जब म घर फर्किएँ,
अनि सम्झिए
मैले त्यो मेरो यात्रा
अनि गाडीबाट अगाडि देखिने
ती पीडित कुकुरहरू,
अनि
ती आन्दोलित कुकुर हरुका
आक्रोश र नाराजुलुशहरु,
सडकमा मानिश झै
चक्काजाम गर्दै चिल्लाइरहेका
कुकुर सागर र लवलस्करहरु,
झुर सम्झिएर,
तिनीहरुको माग र क्षतिपूर्तिहरूलाई
चकानाचुर बनाएर
हतार हतारमा म मजबुर भएर
म लम्किए आफ्नै सुरमा
आफ्नै बाटोतिर
ती दुखित कुकुरहरुको बाटो काटेर
म फर्किए ।
एक मसुर कुकुर चरको चित्कार चिच्यावट
अनि प्रचुर स्वरमा
प्रत्येक गाडीहरुलाई
झम्टदै आफ्नो इजलास सुनाएर
र
जन दबाब दिएर इन्साफ मगिरहेथ्यो
त्यो प्रतिनिधि कुकुर,
र छेउमा लडिरहेको विभत्स लासको नजिकै बसेर
रोइरहेका थिए उसका छोराछोरीहरू
छाउराछाउरीहरू आफ्ना सन्तानको लागि
भविष्य लिएर र अन्नहरू बोकेर आउँदा आउँदै
उसलाई जानाजान ट्रकड्राइभरले किचेर मारिदियो,
उसको पनि आफ्नै संसार थियो,
घरबार थियो अनि परिवार थियो,
ए मान्छेहरू हो अब उसको जीवनबिमा भरिदेऊ
र
उसका सन्तानको जिन्दगी सुनिश्चित गरिदेऊ,
बनबाट शेर र स्यालको अतिक्रमन र दमनबाट
पलायान भएर आफ्ना बच्चाहरू च्यापेर
सडक छेवैमा गुजरा गर्दै आइरहेथी
उनै बुढी माउ कुकुर,
कहिले पूँजिपतिसँग भिख मागेर
त
कहिले सामन्तिहरुद्वारा श्रमशोषित भएर,
पालनपोषण गरेकी थिई आफ्ना छाउराछाउरीहरुलाई,
उसका छोरी छोरीहरू
जो अब त टुहुरा अनि अनाथ भए,
पोहोर सालै उसको लोग्ने कुकुर पनि
मालिककोमा सेक्युरेटि गार्डको जगिर खाँदा खाँदै
मध्यरातमा चोरहरुद्वारा मारिएको थियो,
उनै बुढी माउ कुकुरले पनि
आज परिवारको लागि मृत्युवरण गर्न पुगिन्,
दिन दाहडै हत्या गर्न पाउने
यो कस्तो कानून हो हजुर?
महानमान्छेहरू हो ?
याद राख आफ्नै इज्जतमा बाँचिरहेका
हामी कुत्ताहरू होउ,
हामी कुकुरहरू हौ
कुकुरहरू जो मर्ने बेलामा मालिकको घर छोडेर
जङ्गल र खोलामा गएर स्वयम प्राण त्याग गर्छन,
कुत्ता भएर पनि इज्जतमा खान जनेको
अनि कुत्ता भएरै आज कुत्ताकै मरण मर्न पुगेको,
र मान्छेहरुबाट अकाल मारिएको
उसलाई जबसम्म घृणारहित ससम्मान्,
झण्डासहित श्रद्दाञ्जलीसुमन दिने छैन्,
ए क्रुर मान्छेहरू हो
तबसम्म हामी उसको लास
यो सडकबाट उठाउने छैनहु
र हर दिन रात यो सुनसान शहर
मसानघाट जस्तै बनाइरहनेछौ
मैले जब महसुस गरे त्यो घटना,
र ती भावविह्वल कुकुरहरुको भाषाहरू
जो बोलिरहेथ्यो
बाटोको बीचमा बसेर भनिरहेथ्यो कि
“हे सरकार !
सुनियोजित ढङ्गबाट निर्मम हत्या गरिएको
हाम्रो परिवार हाम्रो मदर र चतुर
अनि लिडर कुकुरलाई सहर्ष शहीद घोषणा गर
नत्र भने हामी निरन्तर
तिम्रो साम्राज्यको सदरमुकाममा
झनझन चक्काजाम
र आन्दोलन गरिरहने छौ ।
