रन्थनिएर ईलाका, बस्ती र गाउँ
भौतारिएर शहर, देश र परदेश
टुक्र्याएर आफुलाई चौटा चौटामा
के खोज्दै छौं हामी ?
हाम्रो बिपन्नताको बिकल्प होइन रगत
हाम्रो पछौटेपनको उपचार होइन घ्रीडा
मायामा उनिएर खुशीका फुलहरुको
सप्तरङी माला लगाएर खुशी हुनेहरुका निम्ति
हुन सक्तैन बन्दूक – जन्म दिनको उपहार ।
एउटा सिङगो आकाश छ ।
त्यस भित्र हामीले टेकेको संसार छ ।।
म भूगोलको मानचित्र घुमाउदै थिएँ,
कक्षाकोठा मौन थियो ।
एउटा केटो आफ्नो आशनबाट जुरुक्क उठ्यो ।
मतिर उस्को चोर औला ठड्याउँदै सोध्यो-
“गुरु, आकाश खस्यो भने के हुन्छ ?”
यत्रतत्र, र्सवत्र छरिएर बसेका
गुनासाका डुङ्गुरहरूमा माझमा
मेरी आमाले रचिदिएकी छिन्,
फगत मेरो निम्ति हैन, सायद हामी सबैको निम्ति,
एउटा सुकिलो भकारी, मात्र भविष्यको