मानौं कि
यो जिन्दगीलाई कुनै
क्यामबोर्डको मैदानमा राखेर
मुख्य नाइकेले एउटा
इस्ट्राइकरको भरमा
सबै गट्टीहरू बिस्तारै बन्दुकले भुटेर
गोला ठक्कीका ठुला गोलीले
शहीदहरूलाई जस्तै पड्काएर
रातो किनलाई पनि अन्तिम चर्ममा
दुलाहरूभित्र छिराएर
विजय जुलुसहरुमा
दर्शकहरुले जयजयकार गर्दै
सर्वत्र उसको जिन्दावाद होस
चाहन्न कि म यहाँ
त्यो भूमिमा क्यारम्बोर्डको गणतन्त्र अनि
गट्टीहरुको भने लोकतन्त्र उपहास होस
कोही किन यहाँ बर्वाद होस होस ?
आगनमा खेलिरहेका दुई जोडी
परेवाहरू
बनबाट चोर स्यालहरू आएर
कौसीमा बासिरहेको
कुकुरलाई
झुक्याएर
खाओस
अनि मुन्दिरको मूर्ति नजिकै मुतेर
छेउपट्टि
प्वाँखहरुले रगतमा खोपेर
अनि उसैको नाम लेखेर जाओस
बेकसुर कुनै बौलाहा कुकुर जस्तै गरेर
उसलाई हत्याराको अवियोगमा
देश्का दुश्मनहरुले
मानौ कि यहाँ एउटा सैनिकलाई
कुनै कारागारको
खोरमा जन्मकैदको सजाय होस
घरभरि जङ्गलीहरुको भने राजराज होस
त्यसैले त यहाँ
कोही किन बर्वाद होस ?
कलम बोक्ने कालिला हातहरुलाई
बन्दुक समाउन लगाएर
अनि काँधहरुमा बिद्रोहको
भारी बोकाएर
वा रङ्गिन सपनाको भविष्य
बोक्न गएका कुनै अबोध
बालिकाहरुलाई
बीच बाटोमा
पापका भारी बोकाएर
मानौ कि,
कुनै आमाको यहाँ बलत्कार होस
सुगन्धको स्वप्नाभाषले मात्तिएर
सुतेका मालीहरुलाई
दुर्गन्धित कालुपातेले बेहोस बनाएर
उनैबाट गल्लीहरुमा
मखमली फूलबारी
अनि लालीगुराँसको रङ्ग बेचिएर
दिल्लीका वेश्यालयहरुमा
सुकोमल गुलाफको
ब्यपार होस ?
अनि कानूनका काढाघारीहरुबाट
कुनै बाबुको इज्जत
ज्युदा मुर्दारहरुका लागि
भोकाएका चोक चोक हरुमा
प्रचारप्रसार होस
यहाँ किन एउटा जुन जस्तै बल्ने
कोपिल फुल
बर्वाद होस?
तिनीहरुको त्यो अपराधी अनुहारको
अलिकति हासो पनि त
कसैको आशीर्वाद होला
तर मनको खुशी भने सबै अपवाद हो
जस्ले बुद्धको पाठहरुलाई
बकवास सम्झिएर
ईतिहासकै ध्वजा ध्वजी उडाए
तर तिनीहरुले के पाए?
एकछिन रमाए
चाहन्छु म तिनीहरुको चरित्र पनि
मेरी निर्मोही मायाको विश्वासघात जस्तै
गरेर पर्दाफास होस
चाहन्न म
कोही किन यहाँ बर्वाद होस ?
बुद्धको इतिहास सत्यनाश नहोस:
किनकि,
कोही किन यहाँ बर्वाद होस ?
सुजन
