सम्झना मैनबत्तीजस्तो
मन सम्झनामा बल्दाबल्दै सकिए हुन्थ्यो
उफ ! यसरी बारम्बार नआए हुन्थ्यो
यसरी घरिघरि नतड्पाए हुन्थ्यो ।
सम्झना चुहिने गाग्रीजस्तो
मन बाटोमै तप्पतप्प चुहिएर
रित्तो मन घर पुग्न पाए हुन्थ्यो
यसरी घरिघरि झस्काउने झझल्को नआए हुन्थ्यो ।
ँसत्य’ चिन्ने भए !
‘सत्य’ चिन्ने भए यदि-
‘झूटा’ को सङ्गत गर्न थाल !
तिनले जे-जे भन्छन्-
रगडेर नाक- ‘सही’ हाल !
स्वतन्त्रताको विशेषता जान्ने भए
कसैको ‘चाकरी’ गर्न थाल
गहतको झोलमा चुहाऊ र्याल ।
म तिम्रो र मेरो
सम्बन्धको वर्णन गर्न
फेरि यसरी उभिएको छु
कि तिमीले जमिन दिएपछि
म उभिनु जरुरी थियो
एउटा साथी
अर्को साथीको बीच
एउटा पुत्र
पिताको बीच कसरी उभिन्छ
समयलाई झुन्ड्याउँछु भन्नेहरू
आज फेरि फेरिएका छन्
बजारका रङ्गीचङ्गी क्यालेन्डरहरूजस्तै
र, म,
समयले खुद्रा किनेको मान्छे
नयाँ क्यालेन्डर झुन्ड्याएर हाटबाट फर्किएको छु
समय क्यालेन्डरमा बस्छ भनेर ।
हिटलरसग मिल्ने
मार्कोससग मिल्ने
चाउचेस्कुसग मिल्ने
कस्तो राष्ट्रपतिको अनुहार देखिने हो शासनमा
देखियो भने के गर्ने –
सम्पर्ूण्ा भूगोल थर्किने गरी चिच्याउने
स्वतन्त्रता … स्वतन्त्रता … स्वतन्त्रता
ब्रह्मनालमा लमतन्न सिकिस्त बिरामी कुरेर
बारम्बार वैद्यबाको मुखमुद्रातिर आशे नजरले हेरेर
आश अर्थात् सास छ कि छैन भन्ने प्रश्नको उत्तर पर्खेर
बिरामीको मुखमा केही थोपा गङ्गाजल छर्केर
प्रतीक्षारत एक हूल निरास कुरुवाहरूतिर फर्केर
अँध्यारोमा कालीगण्डकीमा शालिग्राम खोजेझैँ