Skip to content

(हिड्दै जादा कही पर सोझो बाटो नगबेली भा छ )

यो झोलामा के छ? (उनले सोधे)

झोलामा केही बोराहरु छन
केही मेरा आफ्ना चीज बिज छन (सहजै मैले भने )

बोरामा के अट्छ? (उनले ठाडो सोधे)

बोरामा के अट्छ !! ( म अली भावमा बहे)
बिहान बेलुकी खाने चामल अट्छ,
चामल नहुदा रोटी पकाउने भुस अट्छ ,
भीख मागेको अलख अट्छ,
चंदा असुलेको नगद अट्छ,
बिदेश घुम्न कर तिरेको करोड़ अट्छ,
कालो, सेतो, रातो सबै अट्छ|

(उनले एकछिन सोचे)
निकै अफ्ठेरो बोरा बोक्नुभा’छ,
भाइलाई भित्र सा’बले बोलाउनुभा’छ|

(भित्र अर्काले भने)
निकै अफ्ठेरो बोरा बोक्नुभा’छ,
केही समय यतै रोकिनुपर्नेभा’छ|

(त्यस पछि नि:शब्द)
मेरा हात पछाडी गए,
आखा अगाडी रात छायो,
मेरा दिन रात भए
मेरा रात रातै रहे|

(लामो अंतरालपछि, दोश्रोले भने)
तपाईको बोरा खाली रहेछ,
हामीबाट केही भूल भएछ|

(मैले बुझे मेरो जाने बेला भएछ)

अनि मेरो चीज बिज ? ( मेरो पहिलो बाक्य!)

(पहिला झस्के,)
केही खोजे जस्तो गरे र भने
त्यों त माथी पुगिसकेछ!

ढोकामा मैले भने (पहिलो लाई)
म कसरी जाने?

यताउता हेरी हठात उनले मलाई १०० थमाए

(म झनै निराश भए)
यसले त मेरो आधा बाटो मात्रै पुग्छ,
आधा बाटोमा रोल्पा पर्छ!! ( म म सगै बर्बराए..)

(मैले यो कबिता २३ मग्सिर २०६२ मा गाऊमा हुदा पुलिस / आर्मी को बिग्रदो ब्यबहार देखेर दिक्क भएर लेखेको…)

1 thought on “रुटीन चेकिंग”

  1. दामी गयो सन्तोष! नेपालको
    दामी गयो सन्तोष! नेपालको वास्तविक स्थिति देखायौ।

    ————
    केही समय यतै रोकिनुपर्नेभा’छ|

    (त्यस पछि नि:शब्द)
    मेरा हात पछाडी गए,
    आखा अगाडी रात छायो,
    मेरा दिन रात भए
    मेरा रात रातै रहे|
    —————–

    यो चाहिं मलाई पनि भा’छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *