सक्छ हाम्रो सम्बन्धको यो मिलन आज
सायद,
झकास हुनसक्छ यो अन्धकार कोठा आज
सायद,
बिन्दास हुनसक्छ त्यो आकाश आज

ओ:
साच्चै नै उनी अहिले अफ्सरा झै आइपुगेकी छिन
र मलाई थहा छ
अब उनी सर्वप्रथम मेरो बेडमाथि बस्नेछिन
अनि स्वय म मलाई स्वर्गको इन्द्र राज जस्तै गरेर
हर्दम हेरिरहनेछिन

रातो रातोले ओठले नागिन झै डस्नेछिन
यो तन सहर्ष चुम्बन गर्नेछिन
अनि मेरो मन बिस्तारै स्पर्श गर्नेछिन
होलनाइट मेरो कोठाभर लाइट छर्नेछिन
हिटरभन्दा पनि बडि प्रज्वलित
यो बदन तातो तातो गर्नेछिन
अनन्त अमृत पिएर अन्तत
अनि रातभर ऊ शित म निदाउनेछु
सुटुक्क शान्त र आनन्दित …

ओ ! पृयसी
ओ ! एञ्जल
तिमी नै भनिदेऊ अब
साच्ची अब हरपल सदाको लागि
मेरो जीवनसाथी बनिदेऊ
ब्युझिएर बिहान मैले यस्तो भने र यसो छामी हेरे
तर उनी कुनै प्रेफेशनल प्लेएर झै
म जाग्नु अगावै मेरो ओछ्यानबाट
अन्यत्रै लागिसकेकी थिइन।

सायद अघिल्लो रातको त्यो स्वागरात
मध्यरातको हाम्रो त्यो मीठो मधुमास
कतै मेरो कल्पनाको स्वप्नभाष त थिएन
कतै उनी अँध्यारोमा हिड्दा हिड्दै हिजै
कतै सडकमा लडेर पो मरिसकिन कि?
यदि उनी मरेकै हुन भने स्वर्गबासको कामना
मैले धर्मपत्नी मानेकि मेरी श्रीमती
मलाई सङ्गकोच लागिरहेछ अहिले
कतै उनी बीचित्र बसपार्ककी चरित्रबिहीन वेश्या पो थिइन कि?

तर हैन
मलाई थहा छ
उनी हर्दम पवित्र छिन
सत्य प्रेम कहिले पनि मर्न सक्दैन
निरन्तर अँझर रहदैन कट्टर कदापि पनि प्रखर स्वार्थको समबन्ध
रहदैन इज्जत हुँदै हुदैन भर अभरमा पनि विश्वास
नत रहनेछ डर भय रहनेछ केवल विश्व विजय
साचो प्रेम हर पल समय अमर रहनेछ
मलाई थहा छ
उनी बिहान उठेर जरुर दूर सहरमा डे ड्युटी गर्न गएकी छिन
र भरे साँझ घर फर्कदा अँझ सुन्दर र ब्युटी भएर आउनेछिन
हजार चोट भएर पनि,अनि बारम्बार ठक्कर खाएर पनि
भरे बेलुका मेरा लागि अनुहार र ओठ्भरी उज्यालो खुशी
र मुस्कानको बहार लिएर आउनेछिन
अवश्य,
आज पनि अनि हामी सदा झै उसैगरी मधुमास मान्नेछौ
निश्चय आज पनि रातभर
मेरो अन्धकार घर प्रकाशमय हुनेछ
मेरो धर्ती रङ्गीन हुनेछ
उनी अँझै जीवित छिन
र सधा अमर रहनेछिन
विश्वास लाग्दैन सायद,
त्यो अँध्यारो आकाशमा हेर !

किनकि उनी आकाशकी चन्द्रमा हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *