Skip to content


तिहारको यो सुन्दर पर्व विना टीका नै बित्न गयो
गाईपूजा कसरी गर्नु? स्मृति मात्र अब शेष भयो
लक्ष्मी सम्झेँ मैनवत्तीले सिँगार्न खोजेँ डेरामा
भैलो खेल्ने द्यौसी खेल्ने आउँदैनन् अब मेरामा
किन यस्तो यो खल्लो जीवन चाड दसैँ पनि गुजरिसक्यो
होली आउँछ सुटुक्क बित्छ मन नै मेरो खुमरिसक्यो
भित्र छ पीडा अन्धकारले बाहिर जति नै बिजुली बलोस्
नत सँगिनीहरु घरघर नाच्छन् नत मादलको ताल चलोस्
घाम उही हो बादल उस्तै तर चङ्गा छैनन् कतै पनि
शून्य छ सबतिर मन नै रित्तो समय बित्तछ व्यस्त बनी
शब्दकोश अब सक्छु भन्थेँ सामग्री सब उतै छुट्यो
लिन जान पनि कसरी जानु? लथालिङ्ग भै घरै फुट्यो
दसैँ तिहारले सारा कष्ट बढारिदिन्थे प्रति वर्ष
अनि उत्साहले सालभरि नै मान्थ्यौँ हामी अति हर्ष
छेपाराकै कथा सरह यो जीवन गुज्रन लाग्दै छ
घरको माया जति गरे पनि आशा टाढा भाग्दै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *