Skip to content

सिसाका टुक्राहरु


अक्सर तिम्रा यादहरू आएको बेला
म तिम्रा यादहरू आएको दिन
म तिमीलाई पाउने एकमात्र ठाम
मेरो घरको झ्यालढोकाका सिसाहरुमा गएर
निरन्तर तिमीलाई एकनास हेरिरहन्छु …
जहाँ तिम्रा रङ्गिन र सफेद चेहेराको भरपुर
चित्रहरुलाई म पाउँछु
लगातार …
तर दुर्भाग्य;
मेरा सासहरुले भने
तिम्रो निधार र अनुहारलाई
क्रमश बिस्तारै-बिस्तारै
मेटाउदै-मेटाउदै
अनि मधुर बनाउदै जान्छन !

जसरी म तिमीलाई पुरिदिने ती धुमिल धुवा
र बाफहरुलाई बारम्बार
मेरा हातका हत्केला र औलाहरुले पुछिदिने बारे सोच्छु
अफसोच तर,तिमीलाई मैले स्पर्श गर्नु अगावै
चमत्कार !
अञ्जान अचानक ती अजीव सिसाहरू बेकसुर फुटि जान्छन
र मेरा पैतालामा गएर टुक्रिएर स्वयम चकनाचुर हुन्छन

मानौ कि, सिसाका ती टुक्रा-टुक्रा कणहरू
सम्झनाहरू हुन कसैका सम्झनाहरू हुन,
जो अब मनमा जीवन्त बिजिरहन्छन
अनि सायदै ती चर्किएका ऐनाका चित्कारहरू पनि
लाग्छ जीवनमा सायद कसैका यादहरुकै सजायहरू हुन
जहाँ सिसाका छिया-छिया हृदयबिदारक आत्माहरुमा
बिचरा मलाई माया लाछ
जहाँ अब जीवन्त तिमी पनि त्यहाँ भड्किरहन्छौ
बिधुवाका फुटेका चुराका टुक्रा टुक्रा जस्ता
अनि अधुरा अम्स -अम्सहरुमा अड्किरहन्छौ अनन्त अब
तिमी ! तिमी ! तिमी ! तिमी तिमी तिमी
होला आखिर तिमी कुनै निर्जीव तस्वीर होला,
आखिर
तिमी त्यहाँ कुनै निर्जीव तस्वीर होला आखिर
तर जिन्दगीमा कहिले पनि नमेटिने तक्दिर जस्तै बनेर बस्यौ !

रतुवामाइ-८,मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *