हाम्रो गाँस
र हाम्रो वासको लागि
हामीले किन नगर्ने सङ्घर्ष ?
हाम्रो हक
र हाम्रो हितको लागि
हामीले किन नगर्ने विद्रोह ?
मात्र जीवनमा
सपना मात्र जन्माएर
हामी कति हिँडिरहने ?
मात्र अनुदानको भरमा
हामी कति बरबराइरहने ?
यो स्वतन्त्रताको भ्रममा
हामी कति भौैँतारिरहने ?
यी खोक्रा नारा र भाषणहरूको भरमा मात्र
हामी कति चिच्याइरहने ?
हाम्रो लागि
खोइ ! एउटा गाँस ?
खोइ ! एउटा बास ?
खोइ ! एउटा स्वतन्त्रता ?
हाम्रो लागि
निरर्थक छ यो खोक्रा नारा र भाषणहरू
निरर्थक छ यो लाखे संस्कृतिहरू
ए तनहुँ !
यी खोक्रो नाराहरूमा खोई हाम्रो जीवन ?
यी खोक्रा भाषणहरूमा खोइ हाम्रो भविष्य ?
खोइ हाम्रो क्षितिज ?
हाम्रो अस्तित्व
र हाम्रो पहिचानको लागि
हामीले किन नगर्ने विद्रोह ?

पो.व.नं. १३८३८
-काठमाडौँ

मधुपर्क पुष, २०६५

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *