Skip to content


खरीको सन्तान
अर्थात्
सहिदहरू !
शुक्रराज मरेर बाँचेदेखि
टेकूमा खरीको रुख
सहिद भएर
सिक्रिदै पाउलिँदै
युग बाँचिरहेछ ।
हरेक वसन्तसँगै
नयाँ युगको सृष्टिमा
प्रचण्ड वेगमा सन्सनाउँछन्
खरीको सन्तानहरू
त्यै वेगमा
र्झछन् पातहरू
पलाउँहरू पालुवाहरू
झर्ने, नमर्ने
हरिया पात हुन्
नौजवान सहिदहरू ।
मरेका छैनन्
कहिल्यै मर्दैनन्
खरीको सन्तानहरू ।

मधुपर्क पुष, २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *