Skip to content

कविता

लोकतान्त्रिक देउडामा रौतहट जिल्ला

  • by

पूर्वमा बाग्मती नदी पश्चिम पर्‍यो वारा
देउडा गीत्को लय हो यो जानी राख्या सारा ।

दक्षिणमा वैर्गनिया अनि सीतामडी जिल्ला
हामी भन्छौ रौतहटलाई लोकतन्त्रको किल्ला । ।

बुझ्नै सारो

  • by

रातले सोध्यो के भयो भनी
भन्न सकिन्न आसु झरिदियो
नसोचेकै बरु बेसै थियो
सोचेजस्तो आज के नै भयो
भुल्न खोज्दा भुल्नै गारो
बुझ्न खोज्दा बुझ्नै सारो ।

भरिया, ज्यामी, इत्यादि

  • by

डोकोमा गाउँ बोकेर
उकालो लागेको धनमान
ठाँटी पाटीमा कतै
एक बर्को शान्ति ओढेर
निर्धक्क
थकाइ निदाउँछु भन्छ
भरियाले चाहेको त्यत्ति हो ।

शान्ति-युद्ध !

  • by

सङ्कटकालीन सहरमा कल्पना गर्नोस्
यहाँ सूर्य पहिले उदाउँछ कि
स्टोभ पहिले बल्छ ?
भगवान्ले बचाएका मान्छेहरू छन् कि
मान्छेले लुकाएका भगवान्हरू ?

ए ! छोरा , आउ अब त फर्केर

थुन्यौ म निस्किने
सबै ढोकाहरु र बेखबर
टाढा गयौ
चिच्याएर पुकारें धेरै पटक
ए ! छोरा ,
आउ अब त फर्केर
खोल मेरो बाटो
बग्न देउ मेरो मातृत्वलाई
म सिंचेर तिमीलाई
अझै हुर्काउन सक्छु
बर्षौं देखि थुनिएकि म
नाक नाक सम्म डुबेर
ममताको दहमा
ऐँ ऐँ भएर बाँचेकि थिएं

रुटीन चेकिंग

(हिड्दै जादा कही पर सोझो बाटो नगबेली भा छ )

यो झोलामा के छ? (उनले सोधे)

झोलामा केही बोराहरु छन
केही मेरा आफ्ना चीज बिज छन (सहजै मैले भने )

बोरामा के अट्छ? (उनले ठाडो सोधे)

आन्दोलन

  • by

चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति
ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्तैन
एउटाले अर्कोलाई मार्नैपर्छ
यसो गर्नलाई
तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ ।

हुलिया हराइरहेछ

  • by

पातको नाद-कानपात नाप्दै-नाप्दै वेगले हानिरहेछ
हातको हात- दिनदहाडै- दिन तम्तम्याइलो पल्टिरहेछ
पेटीको बास भएर उठेको दम्को पेटीमै पल्टिरहेछ
माथि लक्ष्यको तादो नउठ्दै झ्वाट्ट चुँडिरहेछ ।

मिठो बोली बोलेर

मिठो बोली बोलेर मायाले फँसायो
आउंछु चाँडै भनेर पर्खाई बसायो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

मान्छे, मन र शत्रु

  • by

मान्छेको शत्रु
मान्छे नै हुन्छ
नत्र,
युद्धको प्रारम्भ हुादैन
मान्छेको शत्रु
मन हुन्छ
मनलाई स्थिर राख्न नसक्ने
आफ्नो मात्र वर्चश्व
कायम गर्न खोज्ने
मनभित्रका मान्छेहरू

थपक्क

  • by

ऊ यसै थपक्क बस्यो
भीड बढी रहेछ, आवाज उर्लंदो छ
मान्छेको सोच फरकफरक छ
आˆनै समूह-स्वार्थको नगिच छ
यस्तै भन्नेहरूको कुराहरू पनि सुनिरहेको थिए
कोलाहल सुनेको थिएा

नयाँ भगवान

  • by

अरबौ आस्थाहरु ओढीओढी
अनाम तलाउको डिलैडिल
घुमिरहेछ भगवान्

दर्शकबिना
सुपरहिट सर्कसघर
आफैं आफ्नो सर्कसमा मग्न छ
सिनेमाका टिकट
मनाइरहेछन् बन्द बाकसमै ‘हाउसफुल’
चिडियाखानामा जनावरहरु
आहारा टत्रुयाउने लोपोन्मूख कर्मचारीलाई
घुरेर अवलोकन गरिरहेछन्

आज फेरी जिन्दगी ।

पुष्प गुच्छा सम्झेर
जिन्दगीलाई
फूलदानमा सिसाको
सजाईदिएँ
तर भ्रम रहेछ
के थाहा र ?
जिन्दगी कठोर
पत्थर रहेछ
थाहै नपाई
फुलदान टुट्यो
टुक्रा टुक्रा भएर
झर्यामझुरुम ।

बन्दी र सपना

  • by

टाढा
म भन्दा धेरै टाढा छ
त्यो….सङ्गीत
अनन्त फाँटहरुभन्दा पर छोडिएको
र,
त्यति नै टाढा छु म
चार किल्लाहरुमा कैद
सिमाना रहतले मात्र अङ्कित गर्छ

सम्झना

  • by

पर्देशी दिलमा पहाड वनको जाग्यो उही सम्झना,
धाराको रसिलो प्रशन्त जलको लाग्यो यहाँ तिर्सना ।
देखेथे सपना पहाड घरको जाग्यो नयाँ कल्पना
हावाका लहरी ! उडाइ लगिदे ! आसु भरी बन्दना