पापबाट दूर भाग्न
अनि धर्मसँग निकट बन्न सिकाउने
मलाई म आफू कोहु भनेर चिनाउने
मलाई अँध्यारोहरुमा पनि हिडाउने
बिजुलीको दुई वटा तारहरू जडान सिकाएर
हरेक रात मेरो अन्धकार घर प्रकाशमय बनाउने
मलाई अक्षरहरू लेख्न सिकाउने
मलाई कलम समाउन सिकाउने
मलाई हर्दम बोल्न सिकाउने
मलाई म को हु भनेर चिनाउने
मलाई शब्दहरू कोर्न सिकाउने
अक्षर र चित्रहरू चिनाउने
मलाई म को हु भनेर चिनाउने
मेरो अन्तर आत्मा
अनि परमेश्वरभन्दा पनि विश्वासिलो पात्र हो
एउटा टिचर ।
