Skip to content

कविता

बर्तमान निरोहरु हो

ए नेता भनौदा निरोहरु हो
आफ्नै मन मस्तिमा कैले सम्म क्रुरता प्रदर्सन गर्छौ?
सजक हुने बेला भएन अबता?
घ्रिणित बर्बरता को बिरोध कती गर्ने सोझा जनताहरुले?

अजिङ्गर र असफल राष्ट्र

  • by

पर्ूवको भयालबाट हावा हल्ला गर्दै भित्र पस्छ
झुन्ड्याइएका लुगाहरूसग
ठक्कर खादै, हल्लाउदै,
भुन्ड्याइएका थालहरू बजाउदै,
चर्टाई, फलैचा र दरीहरू पल्टाउदै,
र, कोठाभरि छरिन्छ ।

कसैलाई पनि न कह बाबु

  • by

ढुङ्गाझै साह्रोेे छातीमा हजुर, गीत पिरतीको
ढोक्किन पुगी, टुक्राटुक्रा भई छरिएछ
इमान बेची, ढाडिएका, मर्ुदाहरू माझ
देशको गीत, गाउने ठूलो, भूल गरिएछ
त्यसैले भन्थे, बूढा र पाका, बाबु मनको बह
कसैलाई पनि, न कह बाबु कसैलाई न कह

किचकन्या

  • by

हरेक साझ
यसरी नै प्रकट हुन्छे ऊ
झ्यालको सानो छ्रि्रबाट
जूनको धमिलो किरण कोठामा पसेजस्तै
तन्द्रामा परेको युवकलाई कस्दछे, आफ्नो बाहुपासमा

एउटा भिन्नै ब्रित्तको खोजीमा

  • by

रन्थनिएर ईलाका, बस्ती र गाउँ
भौतारिएर शहर, देश र परदेश
टुक्र्याएर आफुलाई चौटा चौटामा
के खोज्दै छौं हामी ?

हाम्रो बिपन्नताको बिकल्प होइन रगत
हाम्रो पछौटेपनको उपचार होइन घ्रीडा
मायामा उनिएर खुशीका फुलहरुको
सप्तरङी माला लगाएर खुशी हुनेहरुका निम्ति
हुन सक्तैन बन्दूक – जन्म दिनको उपहार ।

आकाश खस्‍यो भने के हुन्‍छ?

एउटा सिङगो आकाश छ ।
त्‍यस भित्र हामीले टेकेको संसार छ ।।
म भूगोलको मानचित्र घुमाउदै थिएँ,
कक्षाकोठा मौन थियो ।
एउटा केटो आफ्‍नो आशनबाट जुरुक्‍क उठ्‍यो ।
मतिर उस्‍को चोर औला ठड्‍याउँदै सोध्‍यो-
“गुरु, आकाश खस्‍यो भने के हुन्‍छ ?”

भकारी भविष्यको

  • by

यत्रतत्र, र्सवत्र छरिएर बसेका
गुनासाका डुङ्गुरहरूमा माझमा
मेरी आमाले रचिदिएकी छिन्,
फगत मेरो निम्ति हैन, सायद हामी सबैको निम्ति,
एउटा सुकिलो भकारी, मात्र भविष्यको

हाम्रो बाको शिरको टोपी

  • by

हलोजुवा र डोकानाम्लाहरुसंग मितेरी लगाउदै
कोइली र न्याउलीहरुको भाखामा मुरली रसाउदै
सेता हिमाल र लालीगुंरासको मोहनीमा रमाउदै
उकाली ओराली र भन्ज्यांहरुमा हुर्केको बाको टोपी