Skip to content

म (अस्तित्ववादी कविता)


लाखौ करोडौ धावकहरू मध्ये
मैदानमा सिर्फ
दुई तीन सय जना मात्र
जीवित रहेर
जमिनमा दौडिन सके
र दौडिरहे
लाखौ करोडौ खेलाडीहरू मध्ये
अञ्जान एउटा अन्धकार रणसङ्ग्राममा,
सिर्फ दुई तीन सय जना बहादुर मात्र
जिन्दगीको जीतको लागि
दौडिन सके
र डौडिरहे
पछि एकैछिनमा थकित भएर
बीच बाटोमै
बेहोसीएर सबै निदाए र बिलाए सधैको लागि
अन्धकारहरुमा

सयौ खेलाडीहरूमध्ये
अनि अन्तिममा
सिर्फ एक जना मात्र महसुर मान्छे
चक्रब्युहरू तोडेर भित्र पस्यो
अरु सबै बाहिर निस्किए सधैको लागि
सिर्फ एक जना खेलाडी मात्र भित्र बस्यो
र पछि मृत्युञ्जयहरू जितेर
मेरो आँखाभरिको सपनाहरू सकार बनाएर
मेरो अँध्यारो अवचेतन मधुर मनको रहरहरुलाई
चकनाचुर नबनाइकन
एउटा वीर पुरुष यशु ख्रीष्ठ झै अमर बनेर
बिहान पखको प्रथम सूर्यकिरण
वा, पहिलो प्रभाकरहरुसँगै
विश्वबिजेता
कमाण्डर अलकजेण्डर महान
या
स्वय म नेपोलियन बोनापार्ट झै गरेर
अनि
निधार र शिरमा
विजयका फूलमालाहरू लगाएर
खेल मैदानवाट बाहिर आजाद उन्मुक्त निस्कियो
स-सम्मान अन्धकार बन्दकोठहरुबाट
एउटा विशाल सम्राज्यमा
मेरो घर फर्किएर
रुदै रुदै आयो र निरन्तर रोयो र रोइरह्यो
र आएर मेरो अङ्गालोमा
अङ्गकमाल गर्यो र सन्तृप्त नदी सागर झै सुटुक्क निदायो एकछिन
आफ्नो आङ्गमा पाएर
मैले लगातार त्यसलाई सहर्ष स्पर्श गरिरहे
खुशीले निरन्तर रमाइरहे
र त्यसलाई हरसमय समाइरहे
यसर्थ त्यो पनि मसङ्गै रमाइरहे
निश्चय ! र त्यो …

तिमी थियौ !
मलाई जन्मदिने मेरी आमाले आज मलाई भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *