(हिड्दै जादा कही पर सोझो बाटो नगबेली भा छ )
यो झोलामा के छ? (उनले सोधे)
झोलामा केही बोराहरु छन
केही मेरा आफ्ना चीज बिज छन (सहजै मैले भने )
बोरामा के अट्छ? (उनले ठाडो सोधे)
बोरामा के अट्छ !! ( म अली भावमा बहे)
बिहान बेलुकी खाने चामल अट्छ,
चामल नहुदा रोटी पकाउने भुस अट्छ ,
भीख मागेको अलख अट्छ,
चंदा असुलेको नगद अट्छ,
बिदेश घुम्न कर तिरेको करोड़ अट्छ,
कालो, सेतो, रातो सबै अट्छ|
(उनले एकछिन सोचे)
निकै अफ्ठेरो बोरा बोक्नुभा’छ,
भाइलाई भित्र सा’बले बोलाउनुभा’छ|
(भित्र अर्काले भने)
निकै अफ्ठेरो बोरा बोक्नुभा’छ,
केही समय यतै रोकिनुपर्नेभा’छ|
(त्यस पछि नि:शब्द)
मेरा हात पछाडी गए,
आखा अगाडी रात छायो,
मेरा दिन रात भए
मेरा रात रातै रहे|
(लामो अंतरालपछि, दोश्रोले भने)
तपाईको बोरा खाली रहेछ,
हामीबाट केही भूल भएछ|
(मैले बुझे मेरो जाने बेला भएछ)
अनि मेरो चीज बिज ? ( मेरो पहिलो बाक्य!)
(पहिला झस्के,)
केही खोजे जस्तो गरे र भने
त्यों त माथी पुगिसकेछ!
ढोकामा मैले भने (पहिलो लाई)
म कसरी जाने?
यताउता हेरी हठात उनले मलाई १०० थमाए
(म झनै निराश भए)
यसले त मेरो आधा बाटो मात्रै पुग्छ,
आधा बाटोमा रोल्पा पर्छ!! ( म म सगै बर्बराए..)
(मैले यो कबिता २३ मग्सिर २०६२ मा गाऊमा हुदा पुलिस / आर्मी को बिग्रदो ब्यबहार देखेर दिक्क भएर लेखेको…)

दामी गयो सन्तोष! नेपालको
दामी गयो सन्तोष! नेपालको वास्तविक स्थिति देखायौ।
————
केही समय यतै रोकिनुपर्नेभा’छ|
(त्यस पछि नि:शब्द)
मेरा हात पछाडी गए,
आखा अगाडी रात छायो,
मेरा दिन रात भए
मेरा रात रातै रहे|
—————–
यो चाहिं मलाई पनि भा’छ।