Skip to content


ऊ मनमनै मनै राम्री भन्छे
आफूलाई झनै राम्री भन्ठान्छे
नेपालाकासका ताराहरू गन्छे,
अनि सबैभन्दा उज्यालो एउटा तारा चाहिँ मेरै बाउले किनेको हो भन्छे,
हिमाल पहाड अनि डाँडाकाडाका सब लालीगुराँस अनि गुलाफका फुलहरू पनि मेरै आमाले दुख गरेर
मेरै अनुहारमा रोपेको हो भन्छे।
साएदै ऊ संसारमा मनै राम्री छु भन्ठान्छे !

सदाबहार ऋतुहरुलाई जिस्कएर
अनि कोइली चरीलाई चलाएर
चरा झै आफ्नो चेहेरा सिसामा ठुङ्ग्छे,
वसन्तलाई ऊ बौलाहा भन्छे,
अनि परेवाले घरागनभरि प्वाँख फिँजाए झै गरी
केवल एक नजरमा ऊ प्रेम बिसाएर उड्छे ।

हाम्रो भण्डार कोठामा
अञ्जान बालक जस्तै गरेर
कि भगवानको मूर्ति किन राखेको हो भन्छे,
मेरो मनमन्दिरमा राम वा कृष्ण
जो सुकै भए पनि तस्वीर त एउटै छ भन्छे,
ऊ बार्दलीहरुमा जुनलाई तापेर मलाई
गगनको घाम माग्छे
त कहिले दुरबिन लगाएर
उन्मुक्त क्षितिजमा उठिरहेका
रहरका कुनै चङ्गाहरू हेरेर
बादलपारिका सहरमा
मलाई वायुयानमा उडुम भन्छे
मनौ कि यस्तो आफ्नो अभिमान चहान्छे,
कि ऊ स्वय म आफूलाई सर्वस्ब रुपवान भन्ठान्छे !

खेतबारी पाखापखेराका फाँटहरुहुदै
नदीकिनारबाट घरका झ्यालसम्म आएका
हावाका सुस्केराका सुमधुर धुनहरुमा सर्गम
ऊ पाउजु, पोते, चुरा, र धागोहरू बजाएर
धानका बालाहरू झै ऊ नाच्छे
अनि मैनबत्ती निभाएर म निदाएपछि !
शिवसङ्गितहरुमा हर्दम
जुनकिरी झै अधेराहरुमा ऊ नाच्छे,
आफ्नो सिन्दुरको र मेहन्दीको रङ्ग देखेर
दङ्ग पर्दै ऊ चन्द्रमा झै चम्किलो छु भन्ठान्छे
हाँस्दै गरेको उसको हासोलाई छेकेर
जब म बग्दै गरेकी सरितालाई झै रोक्न खोज्छु,
तर ऊ ए मेरो हजुर मेरो सागर हो भन्छे।
अनि फेरि कुनै पागल झै केही सम्झिएर फगत हाँस्छे।
मानौ कि ऊ यति धेरै आफूलाई राम्री भन्ठान्छे
साहेद ऊ आफूलाई स्वय म स्वर्गकी सुन्दर अफ्सरा सञ्झिएर
कि यति धेरै ऊ आफ्नो रुपको अहङ्गकार गर्छे?
जब ऊ एल्बममा मेरा फोटाहरू हेर्छे,
अनि सर्वत्र संसारमा सबतरफ आफ्नै मात्र तरिफ गरेर
अनि मलाई थहा छैन कि,
ऊ प्यार गर्छे या ब्यपार गर्छे?

तर हैन,
प्रत्येक मुस्कानहरुलाई मीठो आहार मानेर पनि त ऊ खान्छे
कोठाका हरेक विम्बहरुलाई सोउन्दर्य सोर्ह शृङ्गार पनि त दिन्छे
चियाका कपमा बिहान एक चुस्की चुम्बन हालेर पठाउछे,
अग्यात अनि मलाई थाह हुन्न कि मैले उसको लागि कस्तो पुन्य कार्य गरे?
अनि भरेभरे बेलुका सम्झन्छु कि
मैले त उसलाई मेरा योजनाबद्ध आँखा र ओठहरुले
पो जिस्काएको थिए !
त्यही भएर त लजाएर ऊ यति धेरै ऐनामा आफ्नो अनुहार हेर्छे
अनि रमाएर आफ्नो रुपको अहङ्गकार गर्छे
तर त्यो मलाई मात्र थहा हुन्छ”
ऊ आफूलाई किन यति राम्री भन्ठान्छे
म जान्दछु” मैले दिनहुँ देखिरहेकै हुन्छ
कि किन ऊ यस्ती जबरजस्ती छे ।?

किनकि,
बारम्बार उन्ले आफ्नु अनुहार हेर्ने त्यो ऐना पनि
मेरै आँखाको नानीहरू जस्तै हुन ।

@२०७५-८-२६
@रतुवामाइ-८, मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *