के सोचेर वाचा बाँध्यौ अनि छिट्टै भुली दियौ
आखिर सँगै हिँड्दाहिँड्दै भुमरीमा हुली दियौ ।
कति मधुर बोल्थ्यौ तिमी कस्तो निश्छल बानी थियो
मलाई के थाहा त्यही बानी यति धेरै हानि थियो ।
हाम्रो प्रेमको बगैँचामा तिमी एक्लै फुली दियौ
आखिर सँगै हिँड्दाहिँड्दै भुमरीमा हुली दियौ ।
तिम्रो साथको न्यायो आज मन डढाउने राप बन्यो
कति गहिरो घाउ लाग्यो, नमेटिने छाप बन्यो ।
रूप फेरी छल गर्यौ पानीमा नि घुली दियौ
आखिर सँगै हिँड्दाहिँड्दै भुमरीमा हुली दियौ ।
-रूपाकोट-५, तनहुँ
मधुपर्क पुष, २०६५