Skip to content

ड्राइभरहरू भगवान हुन


ड्राइभरहरू भगवान हुन
गाडी चढुञ्जेलका लागि

डाक्टरहरू भगवान हुन
आफू लडुञ्जेलका लागि
वा
अस्पताल बसुञ्जेलका लागि

गुरु ब्रह्मा विष्णु महेश्वर
सम्पूर्ण गुरुगुरुमाहरू ईश्वर हुन
विद्यालय पढुञ्जेलका लागि

बाउ आमाहरू भगवान हुन
आफू नबढुञ्जेलका लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *