मेरो बाउले भन्नुभयो कि,
कान्छा जाबो तैले दुई चार वटा फिल्म खेल्दैमा
त यहाँ महानायक हुदैनस्
जाबो तैले बर्समा एकपटक मेरो मुख हेर्दैमा
त यहाँ लायक हुदैनस
मेरा बाले भन्नुभयो कि,
तैले यहाँ केही कविता लेख्दैमा
त यहाँ महाकवि हुदैनस
तैले यहाँ दुइचार बटा कविता लेख्दैमा
त यहाँ कवि पनि हुदैनस
अनि मेरी आमाले भन्नुभयो कि,
कान्छा आइन्दा त अब कहिले पनि कविता नलेख !
मेरा बाले भन्नुभयो कि
कविता लेक्दैमा कान्छा त कवि हुदैनस।
हो म मान्छु मेरा बा !
म हुन्न
म कलिलो बालक हु मेरा बा !
म महानायक हुन्न
म कुनै महाकवि हुन्न
म कुनै कवि हुन्न
मेरा यी कागजका शब्दहरुभन्दा त
आहा ! स्वयम कति मिठा शब्दहरू छन् ती खेतगराका
वाह ! कति मिठा हुन्छन
हर्दम ती किसानका कविताहरू
वाह ! अमृतपानभन्दा पनि कति मिठा लाग्छन स्वय म
आफ्नै आमाको प्रेम ममता अनि अनन्त अमृताहरू
म खान्छु !
हो म मान्छु मेरा बा आफैंमा
एक ऐतिहासिक बलियो विद्वान कवि हुन
जब, म कलिलो किसान हुँ
यसर्थ म कुनै कवि हुन्न ।
हो बा ! म मान्छु म हुन्न
रहर हैन सायद एउटा सर्जक भएर
हर इन्सानको चित्कार बोल्न
निरन्तर कलम उठाइरहनु उसको धर्म हो
सायद ! एउटा किसान भएर बाझो चिहानमा पनि
धान रोप्नु चाहनु उसको धर्म हो
पर्मेश्वर,
सायद रहर हैन एउटी आमा भएर
हर सन्तानको मर्म बुझ्नु उङ्को धोको हैन धर्म हो ।
यो सिङ्गो संसारको चित्कारको शब्द कोरेर
एउटा कलमले बोलेको छ
यो युग अनि यो दुनियाको भोको पेट
एउटा नाङ्गो किसानले लेखेको खेतले भरेको छ
विश्वास लाग्दैन सायद !
यो घर
यो सिङ्गो सृष्टिको सिर्जना
निरन्तर एउटी आमाको अमर प्रेमले चलेको छ।
किन आमा अँझै पनि तपाईं यो निष्ठुर जगतलाई माया गर्नुहुन्छ
न त तपाईं कहिले पनि आफू जगदिस्वर
चर्चको पर्मेश्वर नै बन्न सक्नुभयो ?
सायद ! म अब आफै कलम उठाउन छाड्नेछु
जब तपाईं यो पृथ्वीलाई प्रेम गर्न छाडनु हुनेछ
मेरा बाउले भन्नुभयो कि कान्छा जाबो दुई चार वटा
कविता लेख्दैमा त यहाँ कुनै महाकवि हुदैनस
बर्सौ बर्स बारम्बार एउटै प्रश्न रह्यो मेरा बा !
तपाईंसँग मेरो जवाफ दिनुहुन्छ हैन ?
हो म मान्छु कविता लेखेरै म कुनै कवि हुन्न
यदि, म हुन्थे भने
बर्सौ बर्स भयो धान रोपेरै यसबेलासम्म पनि
तपाईं किन कहिले करोडपति हुनसक्नु भएन ?
परिसान भएर तर मेरा बाले कहिले पनि जमिन जोत्न छाड्नु भएन
अपमान भएर दिक्दार सहेर
बारम्बार हार खाएर पनि
नेपाल आमाले यो सिङ्गो संसारलाई कहिले पनि प्यार गर्न छाड्नु भएन
जसरी हैरान भएर
मैले कहिले पनि कविता लेख्न छाडिन !
ओ ! शासक (साहुजी)
यसकारण हामी हर्दम ओजेल परिरह्यौ
र हामी असफल भयौ र भैरह्यौ
ओ ! पाठक यसकारण कि ओ ! प्रकाशक
ओ ! भगवान यसकारण कि
मेरी आमाका अञ्जान दुखपिरहरू उज्यालो बिहानमा
अनि हरेक साल सधैं
मेरा बाको पसिना र धान मङ्गसिरमा
केवल आधा मात्र प्रकाशन हुन्छन।
रतुवामाइ-८,मोरङ्ग
